Thursday, October 29

प्रशासन

नापजाँचको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
प्रशासन, समाचार, समाज

नापजाँचको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नेपालअखबार,धनुषा । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै पहिलो चरणमा २३३ जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आए...
जापानको पीआर त्यागिसकेको प्रस्तावित राजदूत थापाको प्रष्टीकरण
प्रशासन, समाचार

जापानको पीआर त्यागिसकेको प्रस्तावित राजदूत थापाको प्रष्टीकरण

नेपालअखबार,काठमाडौं ।  जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिएका छन् । संसदीय सुनुवाइमा उनले यस्तो बताएका हुन् । नेपाल जोड्न जापानमा रहँदा काम गरेको उनले सुनाए । ढाकाटोपी लगाएर कार्यक्रम चलाउने आदि गरेको उनको भनाइ छ । सन् २००० मा जापान गएको उल्लेख गर्दै उनले नेपाल चिनाउनका लागि यस्तो काम गर्ने गरेको बताए । पीआर त्यागेको विवरण जापानको इमिग्रेसनबाट नेपालको परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको उनले बताए । ‘देशकै लागि काम गर्न चाहेको र राजदूत बन्न अप्लाइ गरेको’ उनले बताए । थापाले पीआर लिएको र राजदूत हुन उनी अयोग्य रहेको भनेर उजुरी परेको थियो । पीआरबारे सांसदहरूले पनि प्रश्न गरे । जवाफमा उनले जापानमा आफ्ना श्रीमती र सन्तान नेपाली नागरिककै हैसियतमा रहेको बताए ।...
२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार
प्रशासन, समाचार

२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार

नेपालअखबार, काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् । मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ । निकासा भएको रकममार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइन...
राजमार्गमा खाना खाँदा बिरामी परे कारबाही हुने
प्रशासन, समाचार, समाज

राजमार्गमा खाना खाँदा बिरामी परे कारबाही हुने

नेपालअखबार,काठमाडौं । सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनका यात्रुले राजमार्गमा खाना तथा खाजा खाने क्रममा बिरामी भए कारबाही गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको सम्बन्धित निकायहरूको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, यात्रुले खाना तथा खाजा खाने होटल र रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना, न्यून गुणस्तरका खाद्य पदार्थ र चर्को मूल्य असुलीजस्ता गुनासो बढेपछि यस्तो निर्णय भएको हो । यात्राका क्रममा यस्ता समस्या भोग्नुपरेमा प्रहरी हेल्पलाइन नम्बर १०० मा सम्पर्क गर्न आग्रह गरिएको छ । सार्वजनिक यात्रुवाहक सवारी साधनको चालकले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने स्थानका (सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसिएको) होटल तथा रेष्टुरेन्टहरूलाई उच्च प्राथमिकता दिई खाजा, नास्ता र खानाको...
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड मौज्दात
अर्थ, प्रशासन, समाचार

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड मौज्दात

नेपालअखबार,काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा रु दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।...
नेपाली सेनाले बेत्रावतीमा बनाएको बेलीब्रिज हस्तान्तरण
प्रशासन, समाचार, समाज

नेपाली सेनाले बेत्रावतीमा बनाएको बेलीब्रिज हस्तान्तरण

नेपालअखबार,नुवाकोट । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज (बेलीब्रिज) गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले आइतबार उक्त पुल हस्तान्तरण गरेको हो। गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि सेनाले उक्त क्षेत्रमा पुनर्निर्माणको काम अघि बढाएको थियो। फलाकु खोलामा पुल निर्माणका लागि करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाएर पहुँच मार्ग बनाइएको थियो। सेनाले असोज २० गतेदेखि एक्रो ब्रिज जडान सुरु गरेको थियो। असोज २४ गते जडान कार्य सम्पन्न भएपछि आइतबार सडक आयोजनालाई हस्तान्तरण गरिएको हो। ४० टन भारवहन क्षमता भएको उक्त पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा छ। पुल सञ्चालनमा आएपछि नुवाकोट र रसुवाका नागरिकलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, बाढी प्रभाव...
‘सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो’ : बुढीगण्डकी बाढीबारे सेनाको रिपोर्टिङ
प्रशासन, समाचार, समाज

‘सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो’ : बुढीगण्डकी बाढीबारे सेनाको रिपोर्टिङ

नेपालअखबार, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिएको र पछि खुलेपछि लेदोसहितको आकस्मिक बाढी नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी पहिरोका कारण थुनिएको र थुनिएको भाग खुलेपछि लेदोसहितको बाढी आएको हो । श्री नम्बर ३ बाहिनी अड्डालाई आज बिहान ५:५५ बजे बुढीगण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो । त्यसपछि गोरखा जिल्लामा तैनाथ रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट सवा ६ बजे रेकी टोली खटिएको थियो । सोही टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम भन्ने स्थानमा सुक्खा पहिरो गएको एकिन गरेको थियो । नेपाली सेनाको यही रिपोर्टिङको आधारमा हालसम्म सोही सुक्खा पहिरोका कारण बहाव बन्द भएको र पछ...
पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध
प्रशासन, समाचार, समाज

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

नेपालअखबार,पाेखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ । विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए । विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।...
सर्वोच्चले भन्यो– बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगराउनू
प्रशासन, समाचार

सर्वोच्चले भन्यो– बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगराउनू

नेपालअखबार,काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ सेवाका लागि राष्ट्रिय परिचयपत्रलाई एकमात्रै र अनिवार्य आधार नबनाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकको खाता खोल्न र खाता अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको थियो । त्यसविरुद्ध परेको रिट निवेदनमा न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको इजलासले राष्ट्रिय परिचयपत्रलाई नागरिक पहिचानको ‘एकमात्रै आधार’ नबनाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘राष्ट्र बैंकको एकीकृत निर्देशक, २०८२ ले राष्ट्रिय परिचयपत्र र राष्ट्रिय परिचयपत्र नम्रलाई नागरिक पहिचानको एकमात्रै आधार बनाएको हदसम्म उप्रेषणको आदेशले बदर हुने ठहर्छ ।’ सर्वोच्चले राष्ट्रिय परिचयपत्र प्राप्त नभएसम्म नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र लगायतका अन्य दस्तावेजका आधारमा बैंकिङ सेवा दिनु भनी आदेश दिएको हो । राष्ट्रिय ...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
प्रशासन, समाचार

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

नेपालअखबार, काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिए । संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । उनलाई आजैबाट लागू हुनेगरी बर्खास्त गरिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भनी उनलाई विभागीय कारबाही गरिएको हो । दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेको थियो । जाँचबुझ गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत समेत तोकिएको छ । गृह मन्त्रालयले मातहतका हरेक कर्मचारीबाट गरिने पदीय आचारणविरुद्धका कार्यहरू संवेदनशील गोप्य सूच...