Thursday, October 29

प्रशासन

नागढुंगा सुरुङमार्गमा प्रवेश गरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिकको कारबाही
प्रशासन, समाचार

नागढुंगा सुरुङमार्गमा प्रवेश गरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिकको कारबाही

नेपालअखबार,काठमाडौँ । नागढुंगा सुरुङ मार्गमा अनधिकृत रूपमा छिरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको आँखा छलेर केही दिनअघि ४ वटा मोटरसाइकल र स्कुटर सुरुङ मार्गमा प्रवेश गरेका थिए । धादिङको नौबिसेतिरबाट सुरुङमा छिरेका २ वटा मोटरसाइकल र एउटा स्कुटरलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । ट्राफिक प्रहरीले बागमती प्रदेश–०२–०५१ प ५९९७ नम्बरको स्कुटर, गण्डकी प्रदेश–३–००१–१४३३ र बीएएबी १०७२ नम्बरको मोटरसाइकललाई जरिवाना गरेको हो । ती मोटरसाइकललाई निषेधित ठाउँमा सवारी चलाएको कसुरमा ५ सय देखि १५ सयसम्म जरिवाना गरिएको एसपी सुवेदीले जानकारी दिए । नागढुंगा सुरुङभित्र सुरक्षाका कारण दुईपांग्रे सवारी साधन, पैदल यात्रु, तीनपांग्रे सवारी साधन र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई प्रवेश गर्न पूर्ण र...
सिरहामा लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
प्रशासन, समाचार, समाज

सिरहामा लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

नेपालअखबार, जनकपुरधाम । सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति  सिरहा नगरपालिका वडा नम्बर २१ पिपरा टोल स्थित प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लकडिगोठबाट माडर तर्फ जाँदै गरेको स ८ प ६२९६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उनीहरु लागुऔषध सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोटरसाईकल चालक जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष १९ को सतिस दास र सोह ठाँउ निवासी वर्ष ३५ काआईसोत मण्डल रहेका छन् । प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार चेकजाँचको क्रममा दासले लगाएको ज्याकेटको गोजीबाट प्लाष्टिकको पोकामा रहेको अवस्थामा १५१.१० ग्राम लागुऔषध ब्राउन फेला परेको बताए । उनका अनुसार अभियुक्तहरुको साथबाट बरामद भएको स्क्रिन टच मोबाइल २ थान र मोट...
दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
प्रशासन, समाचार, समाज

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

नेपालअखबार,काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले प्राकृतिक विपद्ले क्षति पुर्याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेकाले दसैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिए । “भोटेकोशी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका सडक मर्मतको काम पनि अघि बढाइएको छ”, प्रवक्ता न्यौपानेले भने, “आगामी ४/५ दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गरिने र मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुँदैछ । यात्रामा केही असजिलो भए पनि सडककै कारण उपत्यकाबाट घर जान नपाउने वा खाद्यान्न तथा अत्यावश्यक ढुवानी रोकिने अवस्था रहने छैन ।” नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ १० गतेको भोटेकोशी बाढीका क...
गृहका २३ उपसचिवको सरूवा (सूची)
प्रशासन, समाचार

गृहका २३ उपसचिवको सरूवा (सूची)

नेपालअखबार, काठमाडौं ।  गृह मन्त्रालयले २३ जना उपसचिवको सरूवा गरेको छ। मन्त्रालयले असोज १४ गते २३ जना उपसचिवको सरुवा गरेको हो। उपसचिवको सरूवासँगै पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी समेत फेरिएका छन्। तेह्रथुम, बाजुरा, मुस्ताङ, अछाम, रोल्पाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन्। सूची:  
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
प्रशासन, समाचार, समाज

मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद

नेपालअखबार, विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । सोमबार राति जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए । सीमावर्ती क्षेत्रमा बेवारिसे अवस्थामा रहेको गाँजा २१० किलो छ । गाँजा कसले लुकाएर राखेको थियो भन्ने यकिन नभएको प्रहरीले जनमाएको छ ।...
स्मार्ट घर बनाउन नागरिकलाई सरकारले सघाउने
प्रशासन, समाचार

स्मार्ट घर बनाउन नागरिकलाई सरकारले सघाउने

नेपालअखबार,काठमाडौं । आफ्नै घर बनाउने सपना देखिरहेका नागरिकलाई लक्षित गर्दै सरकारले सहुलियतपूर्ण कर्जा, कर छुट तथा सरल किस्ताबन्दी सुविधासहितको नयाँ कानुनी आधार तयार गरेको छ। पूर्वाधार विकास मन्त्रालयले सङ्घीय संसद्‌मा पेस गरेको भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकले आधुनिक, सुरक्षित र भूकम्प प्रतिरोधी स्मार्ट घर निर्माणका लागि बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा सहज वित्तीय प्याकेज उपलब्ध गराउने बाटो खोलेको हो। विधेयक ऐनका रूपमा पारित भएपछि बन्ने कार्यविधिमार्फत पाँच लाख रुपैयाँसम्मको अग्रिम भुक्तानी (डाउनपेमेन्ट) र मासिक करिब ११ हजार रुपैयाँ हाराहारीको सरल किस्ताबन्दी (ईएमआई) जस्ता सहुलियतपूर्ण आवास कर्जा योजनाहरू कार्यान्वयनमा ल्याउन सकिने गरी कानुनी प्रबन्ध मिलाइएको छ। सहुलियतपूर्ण कर्जा र किस्ताबन्दीको कानुनी प्रबन्ध विधेयकको दफा १६झ मा ‘स्मार्ट घर निर्माण तथा प्रव...
सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम
प्रशासन, समाचार

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम

नेपालअखबार, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ । कृषि उद्यमीका लागि ल्याइएको उक्त कार्यक्रम सञ्चालन गर्न विभागले ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम योजना छनोट दिग्दर्शन, २०८३’ तयार गरेको छ । विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोगमार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन तथा योजना छनोट र कार्यक्रम कार्यान्वयनलाई पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनबमोजिम दिग्दर्शन तयार गरिएको बताए । उनका अनुसार दिग्दर्शनमार्फत कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति, फर्म, संस्था वा समूहलाई छनोट गरी क...
नर्सरी चोकको गुठीको जग्गामा पर्खाल लगाएर भोगचलन, खाली गर्न प्रशासनको निर्देशन
प्रशासन, समाचार

नर्सरी चोकको गुठीको जग्गामा पर्खाल लगाएर भोगचलन, खाली गर्न प्रशासनको निर्देशन

नेपालअखबार, काठमाडौं । काठमाडौं प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका-१६ स्थित रानीबनको नर्सरीचोकमा गुठीको जग्गा भोगचलन गरिरहेकाहरूलाई तत्काल खाली गराउन निर्देशन दिएको छ। त्यहाँस्थित नक्सा सिट नम्बर १०२-१०२३-०६ कित्ता नम्बर ३६ र नक्सा सिट नम्बर १०२-१०२३-११ कित्ता नम्बर १६को क्षेत्रफल क्रमश: ३१९.८० र ५२.८२ वर्गमिटर श्रेस्तामा अन्नपूर्ण माइस्थान गुठीको जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि प्रशासनले खाली गर्न भनेको हो। असन अन्नपूर्ण माइस्थान गुठीको नाममा रहेको उक्त जग्गा व्यक्तिले भोगचलन गरेको उजुरीपछि नापी कार्यालय र स्थानीय तहका प्रतिनिधिसहितको अनुगमन तथा निरीक्षण गरिएको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार उक्त जग्गामा देवेन्द्र सुब्बा, धीरेन्द्र प्रधान र चिरञ्जिवी देवकोटाले पर्खाल लगाएर भोचलन गरेका छन्। यसअघि उक्त जग्गा खाली गरिदिन भन्दै गुठी संस्थानलाई पत्र पठाइएक...
११०० किलो गाँजा बरामद
प्रशासन, समाचार, समाज

११०० किलो गाँजा बरामद

नेपालअखबार,सिरहा। सिरहाबाट सशस्त्र प्रहरी बलले ११०० किलो गाँजा सहितको गाडी नियन्त्रणमा लिएको छ। गएराति करिब १ बजे सिरहाको सुखीपुर नगरपालिका-१० विश्वकर्मा चोक गागन खोला पुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो। गए राती करिब १ बजे  सिरहा जिल्लाको  सुखीपुर नगरपालिका-१० विश्वककर्माचोक गागन खोलापुल बाट गांजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले  बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजादै गरेको गाजा  नियन्त्रणमा लिएको हो। २६ वटा बोरामा प्याक गरिएको  ११०२.६५५ के.जी. गांजा सहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेको बताए। बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बु...
सामान्य प्रशासन मन्त्रालयद्वारा १४ जना शाखा अधिकृतको सरुवा तथा काज हेरफेर
प्रशासन, समाचार

सामान्य प्रशासन मन्त्रालयद्वारा १४ जना शाखा अधिकृतको सरुवा तथा काज हेरफेर

नेपालअखबार,काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय श्रेणीका १४ जना अधिकृतहरूलाई सरुवा तथा कामकाजका लागि नयाँ निकायमा खटाएको छ। मन्त्रालयको असोज १४ गतेको निर्णयानुसार स्थानीय तह तथा विभिन्न मन्त्रालयहरूमा कार्यरत अधिकृतहरूको सरुवा र कामकाज हेरफेर गरिएको हो। यस्तो छ सरुवा तथा काज हेरफेरकाे सूची :...