नेपाल खानेपानी संस्थानका १९८ पदको विज्ञापन रद्द
नेपालअखबार,काठमाडौं । नेपाल खानेपानी संस्थानले कर्मचारी पदपूर्तिका लागि आह्वान गरेको १९८ पदको विज्ञापन रद्द गरेको छ। संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरले आज एक सार्वजनिक सूचना जारी गर्दै गत वैशाख ६ गते गोरखापत्रमा प्रकाशित खुला, आन्तरिक र बढुवा प्रतियोगिताका सबै विज्ञापनहरू रद्द गरिएको जानकारी दिएको हो।
संस्थानका अनुसार, पूर्वाधार विकास मन्त्रालयको गत असार ३२ गतेको पत्रअनुसार साविकको संस्थान अस्तित्वमा रहने नदेखिएको र सम्बन्धित स्थानीय तहहरूमा हस्तान्तरण प्रक्रिया अघि बढाउनु पर्ने भएकाले विज्ञापन रद्द गर्न निर्देशन प्राप्त भएको थियो। सोही निर्देशन र लोक सेवा आयोगको भदौ ३ गतेको सहमतिअनुसार संस्थानको पदपूर्ति समितिको बैठकले विज्ञापन रद्द गर्ने निर्णय गरेको हो।
विज्ञापन रद्द भएसँगै दरखास्त दिएका आवेदकहरूले आफूले बुझाएको परीक्षा दस्तुर फिर्ता पाउने भएका छन्। दस्तुर फिर्ता लिन इच्छ...










