Monday, August 3

प्रशासन

निर्वाचन आयोगले दलहरूलाई दिएको २० बुँदे निर्देशन
प्रशासन, समाचार

निर्वाचन आयोगले दलहरूलाई दिएको २० बुँदे निर्देशन

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११  गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ। निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए। निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघट्ने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम लैङ्गिक तथा समा...
निर्वाचन आयोगले तोक्यो समानुपातिकमा उम्मेदवारको बन्द सूची पेस गर्ने समय सीमा
प्रशासन, समाचार

निर्वाचन आयोगले तोक्यो समानुपातिकमा उम्मेदवारको बन्द सूची पेस गर्ने समय सीमा

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय तोकेको छ। आयोगले मंसिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न भनेको हो। आयोगले कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा निवेदन सार्वजनिक सूचनामार्फत भनेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगले भनेको छ। राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरिदिनुपर्ने भएको आयोगले जनाएको छ। उम्मेदवारको बन्द सूची पेस नग...
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द
प्रशासन, विदेश, समाचार

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

नेपालअखबार,काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएका छन् । ठूलो सङ्ख्यामा उडान रद्द भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन् । कम्पनीले अवरोधलाई प्राविधिक त्रुटि, प्रतिकूल मौसमी अवस्था र कामदारहरूको लागि नयाँ नियमलगायतका ‘अप्रत्याशित परिचालन चुनौती’ का कारण आएको समस्या भनेको छ। भारतको उड्डयन निगरानी निकायले अनुसन्धानको आदेश दिएको छ र सोमबारदेखि जारी अवरोधलाई कम गर्ने योजनाका साथ इन्डिगोलाई प्रतिक्रिया दिन निर्देशन गरेको छ। उडान अवरूद्ध भएपछि बिहीबार हजारौँ यात्रु तथा उनीहरूका आफन्तले आफ्नो रिस सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै एक्समा आठ घण्टासम्म ढिलाइ हुँदासमेत ‘कुनै कर्मचारी’ सहयोगका लागि नआएको र विमानस्थलको अवस्था ‘पूर्ण अस्तव्यस्त’ बनेको बताए । बुधबारसम्म इन्डिगो...
काठमाडौँका तत्कालीन प्रजिअ रिजालसँग जाँचबुझ आयोगले लियो बयान
प्रशासन, समाचार

काठमाडौँका तत्कालीन प्रजिअ रिजालसँग जाँचबुझ आयोगले लियो बयान

नेपालअखबार,काठमाडौँ । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिएको छ । मङ्सिर १७ र १८ मा सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर उनीसँग बयान लिइएको हो । भदौ २३ र २४ मा जेनजी प्रदर्शन हुँदा रिजाल काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए । बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा आलोचना भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेभसाइटबाट उनको फोटो हटाइएको थियो । सहसचिव रिजालसँग आयोगका पदाधिकारीले दुई दिनदेखि बयान लिए पनि केही प्रश्न अझै बाँकी रहेको आयोगका एकजना सदस्यले रातोपाटीलाई बताए । ती सदस्यले भने– ‘छवि रिजालको बयान अन्तिम चरणमा छन्, शुक्रबार केही प्रश्नहरूको जवाफ दिन बोलाउँछौँ ।’ गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र...
भारतमा प्रधानमन्त्री कार्यालयको नाम फेरियो, राखियो ‘सेवा तीर्थ’
प्रशासन, समाचार

भारतमा प्रधानमन्त्री कार्यालयको नाम फेरियो, राखियो ‘सेवा तीर्थ’

नेपालअखबार,काठमाडौं । भारतमा प्रधानमन्त्री कार्यालय (पीएमओ) परिसरको नाम परिवर्तन गरेर ‘सेवा तीर्थ’ नामाकरण गरिएको छ । भारतको केन्द्र सरकारले यस्तो निर्णय गरेको हो । देशभरिका राज्य भवनहरूलाई अब लोक भवन भनिने छ । यसबाहेक, केन्द्रीय सचिवालयलाई कर्तव्य भवन भनेर चिनिने छ । ‘सार्वजनिक संस्थाहरूमा ठूलो परिवर्तन भइरहेको छ । हामी शक्तिबाट सेवामा सर्दैछौं । यो परिवर्तन प्रशासनिक होइन, सांस्कृतिक हो,’ पीएमओका अधिकारीहरूलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । यसअघि केन्द्र सरकारले राजपथको नाम कार्तव्य पथ राखेको थियो । प्रधानमन्त्रीको आधिकारिक निवासलाई रेसकोर्स रोड पनि भनिन्थ्यो, जुन २०१६ मा लोक कल्याण मार्गमा परिवर्तन गरिएको थियो । राजभवनको नाम किन गरियो परिवर्तन ? भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरे अनुसार राजभवन नामले औपनिवेशिक मानसिकतालाई प्रतिविम्बित गर्छ । त्यसैले,...
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि
प्रशासन, समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

नेपालअखबार, काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरू गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् । मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ । आगामी पुस १३ र १४ गते उम्मेद्वारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेद्वारहरुको बन्द सूची अन्तिम प्रकाशन हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयको कार्यवाहक प्रमुख निर...
त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण
प्रशासन, समाचार

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

नेपालअखबार, उदयपुर । त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ । आठ कट्ठा जग्गामा रु १२ करोड १३ लाख १० हजारको लागतमा भवन निर्माण भएको हो ।नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा सोमबार उद्घाटन गरेसँगै नयाँ भवनबाट सेवा प्रारम्भ भएको छ । पचास प्रतिशत अनुदान र ५० प्रतिशत आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख बस्नेतले बताए ।...
नवलपुरमा थपिए नौ हजार मतदाता
प्रशासन, समाचार

नवलपुरमा थपिए नौ हजार मतदाता

नेपालअखबार,नवलपरासी । जिल्लाको बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार कार्यालयबाट नाम दर्ता गराउने मतदाताको सङ्ख्या तीन हजार १५३ रहेको छ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर छ हजार ८४ जनाले नाम दर्ता गराए । यसअघि यहाँ दुई लाख ६० हजार ४३२ मतदाता थिए । निर्वाचन कार्यालयले बुलिङटार–२ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ । यसअघि नवलपुरमा एक सय १३ मतदानस्थल थिए ।...
समानुपातिक निर्वाचन प्रणालीका लागि बहादुर भवनमा खुल्यो कार्यालय, ४१ जना कर्मचारी रहने
प्रशासन, समाचार

समानुपातिक निर्वाचन प्रणालीका लागि बहादुर भवनमा खुल्यो कार्यालय, ४१ जना कर्मचारी रहने

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक प्रणालीका लागि आइतबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालय कान्तिपथको बहादुर भवनस्थित निर्वाचन आयोगमा रहनेछ। आयोगले यसअघि मंसिर १२ गते नै सचिव महादेव पन्तलाई समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकेको थियो। आयोगले सोमबार प्रेस वक्तव्य जारी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त कार्यालय उद्घाटन गरेको जनाएको छ। उक्त निर्वाचन प्रणालीतर्फ आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई सहायक निर्वाचन अधिकृत तोकिएको छ। कुल कर्मचारी ४१ जना रहने छन्। कार्यालय उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताएका छन्...
बैकुण्ठ अर्याल सचिवमा बढुवा
प्रशासन, समाचार

बैकुण्ठ अर्याल सचिवमा बढुवा

नेपालअखबार, काठमाडौं । सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।हाल उनी सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिव छन् ।