Saturday, August 1

प्रशासन

विदेशमा रहेका नेपालीलाई मताधिकार : निर्वाचन आयोगले गर्‍यो राय पठाउन विलम्ब
प्रशासन, समाचार

विदेशमा रहेका नेपालीलाई मताधिकार : निर्वाचन आयोगले गर्‍यो राय पठाउन विलम्ब

नेपालअखबार,काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोगको राय माग गरेको छ । विभिन्न चारवटा ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउने सरकारको तयारी छ । यसका लागि मन्त्राललयले प्रचलित ऐनमा संशोधन प्रस्तावको मस्यौदा नै तयार पारेर निर्वाचन आयोग पठाएको छ । निर्वाचन आयोगबाट राय प्राप्त भएपछि थप छलफल गरेर अगाडि बढाउने गृहमन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, निर्वाचन आयोगले गत बिहीबार नै पठाउने भनेको राय अझै पठाएको छैन । गृह मन्त्रालयले निर्वाचन आयोगले राय पठाउन विलम्ब गरेको गूनासो गरेको छ । गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्न लागेको हो । यससम्बन्धी मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोगमा पठाएको हो ।...
बागमती प्रदेशका १४ उपसचिवको सरुवा
प्रशासन, समाचार

बागमती प्रदेशका १४ उपसचिवको सरुवा

नेपालअखबार,मकवानपुर । बागमती प्रदेश सरकारले वन सेवा तर्फका १४ उपसचिवको सरुवा गरिएको छ । प्रमुख सचिव भूपाल बरालले प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत १४ जना उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश वन सेवा, जनरल फरेष्ट्री र भू तथा जलाधार व्यवस्थापन समूहका दसौँ र नवौँ तह (उपसचिव)का अधिकृतहरूको जिम्मेवारी तोकिएको हो । सरुवा सूचीअनुसार डिभिजन वन कार्यालय, मरिण, सिन्धुलीका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरलाई वन तथा वातावरण मन्त्रालय, हेटौँडामा सरुवा गरिएको छ । डिभिजन वन कार्यालय, चितवनका थिर बहादुर कार्कीलाई वन निर्देशनालय, हेटौँडामा पठाइएको छ । त्यस्तै, डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यलाई धादिङबाट चितवन, विश्व कोइरालालाई भक्तपुरबाट वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी (ललितपुर)...
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
प्रशासन, समाचार

नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

नेपालअखबार,काठमाडौं । नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भए तापनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन । सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ सञ्चालन एवम् मर्मत कठिन हुने भन्दै विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो । सेवा प्रदायकले पाँच वर्षको सुरुङ मार्ग सञ्चालन तथा म...
जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ
प्रशासन, समाचार

जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरीको चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय को किरण लामालाई आगजनी गरेको आरोपमा पक्राउ गरेको हो । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङ बस्दै आएका लामालाई फोटो–भिडियोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामालाई प्रहरी वृत्त थानकोटमा राखिएको छ ।...
अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
प्रशासन, समाचार

अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

नेपालअखबार,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ । कार्यालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै वर्षा नरोकिएको खण्डमा पहिरोको जोखिम थप बढ्न सक्ने भन्दै सकभर आज यात्रा नगर्न आग्रह गरेको हो । 'मुग्लिङ सडक खण्डको तुइनखोला लगायत पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ मलेखु खण्डका विभिन्न स्थानहरूमा हिजो साँझदेखि लगातार स–सानो पहिरो गइरहेको र त्यस्तो पहिरो पन्छाई सवारी आवागमन सुचारु गरिएको छ,जारी सूचनामा भनिएको छ, 'वर्षा नरोकिएको खण्डमा पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था समेत रहेकोले उक्त सडक खण्ड भएर यात्रा गर्नुहुने यात्रु महानुभावहरूले अत्यावश्यक परेको अवस्था बाहेक सकभर आज यात्रा नगर्नुहुन अनुरोध छ ।'...
राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
प्रशासन, समाचार

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सो रिटमा सुनुवाइ हुन लागेको हो । राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चले निर्णय कार्यान्वयन किन नगर्ने भन्ने विषयमा आदेश गर्नेछ । गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा भनिएको छ– ‘मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २९२ अनुसार संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भई राष्ट्रपतिद्वारा...
विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे गृहको मस्यौदामा जवाफ पठाउँदै निर्वाचन आयोग
प्रशासन, समाचार

विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे गृहको मस्यौदामा जवाफ पठाउँदै निर्वाचन आयोग

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे गृह मन्त्रालयको मस्यौदामा जवाफ पठाउँदै छ । आयोगले आजै जवाफ पठाउने तयारी गरेको छ । निर्वाचन आयोग स्रोतका अनुसार जवाफ पठाउने विषयमा छलफल चलिरहेको छ । एक अधिकारीले भने, ‘सम्भवत आजै जवाफ पठाउने कार्य हुन्छ ।’सरकारले प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कानुनी व्यवस्था गर्न लागिएको हो ।  जस अन्तर्गत गृह मन्त्रालयले प्रचलित ऐन संशोधनको मस्यौदा तयार पारेर सुझावका लागि निर्वाचन आयोग पठाएको छ ।गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्न लागेको हो । यस सम्बन्धी मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोग...
अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले गर्‍यो १६२ जनालाई उद्धार
प्रशासन, समाचार

अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले गर्‍यो १६२ जनालाई उद्धार

नेपालअखबार,म्याग्दी । सशस्त्र प्रहरीले अन्नपूर्ण आधार शिविरबाट १ सय ६२ जना पर्यटकको उद्दार गरेको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले तीन दिनमा आन्तरिक र बाह्य गरी १६२ जनालाई उद्धार गरेको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा कात्तिक ११ गतेदेखि सशस्त्रको उद्धार टोली खटिएको थियो। बिहीबार बिहानसम्म १७ जना विदेशी पर्यटकसहित १६२ जनालाई उद्धार गरिएको डिएसपी थापाले जानकारी दिए। अहिले त्यस क्षेत्रमा कुनै पनि पर्यटक नरहेको पनि उनले बताए। 'अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपुर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको छ,' उनले भने। बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटक हरुको डोरिको सहायताले बाटो पहिल्याउंदै उद्दार गरिएको डिएसपी...
तनहुँमा ५१ दिनपछि सुरू भयो राहदानी सेवा
प्रशासन, समाचार

तनहुँमा ५१ दिनपछि सुरू भयो राहदानी सेवा

नेपालअखबार,काठमाडौँ । गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ। जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ५१ दिनपछि आजदेखि राहदानीको काम सुरु भएको जानकारी दिए। दसैं अगाडि छापिएर आएका राहदानी वितरण गरिए पनि नयाँ विवरण दर्ताको काम भने आजदेखि सुरु भएको उनले बताए। सहायक प्रजिअ रेग्मीका अनुसार आज ४० जनालाई सेवाका लागि कोटा निर्धारण गरिएको छ। यसअगाडि दुई वटा स्टेसन रहेकामा अहिले एउटा स्टेसनबाट सेवा प्रवाह थालिएको छ । 'दुई वटा स्टेसन हुँदा दैनिक ८० जनालाई सेवा दिन सक्थ्यौँ, अहिले एउटा मात्र सञ्चालनमा आएकाले सेवाग्राहीको सङ्ख्या कम थरि।एको हो,' उनले भने। यसस...
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस सुरु
प्रशासन, समाचार

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस सुरु

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सुरुमा अधिवक्ता प्रेमराज सिलवालले बहस सुरु गरेका छन् । प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सुनुवाई गर्न संवैधानिक इजलास गठन भएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधि सभना विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था बन...