Monday, June 1

प्रशासन

कास्की मालपोत अनिश्चितकालका लागि बन्द
प्रशासन, समाचार

कास्की मालपोत अनिश्चितकालका लागि बन्द

नेपालअखबार,पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीले भौतिक संरचनाको पुनः निर्माणपछि मात्रै सेवा सुरु गर्ने भएको छ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन जलेर नष्ट भएको छ ।  त्यहाँ भित्रका सम्पूर्ण कागजात समेत जलेर नष्ट भएका छन् । कार्यालयका महत्त्वपूर्ण सरकारी अभिलेख तथा कागजातहरू जलेर नष्ट भएका कारण सेवा दिन सक्ने अवस्था नरहेको मालपोत कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ । निमित्त प्रमुख मालपोत अधिकृत शोभाखर पोखरेलले कार्यालयको मोठ, रजिस्ट्रेसन शाखा र मुद्दा, तामेली शाखामा ठुलो क्षति पुगेको बताए ।...
कारागारबाट भागेका ५२ कैदीबन्दी प्रहरीको नियन्त्रणमा
प्रशासन, समाचार, समाज

कारागारबाट भागेका ५२ कैदीबन्दी प्रहरीको नियन्त्रणमा

नेपालअखबार, म्याग्दी । म्याग्दीमा कारागारबाट भागेका ५२ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारबाट यही भदौ २५ गते बिहान ताला तोडफोड गरेर ७६ कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले आज बिहानसम्म ५२ कैदीबन्दीलाई नियन्त्रणमा लिएको जानकारी दिए । नियन्त्रणमा लिएका कैदीबन्दीलाई कारागार प्रशासनको जिम्मा लगाइएको उनले बताए । फरार भएका २४ कैदीबन्दीको खोजीमा प्रहरी टाली परिचालन भएको छ । काठमाडौँबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाइएको छ । कारागारमा भएका ८८ जनामध्ये महिला ब्लकमा रहेको छ, पुरुष ब्लकका छ जना बिरामी र हिँड्न नसक्नेबाहेक सबै ताला ...
तोडफोडका क्रममा चोरी भएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
प्रशासन, समाचार

तोडफोडका क्रममा चोरी भएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

नेपालअखबार,काठमाडौँ । संघीय संसद् सचिवालयले भदौ २४ मा नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको तोडफोड, आगजनी र लुटपाटका क्रममा चोरी भएका सामानहरू फिर्ता गर्न एक सार्वजनिक सूचना जारी गरेको छ। सचिवालयका अनुसार, तोडफोडपछि गरिएको अनुगमन र विभिन्न स्रोतबाट प्राप्त जानकारीअनुसार टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, स्पिकर, फोटोकपी मेसिन र अन्य विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिहरूले लगेको बुझिएको छ। सचिवालयले कसैले पनि ती सामानहरू आफूसँग राखेको भए तत्काल फिर्ता गर्न अनुरोध गरेको छ। त्यसै गरी, ती सामानहरू कहाँ छन् वा कसले लगेको हो भन्नेबारे जानकारी भएमा सचिवालयलाई सूचना दिन पनि आग्रह गरिएको छ। यस घटनासम्बन्धी कुनै भिडियो फुटेज भए उपलब्ध गराएर सहयोग गर्न पनि सचिवालयले आह्वान गरेको छ। सूचना वा भिडियो दिने व्यक्तिको पहिचान गोप्य राखिने आश्वासन पनि दिइएको...
महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिए
प्रशासन, समाचार

महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिए

नेपालअखबार,काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् । हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ । नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।...
८ जना  ७३० राउण्ड ‍गोलीसहित पक्राउ
प्रशासन, समाचार, समाज

८ जना ७३० राउण्ड ‍गोलीसहित पक्राउ

नेपालअखबार,काठमाडौं । बनेपा नगरपालिका-९ बाट ७३० राउण्ड गोलीसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका-९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् ।जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
पोखरा महानगरले १ असोजदेखि सेवा थाल्ने
प्रशासन, समाचार

पोखरा महानगरले १ असोजदेखि सेवा थाल्ने

नेपालअखबार,पोखरा । जेनजी आन्दोलनबाट क्षति पुगेका संरचनामा पुगेको क्षतिको लगत संकलन गर्ने र क्षति नपुगेका संरचनाहरुबाट असोज १ गतेदेखि सेवा दिन थाल्ने पोखरा महानगरपालिकाले निर्णय गरेको छ । ५२ औं कार्यपालिका बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरुमा भएको क्षतिको एकीन विवरण संकलन गर्ने र उचित ठाउँको व्यवस्थापन गरी सेवा दिने निर्णय गरेको हो । कार्यपालिकाको शनिबार बसेको भर्चुअल बैठकले असोज १ गतेबाट सरकारी विद्यालय पनि सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए । कास्की समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन युएई पुगेका मेयर धनराज आचार्य अझै उतै रहेको र भर्चुअल रुपमा बैठक बसेर सेवा प्रवाहलाई सुचारु गर्ने निर्णय गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । ‘असोज १ गतेभित्र महानगरको प्रशासनिक भवन, महाशाखा, वडा कार्यालयहरुमा पुगेको क्षति...
भारत प्रवेश गर्नेक्रममा ७५ जना नेपाली कैदीबन्दी एसएसबीको नियन्त्रणमा
प्रशासन, समाचार

भारत प्रवेश गर्नेक्रममा ७५ जना नेपाली कैदीबन्दी एसएसबीको नियन्त्रणमा

नेपालअखबार,काठमाडौं । नेपालबाट भागेर भारत प्रवेश गर्न लागेका ७५ जना कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ । भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एनएनआईले उल्लेख गरेअनुसार, नेपालमा जेनजी नेतृत्वको आन्दोलनपछि उत्पन्न अशान्तिका बीच जेल तोडेर भागेका कैदीहरूले भारत प्रवेश गर्ने प्रयास गर्दा विभिन्न नाकाबाट हालसम्म ७५ जना पक्राउ परेका हुन् । भारतीय गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय सशस्त्र प्रहरी बलमध्ये एक एसएसबीलाई भारत-नेपालबीचको १,७५१ किलोमिटर लामो खुला सीमा तथा भुटानसँगको ६९९ किलोमिटर सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ। नेपालमा भइरहेको आन्दोलनपछि एसएसबी अझ सतर्क बनेको छ ।भारत र नेपालबीच पाँच भारतीय राज्य (सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्ड) हुँदै १ हजार ७५१ किलोमिटर लामो सीमा जोडिएको छ ।...
रवि लामिछाने कारागार फर्कने
प्रशासन, राजनीति, समाचार

रवि लामिछाने कारागार फर्कने

नेपालअखबार,काठमाडौँ । सहकारी ठगीको मुद्दामा अदालतमा पूपर्क्षका लागि थुनामा पठाएका रवि लामिछाने शनिबार कारागार फर्कने भएका छन्। गत भदौ २४ गते प्रदर्शनका क्रममा सयौंका संख्यामा आन्दोलनकारी ललितपुरस्थित नख्खु कारागार पुगेका थिए। भिड बढ्दै गएपछि कारागार प्रशासले उनलाई बाहिर निकाल्दिएको थियो। उनले कारागार प्रशासनले पत्र दिएपछि आफू जेल बाहिर आएको बताउँदै आएका छन्। उनले सार्वजनिक गरेको जेल प्रशासनले दिएको पत्र विवादमा परेको थियो। ‘म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेशा संवादमा छु। जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन। आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्त्वपूर्ण कुरा बताउन गइरहेको छु। संयोगले आज मेरो जन्मदिन परेछ। र, म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्...
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृत्यु
प्रशासन, समाचार, समाज

कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृत्यु

नेपालअखबार,पोखरा। जेनजी आन्दोलनमा क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको भवन जलाउँदै गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय तोडफोड तथा आगजनीका क्रममा जलेर घाइते भएका तनहुँको भररपुर–१० का ४३ वर्षीय विजय लामाको मृत्यु भएको हो । उनी पोखरा–१६ बस्ने गरेको र कतिपयलाई शुक्लागण्डकी–११ पनि ठेगाना बताउने गरेका थिए । प्रहरी कार्यालयमा आगोको मुस्लो परेका उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालका अनुसार लामाको बिहान १२ बजे उपचारको क्रममा मृत्यु भएको हो । उनी ७० प्रतिशत जलेको अवस्थामा अस्पताल ल्याइपुर्‍याइएको अस्पतालका निर्देशक प्राडा प्रेमराज पंगेनीले जानकारी दिए । कास्कीका अधिकांश सरकारी कार्यालयहरु तेडफोड र आगजनी गरिसकेपछि आन्दोलनकर...
काठमाडौँमा कर्फ्यु र निषेधाज्ञा हट्यो
प्रशासन, समाचार

काठमाडौँमा कर्फ्यु र निषेधाज्ञा हट्यो

नेपालअखबार,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको हो । विज्ञप्तिमा सुरक्षा संवेदनशीलताको आधारमा भदौ २६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै रहेको जनाइएको छ ।...