पहिलो पटक महिला प्रहरी सम्मेलन आयोजना
नेपालअखबार,काठमाडौं। नेपाल प्रहरीले पहिलो पटक महिला प्रहरी सम्मेलन आयोजना गरेको छ।
बिहीबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा एक कार्यक्रमको आयोजना गरी महिला प्रहरी सम्मेलनको उद्घाटन भएको हो।
गृहमन्त्री रमेश लेखकले उक्त सम्मेलनको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लगायतलाई अतिथिको रूपमा आमन्त्रण गरिएको थियो।
‘साझा जिम्मेवारी समान प्रतिबद्धता: प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने नारासहित दुई दिने प्रथम महिला सम्मेलन आयोजना भएको हो।
उक्त सम्मेलन शुक्रबार समापन हुनेछ।
अपराध अनुसन्धान विभागका प्रमुख एआइजी राजन अधिकारीले यस सम्मेलनले महिला प्रहरीका वास्तविक समस्यालाई पहिचान गर्ने बताए।
उनले यसरी पहिचान गरी समाधानतर्फ लैजान र त्यसले व्यावसायिकतामा समेत भूमिका खेल्ने बताए।
‘महिला प्रहरीका वास्तविक समस्यालाई पहिचान गरी सम...









