Friday, July 31

प्रशासन

पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सोमबार सार्वजनिक बिदा
प्रशासन, समाचार, समाज

पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सोमबार सार्वजनिक बिदा

नेपालअखबार,काठमाडौँ । पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख ढुङ्गाना बिदाइ राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो । साथै बैठकले ढुङ्गानाको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय गरेको गुरुङको भनाई छ । ढुङ्गानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । ढुङ्गानाको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ । ...
भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक
प्रशासन, राजनीति, समाचार

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अप्नाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्णरुपमा निर्मूल गर्न कानुन र विधयेकहरू प्रस्तुत भएको धारणा राखे। ‘प्रस्तुत विधयेक चाँडो भन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यो लाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानून बनाउनुपर्छ।’ उनले आउँदो अधिवेशनबाट पूर्णरूपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल...
सात वर्षमा बन्यो कालीगण्डकीमा पक्की पुल
प्रशासन, समाचार, समाज

सात वर्षमा बन्यो कालीगण्डकीमा पक्की पुल

नेपालअखबार,काठमाडौं । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ। गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने उक्त पुल बनाउन थालिएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको हो। पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी भएका छन्। कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्ग तथा पोखराबाट गलकोट जाने वैकल्पिक मार्गका रुपमा यो सडक पाँच वर्षअघि सूचीकृत भएको थियो। पोखराबाट गलकोटसम्मको सडक तयार हुँदा कालीगण्डकी नदी वारपार गर्न बन्दै गरेको पुल सात वर्षपछि सम्पन्न भएको हो। निर्धारित समयमा काम सक्न प्राविधिक र भौगोलिक कारण कारक बन्दा पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीले विस...
काठमाडौँ महानगरले माग्यो करार कर्मचारी
प्रशासन, समाचार, समाज

काठमाडौँ महानगरले माग्यो करार कर्मचारी

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गदै काठमाडौँ महानगरले १०८ जना करार कर्मचारी मागेको हो । लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि  करारमा कर्मचारी माग गरिएको महानगरको सूचनामा उल्लेख छ ।  महानगरले मेडिकल अधिर्कतदेखि कार्यालय सहयोगीसम्मका लागि दरखास्त आह्वान गरेको छ ।   महानगरले आठौँ तहको मेडिकल अधिकृत ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौँ तहको स्टाफ नर्स ५ जना माग गरेको छ । यस्तै फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १र१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगी माग गरेको छ । दरखास्त सूचना प्रकाशित भएको मितिले १५  दिनभित्र कार्यालय समयमा दिन सकिने महानगरले जनाएको छ ।...
४० जना सहसचिवहरूको सरुवा
प्रशासन, समाचार

४० जना सहसचिवहरूको सरुवा

नेपालअखबार,काठमाडौँ । सरकारले ४० जना सहसचिव वा सो सरकारका कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सरुवा भएकाहरूको सूची सार्वजनिक गरेको छ । सरुवा भएका सहसचिव वा सो सरकारका कर्मचारीको विवरण यस प्रकार छन्–
आज रविलाई अदालतमा उपस्थित गराइँदै
प्रशासन, समाचार

आज रविलाई अदालतमा उपस्थित गराइँदै

नेपालअखबार,पोखरा। सहकारी ठगी र संगठित अपराध मुद्धामा पक्राउ परेका रवि लामिछानेलाई आज प्रहरीले अदालतमा उपस्थित गराउँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिन प्रहरीले अदालतमा उपस्थित गराउन लागेको हो। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ। उनी विरुद्ध सहकारीका बचत पीडितले गत बर्ष माघ २२ गते नै जाहेरी दिएका थिए। उक्त जाहेरी परेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेका थिए। शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा ल्याइएको थियो। शनिबार सरकारी बिदा हुने भएकाले आज आइतबार उनलाई अदालत उपस्थित गराउन लागेको प्रहरीले बताएको छ। गोर्खा मिडिया प्रालिद्धारा संचालित ग्यालेक्सी टेलिभिजनका संचालक एवं प्रवन्ध ...
कालिया खोलामा पुल र आसपासका सडक कालोपत्र नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता
प्रशासन, समाचार

कालिया खोलामा पुल र आसपासका सडक कालोपत्र नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

नेपालअखबार, राजविराज। हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ। जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ। लामा बागमती निर्माण सेवाले विसं २०७१ मा निर्माण सुरु गरे पनि काम सुस्त हुँदा स्थानीयलाई समस्या भएको छ। पुल नबन्दा खोला तरेर दैनिक सयौँ सवारीसाधन र स्थानीयले आवातजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय पिन्टु यादवले गुनासो गरे। जिल्लाको सदरमुकाम राजविराजसमेत जोड्ने पुल भएकाले हजारौं मानिसले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको उनले सुनाए। तिरहुत गाउँपालिका–३ का बुधिलाल अरगरिया यादवले समयमा पुल निर्माण नहुँदा वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने र आवतजावतमा अवरोध सिर्जना हुने गरेको बताए। ‘सामान्य वर्षा भए पनि खोलाबाट चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी आउनेजानेक्रम पूर्ण रुपम...
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २५ राजनीतिक दलले दर्ता गराए
प्रशासन, समाचार

स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २५ राजनीतिक दलले दर्ता गराए

स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २५ राजनीतिक दलले दर्ता गराएका छन्। संविधान बमोजिम मंसिर १६ गते हुने भनिएको उपनिर्वाचनका लागि दल दर्ता गराएका हुन्। असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताको लागि आह्वान गरिएको थियो। त्यसमा २६ राजनीतिक दलले निवेदन दिएको निर्वाचन आयोगको प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए। 'राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम अनुसार कानुनी प्रक्रिया पुरा भएका २५ राजनीतिक दललाई दर्ता गराइएको हो,' उनले भने। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गराएको हो। रास्वपाले पहिलो पटक स्थानीय तहमा भाग लिँदैछ।  ...
भौतिक पूर्वाधार मन्त्रालयले भन्याे वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने
प्रशासन, समाचार, समाज

भौतिक पूर्वाधार मन्त्रालयले भन्याे वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने

नेपालअखबार,काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’ वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ । सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिन्छ । तर तीन चार ठाउँमा...
११० जना नगर प्रहरी जवानको आधारभूत तालिम सम्पन्न
प्रशासन, समाचार

११० जना नगर प्रहरी जवानको आधारभूत तालिम सम्पन्न

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका ११० जना जवानलाई ३० दिन अवधिको तालिम प्रदान गरिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा रहेको सशस्त्र प्रहरी, नेपाल यु. एन. शान्ति स्थापना तालिम शिक्षालयमा तालिम प्रदान गरिएको हो । कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक प्रहरी उत्पादन गर्ने, महानगरपालिका र महानगरबासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि तालिम प्रदान गरिएको हो । तालिममा शारीरिक तन्दुरुस्ती, कवाज, भिआइपी, पब्लिक अर्डर म्यानेजमेन्ट, म्याप रिडिङ्, पुलिस प्याकेज, अनआर्म कम्व्याट, आपतकालीन उद्धार, ट्राफिक व्यवस्थापन, मानव अधिकार लगायत विषय समावेश थिए । भदौ ४ गतेबाट सुरु भएको तालिमको आज समापन भएको हो । समापन अवसरमा प्रशिक्षक र उत्कृष्ट प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिउको थियो । दीक्षित प्रहरीहरुले कवाज प्रदर्शन गरेका थिए । ...