Friday, July 31

प्रशासन

त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने
प्रशासन, समाचार

त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

नेपालअखबार, काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार दिउँसो आधा घण्टाका लागि बन्द गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको हो । कार्यालयका अनुसार अपराह्न १:०० बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये Alert 9.3.1 (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यास हुनेछ । यो अभ्यासको मुख्य उद्देश्य सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरू बिच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र वि...
१८ हजार विद्यार्थीले पाए छात्रवृत्ति
प्रशासन, समाचार

१८ हजार विद्यार्थीले पाए छात्रवृत्ति

नेपालअखबार, काठमाडौं । १० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराउने संस्थागत (निजी) विद्यालयहरूलाई काठमाडौं महानगरले बन्दको सूचीमा राख्ने चेतावनी दिएको छ। बिहीबार एक सूचना प्रकाशित गरेर काठमाडौं महानगरपालिकाले त्यस्तो चेतावनी दिएको हो। काठमाडौं महानगरपालिकाले अहिले ४७३ निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेश गरेको तथ्यांक पनि प्रस्तुत गरेको छ। महानगपालिकाको निर्देशन अटेर गर्ने निजी विद्यालयलाई तीन दिनभित्र विवरण पेश गर्न समयसीमा पनि तोकेको छ। त्यतिञ्जेलसम्म पनि विवरण नबुझाउने विद्यालय बन्दको सूचीमा रहने, ती विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्न र गरिरहेको भए अन्यत्र स्थानान्तरण गर्न पनि महानगरले आग्रह गरेको छ। ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५० काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार ...
क्रिप्टोमा साढे १ करोड भन्दा बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ
प्रशासन, समाचार

क्रिप्टोमा साढे १ करोड भन्दा बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ

नेपालअखबार,काठमाडाैं । अनलाइनमार्फत क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्‍यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा रोल्पा घर भई काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय विज्ञान घर्तीमगर छन्। उनले फेसबुक, टेलिग्राम, लगायत एपमार्फत विभिन्न व्यक्तिहरूलाई साथी बनाएका थिए। त्यसरी अनलाइनमा साथी बनाएका व्यक्तिलाई क्रिप्टोमा लगानी गरे दोब्बर आम्दानी गर्न सकिने प्रलोभन देखाएको अनुसन्धानबाट खुलेको छ। यसरी उनले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाता तथा वालेटमा पटकपटक गरी दुई लाख १६ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। उक्त जाहेरीपछि प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो।  पक्राउ परेका उनले क्रिप्टो करेन्सी बाइनान्समा लगानी गरेको खुलेको हो। उ...
किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा आएको घोषणा
प्रशासन, समाचार, स्वास्थ्य

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा आएको घोषणा

नेपालअखबार,  काठमाडौँ । संखुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन्। कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरे। नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए। उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका आजैदेखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुनेछन् । नेपाल सरकारक...
प्रहरी नायव निरीक्षकमा १६९ जना बढुवा सिफारिस
प्रशासन, समाचार

प्रहरी नायव निरीक्षकमा १६९ जना बढुवा सिफारिस

नेपालअखबार, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १६९ जनालाई प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरेको छ । कार्यालय मातहतको बढुवा समितिको बुधबार बसेको बैठकले प्रहरी सहायक निरीक्षकहरूको बढुवा गर्ने निर्णय गरेको हो । कार्यालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाको सिफारिससम्बन्धी सूची प्रकाशित गरेको एक सूचनामार्फत जनाएको छ । बढुवाको सूचीअनुसार एक नम्बरमा अवरेन कुमार रायको नाम रहेको छ भने दोस्रो नम्बरमा सौगात कुँवर र तेस्रोमा मिलन जिसीको नाम रहेको छ ।...
करीनाको पुस्तकलाई अदालतको लिगल नोटिस
प्रशासन, विदेश, समाचार

करीनाको पुस्तकलाई अदालतको लिगल नोटिस

नेपालअखबार, काठमाडौँ । अभिनेत्री करीना कपूर खान द्वारा लिखित पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’मा उल्लेखित ‘बाइबिल’शब्दलाई लिएर अदालतले कारण माग गरेको छ । अभिनेत्री करीना कपूर खान ती अभिनेत्रीमा पर्छिन्, जसले आफ्नो गर्भावस्थालाई कहिल्यै गोप्य राखिनन् र उनले खुलेरै गर्भावस्थाका बारेमा सबै जानकारी फ्यानमाझ बाँडिन् । यहाँसम्म कि उनले यो अनुभवलाई एक पुस्तकमा नै समेटिन् । उनले सन् २०२१ मा प्रेग्नेन्सी पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ सार्वजनिक गरेकी थिइन् । यो पुस्तकमा करीनाले तैमूर र जेह गर्भमा रहँदाको अनुभव समेटेकी थिइन् । तीन वर्षपछि यही पुस्तक कानूनी विवादमा परेको छ । पुस्तकले अदालतबाट लिगल नोटिस पाएको छ । मध्य प्रदेशको हाई कोर्टका न्यायाधिस गुरपाल सिंह अहलूवालियाको एकल इजलासमा करीना र बुक बिक्रेताविरुद्ध उजुरी दर्ता गरा...
पदस्थापन विवादले ३ हप्तादेखि रोकियो एआईजी बढुवा
प्रशासन, समाचार

पदस्थापन विवादले ३ हप्तादेखि रोकियो एआईजी बढुवा

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीका दुई डीआईजी (प्रहरी नायब महानिरीक्षक) ३ वैशाखमै एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) मा बढुवा सिफारिस भए पनि अहिलेसम्म बढुवा हुन सकेका छैनन् । गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिले डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । त्यसपछि मन्त्रिपरिषदले उनीहरुको बढुवाको निर्णय गर्नुपर्नेमा अहिलेसम्म हुन नसकेको हो । १० देखि १९ वैशाखसम्म प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्सको लियोनमा रहे । महानिरीक्षक फ्रान्स गएको कारण देखाएर बढुवा नगरेको भए पनि उनी फर्केको एक हप्ता भइसक्यो । कुँवर नेपाल फर्केपछि एक पटक मन्त्रिपरिषद बैठक बसिसकेको छ, तर उक्त बैठकमा एआईजी बढुवाले प्रवेश नै पाएन । किन हुन सकेन बढुवा ? एआईजी बढुवाको निर्णय नहुनुमा उनीहरुको पदस्थापनसँग जोडेर हेरिएको ...
आज सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ
प्रशासन, समाचार

आज सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ

नेपालअखबार,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।...
विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार
प्रशासन, समाचार

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

नेपालअखबार, काठमाडाैं। गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै गृहले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो। कानुनमा तोकिएको भए सोही अनुसार कार्यान्वयन गर्न र नतोकिएको भए प्रतिघण्टा ४० किलोमिटर तल हुने गरी गति निर्धारणको व्यवस्थाका लागि आवश्यक निर्देशन वा समन्वय गर्न गृहले पत्राचार गरेको गृह मन्त्रीको सचिवालयले जानकारी दिएको छ। ‘विद्यार्थी बोक्ने सवारी साधनहरुको गति निर्धारण नगरिएको भए प्रतिघण्टा ४० किलोमिटरभन्दा तल हुने गरी गति निर्धारण गर्ने व्यवस्था मिलाउन तथा गति निर्धारण भएको भए निर्धारितभन्दा बढी गतिमा सवारी चलाउने सवारी साधनहरुलाई ऐनको दफा १६४ बमोजिम...
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
प्रशासन, समाचार

१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस

नेपालअखबार, काठमाडौँ । लोकसेवा आयोगले १३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस गरेको छ । न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवा अन्तरगत सहसचिव पदमा कर्मचारी माग भएअनुसार लिखित परीक्षाबाट अन्तरवार्तामा छनोट भएकामध्येबाट १३ जना सहसचिव पदमा नियुक्तिका लागि सिफारिस भएका हुन् । आयोगले सफल उम्मेदवारलाई नियुक्तिका लागि मातहतका मन्त्रालयमा सिफारिस गरेको हो । जसअनुसार न्याय सेवामा दीपक भण्डारी र दीपशिखा मुनाकमी, परराष्ट्र सेवामा ज्ञानबहादुर मगर, लेखा परीक्षण सेवामा राजेन्द्र प्रसाद ओझा सिफारिस भएका छन् । यस्तै प्रशासन सेवामा विनोद कुमार खड्का, राजन पौडेल, पुरुषेत्तम शर्मा, कृष्ण प्रसाद मैनाली, केशवराज सुवेदी, वेदप्रसाद भण्डारी, मिरा आचार्य, रविलाल शर्मा र ज्ञानहरि घिमिरे सिफारिस भएको आयोगले बुधबार सूचनामार्फत जनाएको छ ।...