Friday, July 31

प्रशासन

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि
प्रशासन, राजनीति, समाचार

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

नेपालअखबार, काठमाडौं । १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक ...
पौडेलविरुद्ध २३ करोड ७५ लाख बिगो दाबीसहित मुद्दा दायर
प्रशासन, समाचार

पौडेलविरुद्ध २३ करोड ७५ लाख बिगो दाबीसहित मुद्दा दायर

नेपालअखबार, काठमाडौँ । नेशनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । शुक्रबार विशेष अदालतले नेशनल पेमेन्ट गेटवे प्रकरणमा पौडेलसहित ८ जनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतले पौडेललाई सजाय निर्धारण गर्न वैशाख २५ मा पेशी तोकिएको छ । अख्तियारले सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहर गर्दै पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजारभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ । पौडेल पदमा रहँदा पारिश्रमिक, भत्ता, शेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ आयआर्जन गरेक...
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
प्रशासन, समाचार

काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत एग्रो पुलिङ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना कृषि विज्ञ माग गरेको छ । आज एक सूचना जारी गर्दै महानगरले इच्छुक विज्ञलाई सात दिनभित्र महानगरपालिकाको श्रम बैङ्कमा आबद्ध भई कृषि तथा पशुपन्छी विभागमा जानकारी गराउनुहुन आग्रह गरिएको छ । कृषि विज्ञको सेवा सुविधा सरकारले तोकिए बमोजिम हुने कृषि तथा पशुपन्छी विभागद्वारा जारी सूचनामा उल्लेख छ ।...
एन्फाका उपाध्यक्ष  लामा पक्राउ
प्रशासन, समाचार, समाज

एन्फाका उपाध्यक्ष लामा पक्राउ

नेपालअखबार, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार लामा बुधबार काठमाडौँबाट पक्राउ परेका हुन् । लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पुनरावेदन अदालत पाटनको उक्त निणर्यविरुद्ध दावा पुनरावेदन लिएर सर्वोच्च अदालत गएका थिएनन् । सर्वोच्च अदालतले गत माघ १२ गते काठमाडौँ जिल्ला अदालतलाई लेखेको पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख गरेको थियो । यससँगै लामा उच्च अदालतको फैसला कार्यान्वयनका लागि जेल जानुपर्ने निश्चित भएको थियो ।...
अर्थमन्त्री पुनले भेटे विश्व बैंकका उपाध्यक्ष र वित्त निगमका उपाध्यक्ष
अर्थ, प्रशासन, समाचार

अर्थमन्त्री पुनले भेटे विश्व बैंकका उपाध्यक्ष र वित्त निगमका उपाध्यक्ष

नेपालअखबार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा मंगलबार राति भेटेका थिए । यस्तै उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटेका छन् । विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग उनले आगामी जुनमा काठमाण्डौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)-२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए । आईडा बैठकको  राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको बताए । उनले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार...
८२ जना शाखा अधिकृतहरूको पदस्थापन गर्दै कामकाज ताेकियाे
प्रशासन, समाचार

८२ जना शाखा अधिकृतहरूको पदस्थापन गर्दै कामकाज ताेकियाे

नेपालअखबार, काठमाडौँ । ८२ जना शाखा अधिकृतहरूको पदस्थापन भएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो । उनीहरूलाई संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएको छ । पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मंगलबारबाटै प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । यस्तो छ सुची:...
सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
प्रशासन, समाचार

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि  ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री  छाड्नाले  आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताइन्। सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्ने  उनले बताइन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले शनिबार जारी गरेको सार्वजनिक सू...
अवैध रुपमा माटो ओसारपसार गरेको आरोपमा पोखरामा ४ टिपर नियन्त्रणमा
प्रशासन, समाचार

अवैध रुपमा माटो ओसारपसार गरेको आरोपमा पोखरामा ४ टिपर नियन्त्रणमा

नेपालअखबार, काठमाडौं । पोखराको फेवाताल क्षेत्र पामेबाट अवैध रुपमा राष्ट्रबैंक चोकतर्फ लैजाँदै गरेको माटोसहित ४ वटा ४ टिपर जिल्ला  प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग १ क ४१६०, ग १ क ४२८६, ग १ क ४२९४ र ग १ क ४०८९ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका टिपरबाट स्विकृति खुल्ने कुनै आवश्यक कागज फेला नपरेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।नियन्त्रमा लिइएका टिपरलाई थप अनुसन्धान तथा कारवाहीका लागि पोखरा महानगरपालिका पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकार प्रहरी नायब निरीक्षक कुमार शर्माले जानकारी दिए ।...
सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण गर्ने ३ जना पक्राउ
प्रशासन, समाचार

सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण गर्ने ३ जना पक्राउ

नेपालअखबार, काठमाडौँ । सर्लाहीमा पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आक्रमणमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले  बताए । ईश्वरपुर नगरपालिका–६ घर भएका साहमाथि वैशाख २ मा राति लालबन्दी नजिकै आक्रमण भएको हो । उनको निधार र टाउकोमा ७ वटा टाँका लगाइएको छ । आक्रमणमा संलग्न आरोपमा स्थानीय अर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेका छन् । आक्रमणमा संलग्न ४ जना फरार छन् । स्थानीय राजेन्द्र महतो लालबन्दीस्थित आफ्नो खेतमा पानी पटाएर फर्किँदै थिए । मोटरसाइकलमा आएका महतोलाई युवाहरूले रोकेपछि विवाद भएको थियो । विवादको बिचमा आफूलाई आक्रमण गरेपछि महतोले सांसद साहलाई फोन गरेर बोलाएका हुन् । दुवै पक्षको बिचमा विवाद बढेपछि झगडा हुँदा पूर्व सांसद साहसहित निकेश साह, रवि पासवान र राजेन्द्र महतो घाइते भएका छन् । सांसद साहको सुरुमा ...
बुधबारदेखि उपनिर्वाचन आचारसंहिता लागु गर्ने
प्रशासन, समाचार

बुधबारदेखि उपनिर्वाचन आचारसंहिता लागु गर्ने

नेपालअखबार,काठमाडौँ । बुधबारदेखि उपनिर्वाचनको आचारसंहिता लागु गर्ने निर्णय भएको छ । निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागु गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ । क-कसलाई लाग्छ आचारसंहिता ? (क)    नेपाल सरकार र नेपाल सरकारका मन्त्री, (ख)    प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, (ग)    संवैधानिक निकाय र सो निकायका पदाधिकारी, (घ)    नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, (ङ)    स्थानीय कार्यपालिका र सोका सदस्य, (च)    सङ्‍घ, प्रदेश र स्थानीय त...