Thursday, July 30

प्रशासन

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र
प्रशासन, समाचार

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

नेपालअखबार, नारायणगढ । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ । यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न लागिएको हो । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार ती पालिका बसोबास गर्ने सुकुम्बासीलाई प्रमाणपत्र वितरणको तयारी अन्तिम चरणमा पुगेको हो । उनले भने, “सरकारले कानुन संशोधनको तयारीमा रहेको जानकारी पाएका छौँ । संशोधन भए जिल्लाका अधिकांश भूमिहीनले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने छन् ।” कानुनीरुपमा समस्या देखिएकाबाहेक अन्य सबै ठाउँमा कामलाई तीव्र गतिमा अघि बढाइएको छ । उनले भने, “अहिले हामीले पाँच सय परिवारलाई पुसको दोस्रो सातासम्ममा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने गरी काम गरिरहेका छौँ ।” अहिले प...
झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा
अपराध, प्रशासन, समाचार

झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा

नेपालअखबार, काठमाडौं । न्यूरोडमा झण्डै ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको छ । जिल्ला अदालत, काठमाडौंले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार अनुसन्धानका लागि ७ दिनलाई हिरासतमा राख्न अनुमति दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । ‘सुन चाहिँ राजश्व अनुसन्धान विभागलाई थप अनुसन्धानका लागि पठाएका छौं’, उनले भने, ‘उनीबाट ४९ लाख ५० हजार अवैध रुपैयाँ पनि बरामद भएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार म्याद थप गरेका हौं ।’ प्रहरीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्य...
स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ
प्रशासन, समाचार

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

नेपालअखबार,काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट स्रोत नखुलेका गरगहना र रकमसहित एक जना पक्राउ परेका छन्। अवैध सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका  ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो। बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम,  एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी,  पाँच लाख ७६ हजार रूपैयाँ र भारू २२ हजार बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको छ।...
नार्कले जनचेतनामुलक कार्यक्रमसहित विश्व माटो दिवस मनाउँदै
प्रशासन, समाचार, समाज

नार्कले जनचेतनामुलक कार्यक्रमसहित विश्व माटो दिवस मनाउँदै

नेपालअखबार,काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘विश्व माटो दिवस २०२३’ बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित १६ मंसिर देखी १९ मंसिरसम्म चार दिन बिभिन्न कार्यक्रम गरी विश्व माटो दिवस मनाउँदैछ । नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायबारे प्रचार प्रसार, माटोको निशुल्क जाँच शिविर, विद्यार्थीलाई माटो परिक्षण, स्वच्छ माटो किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउनुका साथै जाँच प्रक्रियामा विद्यार्थीलाई समेत सहभागि गराउँदै माटो दिवश मनाउन लागेको हो । माटो विज्ञान अनुसन्धान केन्द्रले १६ मंसीर (२ डिसेम्बर) मा टेलिभिजनमा माटोको उर्वराशक्तिको महत्व, संरक्षण र सुधार बारे बहस कार्यक्रमको शुभारम्भ गर्दै प्रचारप्रसार गर्नुका साथै १७ र १८ मंसिरमा भक्तपुरको खोपासीमा किसानको निशुल्क माटो परीक्षण गर्ने कार्यक्रम रहेको ...
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
प्रशासन, समाचार

पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान

नेपालअखबार, रसुवा । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् । पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायव गराएको आरोप उनीहरू माथि लागेको छ ।     मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका अन्दाजी ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई थुमनबाट प्रहरी नियन्त्रणमा लिइ जिल्ला प्रहरी धुञ्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भिरबाट बेपत्ता बनाएको आरोपमा सुरक्षाकर्मीद्वय पक्राउ परेका थिए । सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर भएको सो मुद्दामा पछि ठहरेबमोजिम हुनेगरी हाललाई धरौ...
आजबाट सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस फेरि सुरु
प्रशासन, समाचार

आजबाट सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस फेरि सुरु

नेपालअखबार, काठमाडौं । सूर्यविनायक-रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन् । ती बस आज बिहान साढे ८ बजेदेखि तीन/तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् । सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ । यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५/५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरु थपिएको र समय तालिकामा पनि केही संशोधन गर...
२६ प्रहरी सम्पर्कविहीन
प्रशासन, समाचार

२६ प्रहरी सम्पर्कविहीन

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् । जानकारीबिनै दुई/तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ । लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ । पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ...
दुई महिनादेखि सम्पर्कविहीन रहेका प्रहरी इन्स्पेक्टरलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रशासन, समाचार

दुई महिनादेखि सम्पर्कविहीन रहेका प्रहरी इन्स्पेक्टरलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपालअखबार, काठमाडाैं। असोज १ गतेदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरी अस्पतालमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सात दिनभित्र उपस्थित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगंज दरबन्दी भएका प्राविधिक प्रहरी निरीक्षक टंक भट्टराईलाई सात दिनभित्र हाजिर हुन गृहले निर्देशन दिएको हो। कार्यालयमा गैरहाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ। सो अवधिमा चित्तबुझ्दो स्पष्टिकरणसहित मन्त्रालयमा उपस्थित हुन भनिएको छ। मन्त्रालयमा हाजिर नभएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ।...
सरकारले लगायो नयाँ सहकारी दर्ता र कार्यक्षेत्र विस्तारमा रोक
प्रशासन, समाचार

सरकारले लगायो नयाँ सहकारी दर्ता र कार्यक्षेत्र विस्तारमा रोक

नेपालअखबार, काठमाडाैं। सरकारले नयाँ सहकारी संस्था दर्ता र पूराना सहकारीको शाखा विस्तारमा रोक लगाएको छ। मन्त्रिपरिषदको कात्तिक २३ गते बसेको बैठकले नयाँ सहकारी संस्था र कार्यक्षेत्र विस्तारमा अनिश्चितकालका लागि रोक लगाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ। सहकारी संस्थाहरूले ठूलो बचत स्वीकार गर्ने र जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमामा उल्लेख छ। त्यसो हुँदा वचतकर्ताको वचत फिर्ता हुन नसक्ने र यसले सहकारीमा गम्भीर समस्या सिर्जना भई  सहकारी क्षेत्रका अतिरिक्त सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्दै गएकोले तत्कालका लागि सहकारी संस्थाको दर्ता र कार्य क्षेत्र विस्तारमा रोक लगाइएको मन्त्रालयले जनाएको छ। ‘यस क्षेत्रको समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्म ...
नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत अब १७ अर्ब
प्रशासन, समाचार

नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत अब १७ अर्ब

नेपालअखबार, काठमाडाैं। नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत थप चार अर्ब रूपैयाँ बढ्ने भएको छ। सुरुङ मार्ग खन्ने क्रममा कमजोर चट्टान भेटिएको र निर्माण अवधि पनि लम्बिएकाले ‘प्राइज स्केलेसन’ का आधारमा लागत झन्डै चार अर्ब बढ्ने देखिएको हो।सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना प्रमुख नवीनमान श्रेष्ठले आयोजनाको लागत ४ अर्ब रूपैयाँ बढ्ने बताए। ‘सुरुङ मार्ग १३ अर्ब ३३ करोड रूपैयाँ लागतमा बनाउन थालिएको हो। तर सुरुङ खन्ने क्रममा फेला परेको विषम भौगर्भिक अवस्था र निर्माण अवधि बढेसँगै लागत बढ्ने भएको छ,’ उनले भने, ‘निर्माण सामग्रीको भाउ, उपकरणलगायतमा अत्यधिक मूल्यवृद्धि भएकाले पनि लागत बढ्ने भएको हो।’ कमजोर चट्टान पाइएको स्थानमा सुरुङ खन्दा टेवा दिनुपर्ने र थप संरचना बनाउनु पर्ने हुन्छ। सामान्य अवस्थामा कमजोर चट्टान फुटाउन सजिलो हुन्छ तर सुरुङ मार्ग निर्माण बलियो चट्टानमा सहज हुन्छ। यो आयोजनामा जापानी ...