खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति
नेपालअखबार, काठमाडाैं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न माग गरेको हो। त्यसअनुसार नै शनिबारदेखि लागु हुनेगरी चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनलाई बुधबार अदालतमा पेश गर्ने गरी म्याद थप गरिएको हो।
यस्तै सरकारी वकिलको कार्यालयले पनि यही चार दिनभित्र अनुसन्धान सकिने गरी म्याद मागेको प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।
आइतबार कार्यालयले पूर्वगृहमन्त्री खाणका पिए नरेन्द्र केसीको बयान लिएको छ। अन्य पक्राउ परेका व्यक्तिहरूको बयान लगभग सकिसकेको छ। खाणको सम्भवत: भोलि बयान लिइने उनले बताए।
यस प्रकरणमा पूर्वगृहमन्त्री खाण, उनका पिए केसी, पूर्वगृहसचिव ...










