Saturday, May 30

प्रशासन

सर्वोच्चले राष्ट्रपति कार्यालयसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण
प्रशासन, समाचार

सर्वोच्चले राष्ट्रपति कार्यालयसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

नेपालअखबार, काठमाडौं । नागरिकता विधेयक प्रणाीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले करण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । संघीय संसदको दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधान उल्लंघन भएको भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको छ । सबै रिटमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ ।अधिवक्ता सुनिलरञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सागर बराल, देव शर्मा र सोनु रौनियारले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति  भण्डारीको कदमविरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।...
काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने
प्रशासन, समाचार

काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने

नेपालअखबार, काठमाडाैं । चाडपर्वको समयमा देशको संघीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज मंगलबारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिए । प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न...
निर्वाचन प्रक्रिया सुरु, समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि
प्रशासन, समाचार

निर्वाचन प्रक्रिया सुरु, समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि

नेपालअखबार, काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् । दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ । बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असो...
डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने
प्रशासन, समाचार, स्वास्थ्य

डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। डेंगीको संक्रमण बढदै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगी नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौं र नष्ट गरौं’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार प्रत्येक स्थानीय तहले ‘प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट’ छुटाएर घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँहरू ‘खोजौं र नष्ट गरौं’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने छन्। अभियान सफल बनाउनका...
अदालतबाट भागेका विश्वकर्मा पक्राउ
प्रशासन, समाचार

अदालतबाट भागेका विश्वकर्मा पक्राउ

नेपालअखबार, दाङ। दाङ जिल्ला अदालतको दुई तला माथिबाट हाम फालेर भागेका लक्ष्मण विश्वकर्मा पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरको एक ब्यक्तिको घरमा सुनका गरगहना र नगद चोरी गरेको अभियोमगा पक्राउ परेका घोराही–१७ का २२ वर्षीय विश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतको दुई तलामाथिबाट भुइमा हाम फालेर भागेका थिए। उनी भागेको लगभग २४ घन्टाको अवधिका घोराही–लमही सडक खण्डको जंगल बीचको एक घरबाट शुक्रबार राति उनलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुुर वलीले बताए। ‘अदालतमा म्याद थप्न लगेको समयमा शौचालयबाट भागेका विश्वकर्मालाई हामीले एक दिन भित्रै पक्राउ गर्न सफल भएका छौं,’ एसपी वलीले भने ‘ उनलाई घोराही–लमही सडक खण्डमा पर्ने एक घरबाट पक्राउ गरिएको हो ।’ घटनाबारे शनिवार थप जानकारी दिने एसपी वलीले बताए।...
सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस
प्रशासन, समाचार

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

नेपालअखबार, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित र न्‍यायाधीश विनोद शर्मा गौतमलाई सर्वोच्चमा सिफारिस गरेको हो ।यस्तै नेपाल ल क्याम्पसका डीन डीएन पराजुली पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको  न्‍यायपरिषद्‌का एक अधिकृतले बताए ।...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण साहलाई पक्राउ पुर्जी जारी
प्रशासन, समाचार, स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण साहलाई पक्राउ पुर्जी जारी

नेपालअखबार, जुम्ला। जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार  सरोजराज रेग्मीले जानकारी दिए। एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते  जाहेरी दरखास्त दर्ता गरेका थिए। ‘बाल हिंसाको आरोपमा प्रहरीमा डा साहविरुद्धमा जाहेरी पर्‍यो र त्यसको अनुसन्धान गर्न प्रहीले...
भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला
प्रशासन, समाचार

भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ४२ किलोमिटर टाढा अत्तरिया जानुपर्ने बाध्यता रहेको जानकारी दिए । उनका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एक/दुई दिनसम्म समय लाग्ने गरेको छ । ‘विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन्’ उनले भने, ‘रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौं ।’ उनले अत्तरिय...
शिक्षण अस्पतालबाट भागेका कैदी पक्राउ
प्रशासन, समाचार

शिक्षण अस्पतालबाट भागेका कैदी पक्राउ

नेपालअखबार, काठमाडाैं । आँखाको उपचार गर्न जाँदा काठमाडौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालबाट भागेका कैदी भोला बुढाथोकीलाई ललितपुरको लुबुबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयकी डिआईजी किरण राणाले  बताइन् । नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका बुढाथोकीलाई  जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रनानी रमेश बजगाईं नेतृत्वको टिमले पक्राउ गरेको हो । रामेछाप घर भएका ३८ वर्षीय भोला बुढाथोकीलाई बुधवार प्रहरीले उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । प्रहरीको आँखा छलेर उनि भागेको नख्खु कारागारका जेलर सुवास कुमार लामिछानेले  बताए । आँखामा झुसिलकिरा बिझेर उपचार गराइरहेका बुढाथोकीलाई प्रहरीले फलोअपका लागी शिक्षण अस्पतालमा लगेको थियो । नख्खु कारागारको बाहिरी सुरक्षा व्यवस्थाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको छ...
लोकसेवा आयोगलाई परीक्षा लिन बाटो खुला
प्रशासन, समाचार

लोकसेवा आयोगलाई परीक्षा लिन बाटो खुला

नेपालअखबार, काठमाडाैं । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको  संवैधानिक इजलासले लोकसेवा आयोगसम्बन्धी परेका सम्पूर्ण रिट निवेदन खारेज गर्दै परीक्षाका लागि बाटो खुला गरेको हो ।  “लोकसेवा आयोगको परीक्षा रोक्नेसम्बन्धी परेका रिट निवेदन सबै खारेज भएका छन्”, सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, “फैसलासँगै लोकसेवा आयोगलाई रोकिएका सम्पूर्ण परीक्षा लिन बाटो खुलेको छ ।” उनका अनुसार कर्मचारी समायोजन विषयमा दरबन्दी भएको ठाउँमा मिलाउनु छ भने प्रदेशका विवाद प्रदेशमै मिलाउने भन्ने रहेको छ । सम्पूर्ण जानकारी फैसलाको लिखित पूर्णपाठ आएपछि मात्र थाहा हु...