Sunday, September 21

मनोरञ्जन

कालोसूचीमा सरकारले ११ कम्पनीलाई राख्यो
प्रशासन, मनोरञ्जन, समाचार

कालोसूचीमा सरकारले ११ कम्पनीलाई राख्यो

नेपालअखबार,काठमाडौं । सरकारले काम सन्तोजनक नभएका ११ कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो । कालोसूचीमा परेका कम्पनीहरुमा होमबहादुर बस्नेत मुख्य व्यक्ति रहेको विशाल होम निर्माण सेवा उदयपुर, सुन्दर श्रेष्ठ मुख्य व्यक्ति रहेको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन बूढानीलकण्ठ काठमाडौं, मयंक शाह मुख्य व्यक्ति रहेको सगुन फेब्रिक्स प्राइभेट लिमिटेड मोरङ लगायत छन् । यसैगरी रामबहादुर बुढा मुख्य व्यक्ति रहेको शुभ आर.एस. बिल्डर्स सप्लायर्स बाँके, छत्रबहादुर बुढा मुख्य व्यक्ति रहेको नविन निर्माण सेवा अछाम, मिथुन चन्द मुख्य व्यक्ति रहेको जे.एम.सी कन्स्ट्रक्सन प्रालि सुर्खेत, माधव घिमिरे मुख्य व्यक्ति रहेको कास्यम निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौं पनि कालोसूचीमा परेक...
गीतकार सुधा  मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक
भिडिओ, मनोरञ्जन, समाचार

गीतकार सुधा  मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक

नेपालअखबार, काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश  मुस्कानले निर्देशन गरेका छन्। गीतको निर्माणमा अनुराग परिहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश  मुस्कान र विमला श्रेष्ठको अभिनय रहेको छ। आकर्षक प्रस्तुति र कथावस्तुलाई प्रभावकारी बनाउन छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन्। गीतमा लोक र आधुनिक शैलीको मिश्रण भेटिन्छ भने भिडियोमा सांस्कृतिक रंग र भावनात्मक कथावाचनलाई प्राथमिकता दिइएको छ। दर्शकले पारम्परिक आभूषण ‘छड्के तिलहरी’लाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा लोकजीवनको सौन्दर्य र प्रेमको मिठास अनुभव गर्न सक्नेछन्। ‘छड्के तिलहरी...
एमालेले खोस्यो पूर्वमन्त्रीको जिम्मेवारी
मनोरञ्जन, समाचार

एमालेले खोस्यो पूर्वमन्त्रीको जिम्मेवारी

नेपालअखबार,विराटनगर । नेकपा एमालेले पूर्वमन्त्री तथा ताप्लेजुङ जिल्ला कमिटीका पूर्वअध्यक्ष बलबहादुर साम्सोहाङको जिम्मेवारी खोसेको छ । कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका साम्सोहाङ दश बुँदे पक्षधर हुन् । उनी एमाले सचिव योगेश भट्टराईसँग निकट छन् । साम्सोहाङसँगै युवा नेता मणि पोमुको पनि जिम्मेवारी खोसिएको छ । दुई नेतामाथि युवा संघको जिल्ला अधिवेशन स्थलमा तोडफोड र हातपात गरेको आरोप छ । गत वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै साम्सोहाङ पक्षले तोफोड गरेको थियो । दुई पक्षबीच हातपात पनि भएको थियो । साम्सोहालको निर्देशनमा पोमुको समूहले बन्दसत्र हलभित्र हातपात गरेको आरोप छ । ताप्लेजुङ जिल्ला कमिटी र युवा संघले गरेको उजुरीका आधारमा प्रदेश कमिटीले दुई नेतालाई निलम्बन गरेर छानबिन सुरु गरेको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम ...
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै
मनोरञ्जन, समाचार

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

केके मानन्धर । नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेत्री माहोको अभिनय देख्न पाउने भएको छ । विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘अफलाइन लभ’मा अभिनय गरेकी उनले नेपाली टेलिचलचित्रमा काम थालेकी हुन् । जापानी अभिनेत्री माहोको अफलाइन लभ सिरिज पछिल्लो समय दर्शकहरुको प्रशंसाको विषय बनेको छ । विश्वकै प्रतिष्ठित फेसन प्लेटफर्म पेरिस फेसन विकमा सहभागी रहेकी माहो मोडलिङ क्षेत्रमा समेत उतिकै सक्रिय छिन् । फेसन र डिजिटल दुनियाका ख्यातिप्राप्त उनको अभिनय रहेको मनको बाँध वैशाख ६ गते शनिबार यूट्युब च्यानल फोकस पिक्चर्समार्फत देख्न सकिनेछ । नेपाली टेलिचलचित्र मनको बाँधको नयाँ अंक बेलुकी ७ बजे प्रशारण हुँदैछ । ‘कोठा भाडामा बस्ने सामान्य परिवारको कथा बस्तुमा तयार गरिएको नेपाली टेलिचलचित्रमा अन्र्तराष्ट्रिय ख्यातिप्राप्त कलाकारको अभिनय जोड्न पाउनु खुसीको विषय हो ।’ नि...
बबिना भट्टराईको  ‘मन देखि गरेको माया कदर भएन’
मनोरञ्जन, समाचार

बबिना भट्टराईको ‘मन देखि गरेको माया कदर भएन’

नेपालअखबार, काठमाडौं  । माया पनि किसिम किसिमका हुन्छन्, मन देखि गरेको माया र माया गरेको जस्तो देखाउन गरेको माया । मन देखि गरेको मायामा छल, कपट र भ्रम हुदैन । मनदेखि गरेको माया निःस्वार्थ, साँचो र गहिरो हुन्छ जहाँ स्वार्थ, लालच, वा बनावटीपन रहदैन ।  यस्तो माया निःस्वार्थ हुन्छ एकअर्का प्रति केही आशा  अनि अपेक्षा रहदैन । मन देखि गरेको मायामा समर्पण हुन्छ, इमानदारिता हुन्छ, हर परिस्थितिमा साथ दिने भाव हुन्छ मनदेखि गरेको  माया साँचो मायाको अर्को नाम हो जुन कुनै शर्तमा आधारित हुँदैन, मन देखि गरेको मायामा दुई आत्मा गाँसिएको हुन्छ जुन माया कहिल्यै मर्दैन, कहिल्यै कमि हुदैन अनि कहिल्यै डग्मउदैन, मन देखि लाएको माया अजम्मरी हुन्छ । यसरी गहिरो भाव र सच्चा मनबाट गरेको माया तर त्यो मायाको कदर वा मूल्यांकन भएन अर्थात्, जसलाई माया गरियो, उसले त्यो मायालाई सम्मान दिएन या बुझेन, वा त्यसको उचित प्रतिक्रि...
गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज
मनोरञ्जन, समाचार

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

नेपालअखबार,काठमाडौं । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा सयल गराउन आग्रह गरेका छन् । गीतमा प्रेमका भावनाहरूलाई सुन्दर शब्दमा प्रस्तुत गरिएको छ, जसमा प्रेमिकासँग जीवन बिताउने इच्छा व्यक्त गरिएको छ । म्युजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन्, जबकि विनोद बमले सम्पादन गरेका छन् । कमल राईको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको यो भिडियोमा गायक रवि सुवेदी र नायिका रचना शिवाकोटीको अभिनय र नृत्य प्रमुख आकर्षण बनेको छ । यस गीतको म्युजिक भिडियो नेपाली संगीत प्रेमीहरूको बीचमा आकर्षणको केन्द्र बनेको छ र गायक...
चनुको ‘बेग्लै खुशी’मा आकाश र करुणाको रोमान्स ( भिडियो )
मनोरञ्जन, समाचार

चनुको ‘बेग्लै खुशी’मा आकाश र करुणाको रोमान्स ( भिडियो )

नेपालअखबार,काठमाडौं । गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको "बेग्लै खुशी" बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस  गीतमा रवि के अधिकारीको शब्दहरूलाई राजेन्द्र वाइवा तामाङले संगीतबद्ध गरेका छन्। गीतको मिक्स र मास्टरिङ महेश्वर मान राजभण्डारीले गरेका हुन् । भिडियोलाई आकर्षक बनाउन मेकअपमा समारा जोशी र क्यामेरामा दिनेश पराजुलीले साथ दिएका छन्। भिडियोमा करुणा श्रेष्ठ र आकाश श्रेष्ठले प्रेमिल जोडीको भूमिका निर्वाह गरेका छन्। भिडियोले विशेष रूपमा प्रेम सम्बन्धमा आउने उतारचढाव र सँगै बिताएका रमाइला क्षणहरूलाई प्रस्तुत गरेको छ, जसले प्रेमको गहिराइलाई दर्शाउँछ। चनु थापा निर्मात्री रहेको यस भिडियोलाई निर्देशक निकेश खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको हो।  भिडियोको सम्पादन  बिकाश धमलाले गरेका हुन्। यो म्युजिक भिडियोले  धेरैको मन जित्ने अपेक्षा ...
गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’
मनोरञ्जन, समाचार, समाज

गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’

नेपालअखबार, काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा 'इन्टरनेटरी ह्रुप ताजी' बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो । गायिका सुस्मिता स्याङ्तान चिरपरिचित गायिका हुन । गायिका स्याङ्तानले बिदेशी भुमिमा रहेका युवा र स्वदेशमा रहेका युवतीबिच भएको प्रेमिल कुरालाई गीतमा समावेश गरिएको बताइन । उनले दर्शक एंव स्रोताले गीत मन पराउनेमा आफु विश्वास्त रहेको बताइन । गीतमा धीरज गोलेको शब्द, जोगलाल लामाको संगीत संयोजन रहेको छ भने उनै गायक कुन्साङ दोर्जे लोप्चनको संगीत रहेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन । स्टुडियो २१ मा रेकर्डिङ गरिएको गीतलाई श्याम बहादुर थिङले निर्माण गरेका हुन ।...
छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट
चलचित्र, मनोरञ्जन, समाचार

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट

नेपालअखबार,काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने भएको छ । जनवरीको अन्तीम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको छ । राष्ट्रियतर्फ ३४ ओटा र अन्तराष्ट्रियतर्फ १०८ ओटा चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु छनोटमा परेका छन् । राष्ट्रिय चलचित्रहरुमा बुलाकी, पुजार सार्की, एक भगवत एक गीता, विच्छेद, पखेटा, डेसान, डेस्टिनी चलचित्रहरु समावेश छन् । त्यस्तै विभिन्न विधाका छोटा चलचित्ररुमा रित्तो गाउँ, द स्कुल वाल, डाकिनी, निर्देश, थ्रेसहोल्ड, बालक हराएको सुचना, आदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै चलचित्र, लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ । सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई अवार्ड वितरण...
यस वर्षको तीजमा चन्द्रावतीका तीन कोशेली
मनोरञ्जन, समाचार, साहित्य \कला

यस वर्षको तीजमा चन्द्रावतीका तीन कोशेली

नेपालअखबार, पोखरा । तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याउने गर्नुभएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत ल्याउनुुभएको छ । यस वर्ष उहाँका बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन् भने माइतीको झल्को आउने अन्तिम तयारीमा छ । समाजका कथा, व्यथा र पीडालाई जीवन्त रुपमा आफ्ना गीतका माध्यमबाट प्रस्तुत गर्दै आउनुभएकी वाग्लेका गीतमा देशको सीमा, देशको रक्षाका लागि लडेका नेपाली योद्धाको चर्चासँगै पछिल्लो समय देशको सीमा मिचिएको लगायतका विषय उल्लेख गरिएको छ । देशभक्ति शीर्षकको गीतको सुरुको टुक्कामा नै उहाँले भन्नुभएको छ, “आजसम्म गाइयो गीत सत्ताको र शक्तिको । यो तीजमा गाउँछु गीत देशभक्तिको ।।” देशको रक्षाका लागि पुर्खाले गरेको बहादुरी प्रति गर्व गर्दै उहाँ गीतमा भन्नुहुन्छ । “नालापानी युद्ध लडी देश बचाए पुर्खाले । जतन गर्न सकेनौ च्यापे अर्का...