Tuesday, August 11

राजनीति

तिहार पर्वले हामीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति पौडेल
राजनीति, समाचार

तिहार पर्वले हामीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । ‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ’, राष्ट्रपतिले सन्देशमा भनेका छन् । राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्...
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति
राजनीति, विश्व, समाचार

पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

नेपालअखबार,काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ। कतारको दोहामा दुई देशका प्रतिनिधिबीच भएको लामो छलफलपछि आइतबार युद्धविराम गर्ने सहमति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा तत्काल युद्धविराम गर्ने र स्थायी शान्ति कायम गर्नका लागि दुवै देशले संयन्त्र गठन गर्ने सहमति भएको पनि कतारी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। झन्डै १३ घन्टासम्म चलेको वार्तमा पाकिस्तानबाट रक्षामन्त्री ख्वाजा आसिफ र गुप्तचर प्रमुख जनरल असीम मलिकले नेतृत्व गरेका थिए भने अफगानिस्तानबाट रक्षामन्त्री मौलवी मुहम्मद याकुब र राष्ट्रिय गुप्तचर एजेन्सीका प्रमुख सहभागी थिए। कतारी विदेश मन्त्रालयले यो सहमतिले सीमाक्षेत्रमा तनाव कम गर्ने र क्षेत्रीय स्थिरताका लागि आधार तयार पार्ने आशा व्यक्त गरेको छ। अक्टोबर ११ देखि १५ सम्म स्पिन ...
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
राजनीति, समाचार

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे ललितपुरको रामबाग महलमा हुने नेकपा एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो ।...
सरकारले थाल्यो निर्वाचनमुखी गतिविधि, आज सुरक्षा समितिको बैठक
राजनीति, समाचार

सरकारले थाल्यो निर्वाचनमुखी गतिविधि, आज सुरक्षा समितिको बैठक

नेपालअखबार,काठमाडौं । सरकारले निर्वाचन सम्बन्धी योजना र छलफललाई तीव्रता दिएर आफू निर्वाचनमा केन्द्रित भएको सन्देश दिन खोजेको छ । गतसाता राजनीतिक दलका नेताहरुसँग प्रारम्भिक परामर्श अघि बढाएको सरकारले आइतबारदेखि निर्वाचन सुरक्षाका कार्यक्रमहरु अघि बढाउने तयारी गरेको हो । आइतबारदेखि निर्वाचन सुरक्षा रणनीतिको काम अघि बढ्नेछ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार अपराह्न सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै राष्ट्रपतिको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षाबारे छलफल भएको जानकारी दिइन् । ‘राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल भएको छ’ प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्सको पोष्टमा लेखेकी छन्, ‘निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा छलफल के...
अमेरिकाको ५० वटै राज्यका २६ सयभन्दा बढी ठाउँमा ट्रम्पविरुद्ध प्रदर्शन
राजनीति, विश्व, समाचार

अमेरिकाको ५० वटै राज्यका २६ सयभन्दा बढी ठाउँमा ट्रम्पविरुद्ध प्रदर्शन

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको विरोध गर्दै देशव्यापी प्रदर्शन भएको छ। शनिबार अमेरिकाको ५० वटै राज्यका मुख्य मुख्य सहरहरूमा ट्रम्प प्रशासन विरोधी प्रदर्शन भएका हुन्। प्रदर्शनलाई 'नो किङ्स' नाम दिइएको छ। गत जुनमा 'नो किङ्स' भन्ने नारासहितको प्रदर्शन भएको थियो। शनिबारको प्रदर्शनलाई यसकै दोस्रो संस्करण भनिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शनिबार देशभरि २६ सय भन्दा बढी स्थानहरूमा प्रदर्शन र र्‍याली सम्पन्न भएका थिए। प्रदर्शनमा लाखौं मानिसहरूले सहभागिता जनाएका थिए भने प्रदर्शन शान्तिपूर्ण रूपमै सम्पन्न भएको भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्। न्यूयोर्कमा मात्रै एक लाखभन्दा बढी मानिसहरूले मार्च गरेको बताइएको छ। यस आन्दोलनका आयोजकहरूले यो प्रदर्शन लोकतन्त्र र नागरिक स्वतन्त्रताको संरक्षणका लागि गरिएको बताएका छन्। प्रदर्...
भट्टराईको प्रस्ताव : ओलीकै नेतृत्वमा महाधिवेशन, पूर्वघोषणा गरेर पद छाड्ने (पूर्णपाठ)
राजनीति, समाचार

भट्टराईको प्रस्ताव : ओलीकै नेतृत्वमा महाधिवेशन, पूर्वघोषणा गरेर पद छाड्ने (पूर्णपाठ)

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा ‘आजको संकट र पार्टी पुनर्गठन’ विषयक प्रस्ताव पेश गरेका छन् । जेनजी आन्दोलन, वर्तमान परिस्थिति, पार्टी नेतृत्व, महाधिवेशन लगायतका विषयमा उनले १६ पृष्ठ लामो प्रस्ताव पेश गरेका हुन् । उनले विभिन्न परिस्थिति केलाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहज रुपमा नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्न सुझाव दिएका छन् । उनले यसका लागि दुई वटा विकल्प पनि दिएका छन् । एक, तत्कालै पार्टीका वरिष्ठतम् नेतालाई कार्यबाहकको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व निर्वाचित गर्ने । दोस्रो, पार्टी अध्यक्ष कमरेडको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने । उनले महाधिवेशन मार्फत नेतृत्व हस्तान्तरणको पूर्वघोषणा ओलीले गर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने विकल्प सुझाएका हुन् । ‘यस...
नेकपा एमालेका अध्यक्ष ओलीले राजीनामा नदिने
राजनीति, विचार, समाचार

नेकपा एमालेका अध्यक्ष ओलीले राजीनामा नदिने

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने प्रष्ट पारेका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उनले बताएका छन् । ‘केही साथीले राजीनामा माग्नुभाछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिए,’ ओलीले भने, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ ।’ उनले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि बताए ।‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौंला । प्रतिनिधिहरूसँग फैसला मागौंला । पार्टीलाई तिक्तताका साथ अघि नबढाऔं । मित्रताका साथ जाऔं ।’...
मंसिर अन्तिममा महाधिवेशन गर्न महामन्त्री थापाद्वारा कार्यतालिका पेस
राजनीति, समाचार

मंसिर अन्तिममा महाधिवेशन गर्न महामन्त्री थापाद्वारा कार्यतालिका पेस

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर २७ गतेदेखि २९ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तावका रूपमा पेस गरेका छन् । असोज २६ गतेबाट पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार महामन्त्री थापाले यस्तो प्रस्ताव पेस गरेका हुन् । बैठकमा बोल्ने सदस्यहरूले १५ औँ नियमित अधिवेशन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।...
राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल जेनेभा प्रस्थान
राजनीति, समाचार

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल जेनेभा प्रस्थान

नेपालअखबार,काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका सङ्घको १५१औं महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन् । टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।...
एमाले केन्द्रीय कमिटी बैठक आज सकिने
राजनीति, समाचार

एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको दसौं बैठक शुक्रबार सकिँदैछ। ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा शुक्रबार बिहान ८ बजेबाट सुरू हुने बैठकमा १५० जना हाराहारी सदस्यहरूले बोल्न बाँकी छन्। यद्यपि ५० जनाभन्दा बढी सदस्यहरू अनुपस्थित छन्। बैठक आजै सक्नै कार्यसूची रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले धारणा राख्नेछन्। राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष ओलीले त्यसमाथि उठेका प्रश्नहरूको जबाफ दिनेछन्। जारी बैठकमा प्रतिनिधि सभा पुनःस्थापनाको माग छाडेर चुनावमा जानुपर्ने आवाज पनि उठिरहेको छ। तर प्रतिनिधि सभा पुनःस्थापनामार्फत् देशलाई संसदीय सर्वोच्चतामा फर्काउनुपर्ने आवाज पनि बलियो रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। त्...