Wednesday, August 12

राजनीति

राष्ट्रिय सभा अन्तर्गतका संसदीय समितिलाई चलायमान बनाइँदै
राजनीति, समाचार

राष्ट्रिय सभा अन्तर्गतका संसदीय समितिलाई चलायमान बनाइँदै

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका संसदीय समितिलाई चलायमान बनाइँदैछ । संसदीय विषयगत समितिको बैठक राख्न र जनसरोकारका विषयमा छलफल चलाउन राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नै अग्रसरता लिएका छन् । बुधबार राष्ट्रिय सभाका अध्यक्ष दाहाल, उपाध्यक्ष विमला घिमिरे, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालसहित संसदीय विषयगत समितिका सभापतिहरूको बैठक बस्दैछ । राष्ट्रिय सभा अन्तर्गत चार वटा समिति रहेका छन् । विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा कुमारी दाहाल, विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कमला देवी पन्त, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माया प्रसाद शर्मा र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा सोनाम गेल्जेन शेर्पा रहेका छन् । प्रतिनिधि सभा विघटन भएको छ । राष्ट्रिय सभाको चालू अधिवेशन समेत अन्त्य भएको छ । यो अवस्थामा संसदीय व...
राष्ट्रिय सभामा ३ वटा विधेयक बाँकी
राजनीति, समाचार

राष्ट्रिय सभामा ३ वटा विधेयक बाँकी

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभा विघटन भएसँगै संघीय संसद्‍मा विचाराधीन ३० वटा विधेयक निष्किृय भएका छन् । संविधानत: प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभामा उत्पति भएका र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेका दुवै खाले विधेयक निष्किृय हुन्छन् । तर, राष्ट्रिय सभामा उत्पति भएका र राष्ट्रिय सभामै रहेका विधेयक भने निष्किृय हुँदैनन् । विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीका अनुसार यस्ता विधेयकको संख्या पाँच वटा रहेका छ . राष्ट्रिय सभामा बाँकी रहेका विधेयक हुन-अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, चलचित्र विधेयक, पर्यटन विधेयक, सामाजिक सञ्जाल विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक । यी पाँचवटै विधेयक विधायन समितिमा रहेका छन् । विधायन समितिका सचिव गिरीका अनुसार राष्ट्रिय सभामा उत्पति भएर पारित भएर प्रतिनिधि सभामा सात वटा विधेयक पनि निष...
संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थाले
राजनीति, समाचार

संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थाले

नेपालअखबार,काठमाडौं । संसदीय विषयगत समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थालेका छन् । प्रतिनिधि सभा विघटन भएपछि उनीहरूले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गर्न थालेका हुन् । प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति छ । दुई वटा संयुक्त समिति छ । संयुक्त समितिमा समेत प्रतिनिधि सभा अन्तर्गतका सांसद नै सभापति थिए । १२ वटा विषयगत समितिका सभापतिमध्ये ६ वटा विष्यागत समितिका सभापतिले गाडी फिर्ता गरेका छन् । सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले गाडी फिर्ता गरेका थिए । त्यसपछि महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले गाडी फिर्ता गरे । नेकपा एमालेकी सचेतक सुनिता बरालले पनि गाडी फिर्ता गरिसकेकी छन् । अर्थ समितिका सभापति सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुश...
७५ वर्ष पुगे मोदी, ट्रम्पले फोन गरेर दिए शुभकामना, रुस–युक्रेन युद्धबारे पनि कुराकानी
राजनीति, विश्व, समाचार

७५ वर्ष पुगे मोदी, ट्रम्पले फोन गरेर दिए शुभकामना, रुस–युक्रेन युद्धबारे पनि कुराकानी

नेपालअखबार,काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ७५ औं जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन् । यो कुराको जानकारी ट्रम्प र मोदी दुवैले सामाजिक सञ्जालमार्फत् दिएका छन् । फोन वार्ताको क्रममा उनीहरुबीच रुस–युक्रेन युद्धबारे पनि कुरा भएको थियो । ट्रम्पले ट्रुथ सोशल सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमार्फत निकै राम्रो कुराकानी भयो । मैले उनलाई जन्मदिनको शुभकामना दिएँ । उनले राम्रो काम गर्दैछन् ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले अगाडि भनेका छन्, ‘नरेन्द्र, रुस र युक्रेनबीचको युद्ध अन्त्यको पहलमा सहयोग पुर्‍याएकोमा धन्यवाद ।’ त्यस्तै, प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत दुवै नेताबीचको संवादको विवरण सार्वजनिक गरेका छन् । मोदीले एक्समा लेखेका छन्, ‘मेरो मित्र राष्ट्रपति ट्रम्प, तपाईंको फोन कल र मेरो ७५औ...
इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि प्यालेस्टिनीहरूले छाड्न थाले घर
राजनीति, विश्व, समाचार

इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि प्यालेस्टिनीहरूले छाड्न थाले घर

नेपालअखबार, काठमाडौं । गजामा इसराइलले जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि त्यहाँबाट मानिसहरू भाग्न थालेका छन्। विश्वका अधिकांश देशहरूको विरोधका बाबजुद इसराइलको मन्त्रिपरिषद्ले गजामा जमिन र आकाशबाट आक्रमण तीव्र पार्ने र हमासलाई सधैँका लागि अन्त्य गर्ने निर्णय गरेको थियो। इसराइली रक्षामन्त्री इसराइल कात्जले गजा जलिरहेको भनेका छन्। सुरूवातमा गजाका बासिन्दाहरू इसराइलले बम हानिरहेपनि आफ्नो थातथलो छाडेर कतै नजाने बताउँदै आएका थिए। तर इसराइली सेनाले जमिन र आकाशबाट अन्धाधुन्ध आक्रमण गर्न थालेपछि मानिसहरू गजा सहर छाडेर भाग्न थालेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। कतारी टेलिभिजन नेटवर्क अलजजिराका अनुसार इसराइली हमलाबाट आइतबार मात्रै गजामा ९१ जनाको मृत्यु भएको छ। इसराइली सेनाले लगातार मानिसहरूलाई गजा छाड्न आह्वान गर्दै आइरहेको छ। पछिल्लो साता गजाका ठुल्ठूला ...
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
राजनीति, समाचार

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको जानकारी दिए । प्रतिनिधिसभा भने यसअघि नै विघटन भइसकेको छ ।...
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट
राजनीति, समाचार

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यदेश निर्वाचन गरेकाले त्यसमा सहयोगका लागि आग्रह गरेकी थिइन् । सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीको सन्देशमा नेपाल–भारतबीचको मित्रता र सहयोगको सम्बन्धलाई थप सुदृढ गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।राजदूत श्रीवास्तवले असल छिमेकीको...
कांग्रेसको सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरूको राजीनामा माग
राजनीति, समाचार

कांग्रेसको सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरूको राजीनामा माग

नेपालअखबार,काठमाडौं। नेपाली कांग्रेसका युवा नेताहरूको भेलाले पार्टी सभापति, पदाधिकारी र केन्द्रीय समिति सदस्यहरूको राजीनामा माग गरेको छ। नयाँ बानेश्वरमा आज नेता रञ्जित कर्णको संयोजकत्वमा भएको भेलाले अहिलेको केन्द्रीय कमिटी विघटन गरी तदर्थ समिति गठनको माग गरेको हो। भदौ २३ र २४ मा जेनजीको आन्दोलनपछि राजनीतिमा आएको फेरबदलले कांग्रेसभित्र सुधार र रूपान्तरणको बहस भइरहेको छ। यस्तो छ भेलाको निष्कर्ष; जेनजी युवाहरूको साहसले प्रारम्भ भएको भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाएका वीर नेपाली युवाहरू प्रति पुनः भावपूर्ण श्रध्दाञ्जलि व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र हाम्रा कलिला युवाहरूमाथि गोली प्रहार गरी ज्यान लिनेहरूमाथि छानबिन गरी संलग्न जो कोहीलाई पनि तत्कालै कारवाहीको माग गर्दछौं। ⁠पार्टी सभापति शेरबहादु...
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता

नेपालअखबार,काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा राष्ट्रियसभाका अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूबीच छलफल भएको थियो । यस्तै अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार...
महामन्त्री पद छाेड्न तयार छु : गगन थापा
राजनीति, समाचार

महामन्त्री पद छाेड्न तयार छु : गगन थापा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र आमूल सुधार आवश्यक रहेको बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत सोमबार सार्वजनिक गरेको प्रस्तावमा भदौ २३ र २४ गते जेन–जी युवाहरूको आन्दोलनपश्चात बनेको राजनीतिक परिस्थिति स्वीकार गर्दै समयमै निर्वाचन सम्पन्न गराउन सबैले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने बताए। उनले भने, “अन्तरिम सरकार गठन भैसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ र आवश्यक सहयोग गरौँ।” थापाले आन्दोलनका क्रममा राज्यद्वारा भएको दमनलाई अक्षम्य ठहर गर्दै छानबिन र दोषीलाई कानुनी कारबाहीको माग दोहोर्‍याए। साथै, आन्दोलनपश्चात भएको विध्वंस र आगजनीका दोषीलाई पनि कानुनी दायरामा ल्याउन निरन्तर दबाब दिन...