Wednesday, August 12

राजनीति

कांग्रेसको सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरूको राजीनामा माग
राजनीति, समाचार

कांग्रेसको सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरूको राजीनामा माग

नेपालअखबार,काठमाडौं। नेपाली कांग्रेसका युवा नेताहरूको भेलाले पार्टी सभापति, पदाधिकारी र केन्द्रीय समिति सदस्यहरूको राजीनामा माग गरेको छ। नयाँ बानेश्वरमा आज नेता रञ्जित कर्णको संयोजकत्वमा भएको भेलाले अहिलेको केन्द्रीय कमिटी विघटन गरी तदर्थ समिति गठनको माग गरेको हो। भदौ २३ र २४ मा जेनजीको आन्दोलनपछि राजनीतिमा आएको फेरबदलले कांग्रेसभित्र सुधार र रूपान्तरणको बहस भइरहेको छ। यस्तो छ भेलाको निष्कर्ष; जेनजी युवाहरूको साहसले प्रारम्भ भएको भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाएका वीर नेपाली युवाहरू प्रति पुनः भावपूर्ण श्रध्दाञ्जलि व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र हाम्रा कलिला युवाहरूमाथि गोली प्रहार गरी ज्यान लिनेहरूमाथि छानबिन गरी संलग्न जो कोहीलाई पनि तत्कालै कारवाहीको माग गर्दछौं। ⁠पार्टी सभापति शेरबहादु...
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता

नेपालअखबार,काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा राष्ट्रियसभाका अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूबीच छलफल भएको थियो । यस्तै अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार...
महामन्त्री पद छाेड्न तयार छु : गगन थापा
राजनीति, समाचार

महामन्त्री पद छाेड्न तयार छु : गगन थापा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र आमूल सुधार आवश्यक रहेको बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत सोमबार सार्वजनिक गरेको प्रस्तावमा भदौ २३ र २४ गते जेन–जी युवाहरूको आन्दोलनपश्चात बनेको राजनीतिक परिस्थिति स्वीकार गर्दै समयमै निर्वाचन सम्पन्न गराउन सबैले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने बताए। उनले भने, “अन्तरिम सरकार गठन भैसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ र आवश्यक सहयोग गरौँ।” थापाले आन्दोलनका क्रममा राज्यद्वारा भएको दमनलाई अक्षम्य ठहर गर्दै छानबिन र दोषीलाई कानुनी कारबाहीको माग दोहोर्‍याए। साथै, आन्दोलनपश्चात भएको विध्वंस र आगजनीका दोषीलाई पनि कानुनी दायरामा ल्याउन निरन्तर दबाब दिन...
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
राजनीति, समाचार

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

नेपालअखबार,काठमाडौं । सरकारले पर्सि (१ असोज)मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ । उनका अनुसार जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।...
सरकारले जेनजी स्मारक पार्क बनाउने
राजनीति, समाचार, समाज

सरकारले जेनजी स्मारक पार्क बनाउने

नेपालअखबार, काठमाडौं। सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने भएको छ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए । उनले सञ्‍चारकर्मीहरूसँग भने, ‘ जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय भउको छ। तर, ठाउँ अहिले यकिन भइसकेको छैन। ‘ हालसम्म जेनजी आन्दोलनको क्रममा  मृत्यु हुनेको संख्या ७२  पुगेको छ । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको सरकारको तथ्याङ्कमा उल्लेख छ। उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका ब...
जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिइने
राजनीति, समाचार

जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिइने

नेपालअखबार, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । क्षतिपूर्ति वापतको उक्त  रकम अर्थ मन्त्रालय मार्फत गृह वा सम्बन्धित जिल्ला प्रशासनबाट वितरण गरिने उनको भनाइ छ । गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ । आन्दोलका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउनका लागि सवारीसाधनको व्यवस्था पनि सरकारले मिलाउने उनले बताए । दुर्गमको हकमा भने हेलिकप्टर मार्फत ...
मनाङको प्रदेशसभा- २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने
प्रशासन, राजनीति, समाचार

मनाङको प्रदेशसभा- २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने

नेपालअखबार,काठमाडौं । मनाङको प्रदेश सभा क्षेत्र नम्बर २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सोमबार प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरेको छ । तर, मनाङको प्रदेश सभा क्षेत्र २ मा उपनिर्वाचन गर्ने विषयमा केही निर्णय भएको छैन । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले प्रतिनिधि सभा विघटन भएकोले प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरेको बताए । ‘तर, प्रदेशको हकमा अन्यथा निर्णय नभएकोले केही बोलिरहनुपरेन । मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ मै उपनिर्वाचन हुन्छ’ सूचना अधिकारी घिमिरेले भने । ४ मंसिर २०७९ मा सम्पन्न प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङे...
शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ
राजनीति, समाचार

शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ

नेपालअखबार,काठमाडौं । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् ।  प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि  शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो  ।आज चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो । आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् । आज तीन मन्त्रीहरू अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र कानुनमन्त्री  ओमप्रकाश अर्यालको शपथ भएको हो । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइए...
मन्त्री छनोटपछि असन्तुष्टि जनाउँदै सुदन गुरुङ समूहका जेनजीहरुले गएराति बालुवाटार अगाडि नाराबाजी
राजनीति, समाचार

मन्त्री छनोटपछि असन्तुष्टि जनाउँदै सुदन गुरुङ समूहका जेनजीहरुले गएराति बालुवाटार अगाडि नाराबाजी

नेपालअखबार,काठमाडौं । मन्त्री छनोटपछि असन्तुष्टि जनाउँदै सुदन गुरुङ समूहका जेनजीहरुले गएराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि नाराबाजी गरेका छन् । सो क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा नै माग्न भ्याए । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेत सहभागी भएर उनीहरुले नाराबाजी गरेका हुन् । सो क्रममा गुरुङले भने, ‘सबसे पावरफुल नेपाली जनता हो । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छौँ ।’ प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार राष्ट्रपतिले तीन मन्त्री नियुक्त गरेका थिए । जसको आज शपथ हुने भनिएकामा त्यसअघि गुरुङ समूहले आक्रोश पोख्दै नाराबाजी गरेको हो। विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्री बनाइएकोमा उनीहरुको आक्रोश देखिएको छ । यस्तै पूर्वअर्थसचिव रामेश्वर खन...
गाजाका आवासीय क्षेत्रहरूमा रहेका बहुतले भवन इजरायलको निशानामा
राजनीति, विश्व, समाचार

गाजाका आवासीय क्षेत्रहरूमा रहेका बहुतले भवन इजरायलको निशानामा

नेपालअखबार,रफाह । गत हप्तादेखि इजरायलले गाजाका आवासीय क्षेत्रहरूमा रहेका बहुतले भवनहरूलाई निशाना बनाएर हवाई आक्रमण गरिरहेको छ । सोहीअनुसार आइतबार इजरायलले गाजा सहरको तल अल–हवा क्षेत्रमा रहेको अल–कौथर टावरमा आक्रमण गरेको छ ।  हवाई आक्रमणमा सो भवनमा धेरै क्षति पुगेको छ । उक्त भवन हमासले प्रयोग गरिरहेको इजरायलको दाबी छ । सोही भवनबाट हमासका आतंककारीहरूले इजरायली सैनिकहरूमाथि निगरानी गर्ने र उनीहरूलाई हानी पुर्‍याउने योजना बनाइरहेको उसको आरोप छ । उक्त भवनमा जासुसी उपकरण र निगरानी चौकीहरू जडान गरिएको दाबी पनि इजरायलले गरेको छ । गाजा सहरमा आफ्ना गतिविधिहरूको लागि हमासले लामो समयदेखि आम मानिसहरू र उनीहरूका भवनहरूलाई ढालको रूपमा प्रयोग गरिरहेको इजरायलले बताउँदै आइरहेको छ । आम नागरिकलाई क्षति नपुगोस् भनेर अल–कौथर टावरमा हमला गर्नुअघि आफूहरूले चेतावनी दिएको इजरायली भनाइ छ । यो आक्रमणमा इजरायलले...