Sunday, August 2

राजनीति

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
राजनीति, समाचार

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरुले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताए। उनले भने, “राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ ।” त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुखदुःखको भएको धारणा राख्नुभयो । “वडाले सक्रिय जीवनपछि घरमा भएकालाई सार्वजनिक स्थलमा ल्याएर सम्मान गरेको छ”, झाले भने । समाजको वास्तविक स्वरुप, त्यस क्षेत्रमा ब...
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
राजनीति, समाचार

जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने जिकिर गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'जनभावना विपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौँ, किनकि जनता नै इतिहासका निर्माता हुन्।'...
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
राजनीति, विश्व, समाचार

निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण

नेपालअखबार, लेबनान । निकासी चेतावनी जारी गरेको केही समय पछि इजरायली सेनाले छापा मारी नबतीह शहर सहितका विभिन्न २० वटा स्थानहरूमा इजरायले आक्रमण गरेको लेबनानले रिपोर्ट गरेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली हवाई आक्रमणले नबातियाहबाट टाढा अवस्थित रिहान र सुजुड गाउँहरूसहित चेतावनी जारी गरिएका धेरै क्षेत्रहरूमा प्रहार गरेको बताएको छ । इजरायली सेनाले चेतावनीले जारी गर्दै बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर खाली गर्न र इजरायलसँगको दक्षिणी सीमाबाट करिब ४५ किलोमिटर टाढा जहरानी नदीको उत्तरमा जान आग्रह गरेको जनाइएको छ । इजरायली सेनाले गत महिना नदीको दक्षिणका सबै क्षेत्रलाई “युद्ध क्षेत्र“ घोषणा गरेको थियो । शुक्रबार राति एनएनएले अली ताहेर पाहाड नजिकै विस्फोट तथा गोलाबारी भएको रिपोर्ट गरेको छ । दक्षिण लेबनानमा आक्रमण गर्ने इजरायली सेना माथि आक्रमण जारी राखेको बताउदै हे...
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
राजनीति, समाचार

चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान

नेपालअखबार,काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावी परिणामलाई लिएर हार नमानेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चुनावमा सोचेजस्तो परिणाम नआए पनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए । उनले पछिल्लो निर्वाचन आफूहरूका लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो भएको धारणा राखे । जनताको विश्वास र माया आफूहरू नगुमाएको भन्दै उनले आगामी दिनमा जनताको विश्वासलाई नै शक्तिमा परिणत गर्ने बताए । उनले सदस्यता वितरण गर्नको लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।...
एमाले पार्टी पुनर्गठन : प्रदेशबाट सुझाव संकलन सुरु
राजनीति, समाचार

एमाले पार्टी पुनर्गठन : प्रदेशबाट सुझाव संकलन सुरु

नेपालअखबार, काठमाडौं । नेकपा एमालेले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव सङ्कलन सुरु गरेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव सङ्कलन गर्न कार्यदल गठन गरिएको हो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले शनिबार बागमती प्रदेश सङ्गठन कमिटीको समन्वयमा काठमाडौंबाट सुझाव सङ्कलन अभियान सुरु गरेको हो । बागमती प्रदेश सङ्गठन कमिटीको बैठक शुक्रबारदेखि सुरु भएको र बैठकपछि सुझाव सङ्कलनका लागि भेला आयोजना गरिएको उनले जानकारी दिए । गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौं बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । जेठ २६ गते पार्टी अध्यक्...
इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द
राजनीति, विश्व, समाचार

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मुजतबा खामेनेईले नयाँ सम्झौतालाई स्वीकृति दिएको दाबी गरेका छन्। यद्यपि, इरानले अहिलेसम्म यस दाबीको आधिकारिक पुष्टि गरेको छैन। ह्वाइट हाउसमा एक पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘नयाँ सम्झौताअनुसार इरानले कहिल्यै पनि आणविक हतियार नराख्ने कुरा स्वीकार गरेको छ र सम्झौता हुनासाथ होर्मुज स्ट्रेट पनि खोलिनेछ। यसअघि ट्रम्पले शुक्रबार इरानमाथि भीषण बमबारी गर्ने र उसको तेल निर्यातको मुख्य केन्द्र खार्ग टापु कब्जा गर्ने धम्की दिएका थिए। त्यसपछि उनले सामाजिक सञ्जालको पोस्टमा अमेरिकाले इरानविरुद्धका नयाँ हवाई हमला र बमबारी रद्द गरेको बताएका छन्। उनले निर्णय परिवर्तन गर्नुको कारण इरानी नेतृत्वसँगको वार्ता सर्वोच्च स्तरमा पुग्नु रहेको बताए। यद्यपि, ट्रम्पले सम्झौता पूर्ण रूपमा तय नभएसम्म होर्मुज जलसन्धिमा अमेरिकी न...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र  शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवलयले जनाएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।...
नेपाल-अमेरिका संसदीय मैत्री समूह पुनर्गठन प्रक्रिया अगाडि बढेको छ : सभामुख अर्याल
राजनीति, समाचार

नेपाल-अमेरिका संसदीय मैत्री समूह पुनर्गठन प्रक्रिया अगाडि बढेको छ : सभामुख अर्याल

नेपालअखबार,काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले नेपालसँग दीर्घकालीन सहयोगात्मक सम्बन्धप्रति अमेरिका प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँगको शिष्टाचार भेटमा कार्यवाहक राजदूत स्कटले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति अमेरिकाको प्रतिबद्धता पुनः व्यक्त गरेका हुन् । उनले लोकतान्त्रिक मूल्य, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताएको पनि सभामुखको सचिवालयले जनाएको छ । भेटका क्रममा सभामुख अर्यालले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि पारस्परिक सम्मान, विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ, सौहार्दपूर्ण र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको उल्लेख गर...
कुनै पनि छानबिनको सामना गर्न तयार छु : अर्थमन्त्री वाग्ले
राजनीति, समाचार

कुनै पनि छानबिनको सामना गर्न तयार छु : अर्थमन्त्री वाग्ले

नेपालअखबार, काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा भएका भनिएका त्रुटि र करका दर परिवर्तनका विषयमा कुनै पनि छानबिनको सामना गर्न आफू तयार रहेको बताएका छन् । बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले मानवीय र प्राविधिक त्रुटिलाई नीतिगत भ्रष्टाचारको रूपमा व्याख्या नगर्न आग्रह गरे । छानबिन समितिको मागका बारेमा बोल्दै मन्त्री वाग्लेले भने, ‘यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ, म त्यसलाई पूर्ण रूपमा स्वागत गर्छु । मन्त्रालय र भन्सारको छविका लागि पनि यो आवश्यक हुन सक्छ।’ मन्त्री वाग्लेले जेठ १५ गतेको बजेटका लागि कर्मचारी साथीहरू अघिल्लो रात नसुती बिहान ४–५ बजेसम्म अन्तिम मस्यौदा तयार गर्दा साना प्राविधिक त्रुटिहरू हुनु स्वाभाविक भएको बताए । उनले गत वर्ष ७३ वटा दरहरू परिवर्तन ग...
खुस्बु ओलीको जिकिर– आयातित सवारीमा २० प्रतिशतसम्म राजश्व हिनामिना, राज्यलाई ५ अर्ब बढी घाटा
राजनीति, समाचार

खुस्बु ओलीको जिकिर– आयातित सवारीमा २० प्रतिशतसम्म राजश्व हिनामिना, राज्यलाई ५ अर्ब बढी घाटा

नेपालअखबार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीहरूमा २० प्रतिशत राजश्व हिनामिना भएको जिकिर गरेकी छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी छन् । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, सचिव घनश्याम उपाध्यायसहित मन्त्रालय र भन्सार विभागका कर्मचारीहरू समेत छन् । आर्थिक विधेयकमा करको दर हेरफेर भएको र करका देर हेरफेरको सूचना चुहावट गरेको विषयमा जवाफ माग गर्दै ओलीले आयातित सवारीहरूमा २० प्रतिशतको राजश्व हिनामिना भएको बताएकी हुन् । उनले भनेकी छन्, ‘७/८ सिटको गाडीलाई ११ सिटको कायम गरी त्यसमा फोल्डिङको अमान्य सिटहरूलाई पनि मान्य गरी ७/८ सिटको लागि लाग्ने ३० प्रतिशतको भन्सारको सट्टा ११ सिटका लागि लाग्ने १० प्रतिशत भन्सार कायम गरी २० प्रतिशत भन्सार हिनामिना गरेको पाइएको छ ।’ यस्तै ११ देखि १४ सिटक...