Tuesday, April 28

राजनीति

मेचीदेखि महाकालीसम्म हाम्रो पार्टीकै लहर चलेको छ : माधव नेपाल
राजनीति, समाचार

मेचीदेखि महाकालीसम्म हाम्रो पार्टीकै लहर चलेको छ : माधव नेपाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गरे । युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको पनि जिकिर गरे । ‘चुनावमा जनताले जिताउन चाहेका छन् नेपाली कम्युनिस्ट पार्टीलाई । सबैभन्दा ठूलो नम्बर एक पार्टीको रुपमा यसलाई विजयी बनाउनका लागि मेचीदेखि महाकालीसम्म एउटा अभियान चलिरहेको छ । लहर चलिरहेको छ,’ नेपालको दाबी छ ।सहसंयोजक नेपालले जेनजी पुस्ताको भावनाअनुसार आफूहरू अघि बढिरहेको पनि दाबी गरे ।...
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने
राजनीति, विश्व, समाचार

युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने

नेपालअखबार,दाभोस । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका, रुस र युक्रेनबिच संयुक्त अरब इमिरेट्स (यूएई) मा त्रिपक्षीय वार्ता हुने भएको छ। स्विट्जरल्याण्डको दाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसको पुष्टि गरेका हुन्। कूटनीतिक सक्रियता बढेसँगै ट्रम्पले जेलेन्स्कीसँगको भेट सकारात्मक भएको बताएका छन् भने अमेरिकी विशेष दूत स्टिभ विट्कोफ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न मस्को प्रस्थान गरेका छन्। ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहित मस्को जान लागेका विट्कोफले सम्झौताप्रति आफू आशावादी रहेको बताएका छन्। दाभोस छोड्नुअघि उनले अब एउटा मात्र मुख्य विषय सुल्झाउन बाँकी रहेको र त्यो समाधानयोग्य रहेको दाबी गरे। विट्कोफले बाँकी रहेको विवादित बुँदाबारे विस्तृत जानकारी नदिए पनि जेलेन्स्कीले पछि उक्त विषय पूर्वी ...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने
राजनीति, समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए। कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई अनुरोध गरिएको छ ।...
राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
राजनीति, समाचार

राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

नेपालअखबार,काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउने कार्यसूची रहेको छ । त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न अध्यादेशहर...
प्रतिनिधि सभा निर्वाचन आउन ४१ दिन बाँकी, आज चुनाव चिह्न वितरण
प्रशासन, राजनीति, समाचार

प्रतिनिधि सभा निर्वाचन आउन ४१ दिन बाँकी, आज चुनाव चिह्न वितरण

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका  लागि उम्मेदवारी दिएका उम्मेदवारले आज निर्वाचन चिह्न पाउँदैछन् । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरेपछि निर्वाचन चिह्न वितरणको कार्यक्रम छ । निर्वाचन तालिका अनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।  यस्तै आजै दिनको १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली  प्रकाशन गरिनेछ । त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । २१ फागुनमा हुने प्रत्यक्षतर्फ निर्वाचनका लागि माघ ६ गते देशैभर उम्मेदवारी दर्ता गरिएको थियो ।  माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यसपछि विहीबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको थियोे । देशभरका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८६ उम्मेदवारी दर्ता भएको थि...
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
राजनीति, समाचार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ माथि छलफल हुनेछ ।
पत्रकारिताको कलमसँगै जनताको आवाजलाई राजनीतिमार्फत बोक्न तम्सिएका इकवाल
राजनीति, समाचार

पत्रकारिताको कलमसँगै जनताको आवाजलाई राजनीतिमार्फत बोक्न तम्सिएका इकवाल

नेपालअखबार,सुनसरी । पत्रकारिता पेशामा तीन दशक विताईसकेका सुनसरीका चर्चित पत्रकार इकवाल अहमदले सुनसरी क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन । उनले उम्मेदवारीसँगै जनतासँगको भेटघाट र आफ्नो पत्रकारिताको यात्रालाई पनि अगाडि बढाईरहेका छन । सक्रिय पत्रकारितमा रहेका अहमदको उम्मेदवारीसँगै उनको विषयमा चर्चा परिचर्चा गर्न थालेका छन । उनको उम्मेदवारीलाई लिएर पक्ष र विपक्षी दुबै रुपमा बहस सुरु भएको छ । आखिर जिल्लाकै चर्चित पत्रकार जो सधै जनताको पक्षमा कलम चलाउने किन राजनीतिमा होमिनु प¥यो ? यसको जवाफमा इकवाल भन्छन, ‘३० वर्षदेखि निरन्तर सुनसरीका जनताको आवाज बने, उनीहरुको पक्षमा कमल चलाएर राज्यका निकायहरुलाई घच्घचाए र बेथिति, भ्रष्चाटार विरुद्ध कलम चलाए तर राजनीतिक शक्तीका कारण सबै प्रयासहरु सबै सफल हुन सकेनन । त्यसैले पत्रकारितासँगै राजनीतिक शक्तिले मात्रै समाज र मुलुक परिवर्तन गर्न स...
फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले
राजनीति, विचार, समाचार

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

नेपालअखबार, कैलाली। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्रामका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज फाप्ला स्पोट्र्स क्लबको आयोजनामा आयोजित स्वागत कार्यक्रममा बोल्दै नेता आलेले धनगढीलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्न फाप्ला खेल मैदानलाई आधुनिक पूर्वाधारसहितको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र बहुउद्देश्यीय खेलग्राम बनाइने बताउनुभयो । उहाँले खेलकुद विकासले युवालाई अनुशासित, सक्षम र आत्मनिर्भर बनाउने भएकाले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “धनगढी क्रिकेटको सहरका रूपमा परिचित हुँदै गएको छ । यही पहिचानलाई अझ मजबुत बनाउन फाप्ला खेल मैदानलाई अन्तर्र...
उच्चस्तरीय चिनियाँ टोली नेपाल आउँदै
राजनीति, समाचार

उच्चस्तरीय चिनियाँ टोली नेपाल आउँदै

नेपालअखबार, काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल भ्रमणमा आउने भएको छ । उक्त टोली बिहीबार नेपाल आउन लागेको हो । उक्त उच्चस्तरीय टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनाएको छ । जेनजी आन्दोलनपछि चीनबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषयमा बुझ्न यो टोली नेपाल आउन लागेको बताइएको छ । झेङ नेपाल मामिलाका जानकार हुन् । विभिन्न उच्चस्तरीय भ्रमणमा नेपाल आइसकेकी उनी यस पटक भ्रमण टोलीको नेतृत्व गरेर नै नेपाल आउन लागेकी हुन् ।...
उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
राजनीति, समाचार

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको...