Sunday, August 2

राजनीति

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
राजनीति, समाचार

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्ने वित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । सिंहदरबारस्थित संसद् भवनमा सुरु बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेपछि अहिले कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले आफ्नो विरोधबारे बोलिरहेका छन् ।...
इरानलाई ट्रम्पको चेतावनी- सम्झौता कार्यान्वयन नभए नराम्ररी बम बर्साउनेछौं
राजनीति, विश्व, समाचार

इरानलाई ट्रम्पको चेतावनी- सम्झौता कार्यान्वयन नभए नराम्ररी बम बर्साउनेछौं

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता कार्यान्वयन गर्न चेतावनी दिएका छन्। इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेपछि बुधबार फ्रान्समा पत्रकाहरूसँग कुराकानी गर्दै ट्रम्पले सम्झौता कार्यान्वयन नगरे फेरि सैन्य हमला गर्ने चेतावनी दिएका हुन्। 'यदि उनीहरूले सम्झौता उल्लंघन गरे भने हामी उनीहरूमाथि नराम्ररी बम बर्साउनेछौं। म त्यो चाहन्नँ। म उनीहरूले सम्झौताको सम्मान गरून् भन्ने चाहन्छु,' ट्रम्पले भने। इरानको व्यवहार मन नपरेको खण्डमा पनि फेब्रुअरी २८ दोहोरिन सक्ने उनले बताए। 'यदि मलाई मन परेन वा उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी फेरि उनीहरूको टाउकोमाथि बम खसाल्न फर्किनेछौं,' उनले भने। इरानलाई चेतावनी दिएपछि भने ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेर इरानले बुद्धिमानी काम गरेको पनि बताए। हस्ताक्षरपश्चात आगामी ६० दिनभित्र हुने ...
राष्ट्रपति कार्यालय पुग्यो वैकल्पिक विकास वित्त परिचालन विधेयक
राजनीति, समाचार

राष्ट्रपति कार्यालय पुग्यो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नेपालअखबार, काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रपतिको कार्यालय पुगेको छ । प्रमाणीकरणका लागि सभामुख डिपी अर्यालले यो विधेयक राष्ट्रपति कार्यालय पठाएका हुन् । यो विधेयकले विदेशी नागरिक समेत वैकल्पिक विकास वित्त परिचालन कोषको प्रमुख कार्यकारी अधिकृत हुन सक्ने बाटो खोलेको छ । तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ल्याएको यो विधेयक हालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघि बढाएका हुन् ।प्रतिनिधिसभाले गत जेठ २ गते पारित गरेर प्रतिनिधिसभाले राष्ट्रिय सभामा पठाएको थियो । अर्थ विधेयकको रुपमा अगाडि बढाएको यो विधेयक राष्ट्रिय सभाले प्राप्त भएको १५ दिन भित्र सुझावसहित पारित गरेर प्रतिनिधिसभामा पठाउनुपर्ने थियो । तर, राष्ट्रिय सभाले समयमै विधेयक पारित गर्न सकेन । राष्ट्रिय सभाले समयमै पारित गरेर नपठाएपछि प्रतिनिधिसभाले जेठ २७ गते पुन: पारित गरे...
प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैँ । प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद भवनमा बिहान ११ बजे बैठक बस्ने भएको छ। आजको  बैठकमा मन्त्रालयगत बजेटको छलफलका क्रममा उठेका प्रश्नहरूको जबाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ। युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय,  भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैंगिक तथा यौनिक अलपसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफल क्रममा उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीले जबाफ दिनेछन्।...
अमेरिकी उपराष्ट्रपतिले भने– भनेको माने इरानलाई धेरै फाइदा हुनेछ
राजनीति, विश्व, समाचार

अमेरिकी उपराष्ट्रपतिले भने– भनेको माने इरानलाई धेरै फाइदा हुनेछ

नेपालअखबार, काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आफ्ना सबै दायित्वहरू इमान्दारीपूर्वक पूरा गरे अमेरिका इरानलाई पुनः विश्व अर्थतन्त्रमा फर्काउने बाटो खोल्न तयार रहेको बताएका छन् । प्रारम्भिक समझदारीका प्रावधानबारे बोल्दै उनले इरानलाई पुनः विश्व अर्थतन्त्रमा फर्काउने बाटो खोल्न तयार रहेको बताएका हुन् । ‘फक्स न्युज’ को एक कार्यक्रममा उपराष्ट्रपति भान्सले इरानका साथ ट्रम्प प्रशासनको सम्झौताको तुलना पूर्वराष्ट्रपति बराक ओबामाको शासनमा भएको सम्झौतासँग चुलना गरे । ओबामाको शासनकालमा इरानसँग भएको सम्झौता नराम्रोसँग असफल भएको र अहिलेको सम्झौता त्योभन्दा बिल्कुलै विपरित रहेको उनको भनाइ छ । ‘ओबामाको पालाको सम्झौता र अहिलेको सम्झौताबीचको मुख्य फरक भनेको यसअन्तर्गत इरानले परमाणु हतियार बनाउन सक्दैन,’ अमेरिकी उपराष्ट्रपति भन्सले भने, ‘युरेनियम संवर्द्धन गर्न सक्दैन र त्यसको भण्डारणस...
हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा
राजनीति, विश्व, समाचार

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

नेपालअखबार, काठमाडाैँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुनः सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार देखि तेल र ग्यासका लागि महत्वपूर्ण ढुवानी मार्ग मानिने हर्मुज “पूर्ण रूपमा खुला“ हुने जनाउदै जलमार्गबाट आवागमन सुनिश्चित गर्न अझै “खोजी“ भइरहेको बताए। ट्रम्पले जापान लगायत विश्वव्यापी सहयोगीहरूलाई स्टेट अफ हर्मुज खोल्न मद्दत गर्न यस क्षेत्रमा युद्धपोत पठाउन दबाब दिए। यस विषयमा हाल सम्म कुनै निर्णय नगरिएको जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले मङ्गलबार बताए। कोइजुमीले सहयोगी अमेरिकासहित सम्बन्धित देशहरूसँग नजिकबाट परामर्श गरी परिस्थितिको सावधानीपूर्वक मूल्याङ्कन र अन्तर्राष्ट्रिय कानूनको आवश्यक उपायहरू बारे विचार गर्न चाहेको बताए। गत अप्रिलमा, सत्तारूढ लिबरल ...
क्षेत्रीय स्थिरताको अवसर भन्दै इरान-अमेरिका सम्झौताको युरोपमा स्वागत
राजनीति, विश्व, समाचार

क्षेत्रीय स्थिरताको अवसर भन्दै इरान-अमेरिका सम्झौताको युरोपमा स्वागत

नेपालअखबार, काठमाडौं । इरान र अमेरिकाबीच हुन गइरहेको  शान्ति सम्झौताबारे  ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । उनीहरूले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूका साथ मिलेर ‘अवसरको पूरा लाभ उठाउन’ का लागि काम गर्ने बताएका छन् । ई–४ समूहको नामले चिनिने देशहरूले भनेका छन्, ‘हामी यो कूटनीतिक सफलताका लागि अमेरिका, इरानी सरकार र यसमा सहभागी सबै पक्षलाई बधाई दिन्छौं । जसमा पाकिस्तान, कतार र अन्य सबै मध्यस्थकर्ता सामेल छन् ।’ अमेरिका र इरानबीच हुन गइरहेको शान्ति सम्झौता क्षेत्रीय स्थिरता बहाल गर्न र वैश्विक अर्थव्यवस्थालाई स्थिर गर्ने अवसर भएको उनीहरूको भनाइ छ । ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले सम्झौतालाई तीव्रताका साथ पूर्णतया लागू गर्न अपिल पनि गरेका छन् ।‘स्ट्रेट अफ होर्मुज तत्काल खोल्न र बिना कुनै शर्त र प्रतिबन्ध जहाज तथा जलयातायातको स्...
संघीय संसदको दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसदको दुवै सदनको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्न लागेको हो। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ। सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ। कार्यसूचीअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुनेछ। त्यसैगरी राष्ट्रियसभाको बै...
इरानको सम्पत्ति फुकुवादेखि पुनर्निमार्णका लागि ३०० अर्ब डलर दिनेसम्मका प्रस्ताव, के छ १४ बुँदामा?
राजनीति, विश्व, समाचार

इरानको सम्पत्ति फुकुवादेखि पुनर्निमार्णका लागि ३०० अर्ब डलर दिनेसम्मका प्रस्ताव, के छ १४ बुँदामा?

नेपालअखबार,काठमाडौँ । अमेरिका र इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भएको छ। दुई देशबीच आगामी शुक्रबार स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले पनि ट्रुथ सोसलमा लेखेका छन्। प्रारम्भिक सम्झौतापत्र १४ बुँदाको रहेको इरानी समाचार संस्था मेहर न्युजले लेखेको छ। मेहरलाई उद्धृत गर्दै रोयटर्स, एपी लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पनि सहमतिका बुँदाहरू सार्वजनिक गरेका छन्। वार्ता टोली निकट स्रोतका अनुसार मस्यौदामा लेबनानसहित सबै मोर्चामा युद्ध तत्काल र स्थायी रूपमा अन्त्य गर्ने व्यवस्था छ। साथै अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र इरानको सार्वभौमिकताको सम्मान गर्ने प्रतिबद्धता जनाउने उल्लेख गरिएको छ। प्रस्तावअनुसार अमेरिकी नौसैनिक नाकाबन्दी ३० दिनभित्र हटाइनेछ भने इरान वरपर तैनाथ अमेरिकी सैन्य बलहरू पनि फिर्ता गर...
इरानसँग आइतबार सम्झौतामा हस्ताक्षर हुने ट्रम्पको दाबी
राजनीति, विश्व, समाचार

इरानसँग आइतबार सम्झौतामा हस्ताक्षर हुने ट्रम्पको दाबी

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेखेर ट्रम्पले अमेरिकी समयअनुसार आज हस्ताक्षर हुने दाबी गरेका हुन्। 'सम्झौतामा भोलि हस्ताक्षर हुने तालिका छ। हस्ताक्षर हुनेबित्तिकै हर्मुज जलमार्ग सबैका लागि खुला हुनेछ,' ट्रम्पले शनिबार राति ट्रुथ सोसलमा लेखेका छन्। उनले इरानले अब आणविक हतियार नचाहेको र कुनै पनि माध्यमबाट त्यस्तो क्षमता हासिल  गर्न नपाउने दाबी गरे। उनले अमेरिका–इरान सम्बन्ध अघिल्ला प्रशासनको तुलनामा राम्रो भएको दाबी समेत गरे। 'ओबामाले जस्तो सयौं अर्ब डलर नगद इरानलाई दिइने छैन। कुनै रकम आदानप्रदान हुने छैन,' उनले भनेका छन्। इरानको बाँकी रहेका आणविक भट्टीहरू अमेरिकी बी-२ बमबर्षक विमानबाट ध्वस्त पारिने पनि बताएका छन्। इरानसँग भएको ४०० किलो उच्च प्रश...