Friday, August 14

राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
राजनीति, समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपालअखबार,काठमाडौँ  । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको छ । यसअघि कांग्रेसले असार १५ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो । सत्तारुढ दल कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४ गते बुधबारका दिन बैठक बोलाइएको छ ।...
मिश्रको थुनछेक बहस सकियो
प्रशासन, राजनीति, समाचार

मिश्रको थुनछेक बहस सकियो

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको मुद्दामा थुनछेक बहस सकिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका हुन् ।  सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए । उनीहरुले धरौटी समेत माग नगरी साधारण तारेखमा छाड्न माग गरेका छन् । सुनुवाइ सकिएकाले आदेश लेखनमा इजलास जुटेको छ । थुनछेक बहसको अन्तिममा मिश्रले आफ्नो भनाइ राखेका थिए । उनले आफ्नी ८२ वर्षीया आमाको कसम खाँदै राज्यविरुद्धको कसुर नगरेको दाबी गरेका हुन् । आमाको हेरचाह गर्नुपर्ने भएकाले आफू भागेर कतै नजाने पनि जिकिर उनले गरे । उनले यसअघि गत वैशाख १० गते जिल्ला र जेठ २ गते सर्वोच्चमा आमाको कसम खाएका थिए । तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अद...
प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित
राजनीति, समाचार

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

नेपालअखबार,काठमाडौँ । प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । पछि साढे चार बजे बस्ने गरी सूचना टाँस गरिएको थियो । तर, सो समयमा पनि बैठक नबसेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । दलहरूबिच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन् । यसअघि सभामुख र पाँच दलका प्रमुख सचेतकबिचको छलफल पनि विना निष्कर्ष सकिएको थियो । सभामुख देवराज घिमिरेले बुधबार सहमतिका लागि गृहकार्य गर्न समय दिएको सचिवालयले जनाएको छ ।...
बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला
राजनीति, समाचार

बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मन्त्री र नेताका बुवाआमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको जिकिर गरे। दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहँदा त्यतातिर सरकारले ध्यान नदिएको आरोप लगाए सांसद ज्वालाले। कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेको टिप्पणी गरे। साथै उनले केन्द्र सरकारमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको बताउँदै बजेट छरपस्ट रूपमा वितरण गरिएको बताए। उनले भने, ‘यो बजेटलाई सरकारका मन्त्रीहरूले ...
५० लाख धरौटी बुझाएर छुटे बागमती नगरपालिकाका निलम्बित मेयर
राजनीति, समाचार

५० लाख धरौटी बुझाएर छुटे बागमती नगरपालिकाका निलम्बित मेयर

नेपालअखबार, सर्लाही।  सर्लाहीको बागमती नगरपालिकामा भरत ताल निर्माण गर्दा वन मुद्दा लागेका मेयर भरतबहादुर थापा ५० लाख धरौटी बुझाएर रिहा भएका छन्। वन ऐन अनुसार जिल्ला अदालत सर्लाहीमा उनीविरूद्ध मुद्दा दायर भएको थियो। उक्त मुद्दाका लागि मेयर थापा आइतबार अदालतमा उपस्थित भएका हुन्। थुनछेक भएर उनलाई ५० लाख धरौटी माग गरिएको जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए। उनका अनुसार थापाले उक्त धरौटी बुझाएर छुटिसकेका छन्। अनुमति नलिइकन नै वनमा अवैध ढुंगा गिट्टी निकालेर क्षति पुर्‍याएको आरोपमा उनीविरूद्ध एक अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ बिगो मागदाबी गरिएको थियो। थापाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि विशेष अदालतमा विभिन्न मुद्दा दायर गरेको थियो। भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी निलम्बित छन्।  ...
दुई वर्ष पूरै निर्वाचनको तयारीमा लाग्ने र बहुमत हासिल गरेर देशको नेतृत्व गर्ने : नारायणकाजी
राजनीति, समाचार

दुई वर्ष पूरै निर्वाचनको तयारीमा लाग्ने र बहुमत हासिल गरेर देशको नेतृत्व गर्ने : नारायणकाजी

नेपालअखबार,काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ सालको निर्वाचनमा बहुमत हासिल गरेर माओवादीको सरकार बनाउने दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा श्रेष्ठले दुई वर्ष पूरै निर्वाचनको तयारीमा लाग्ने र बहुमत हासिल गरेर देशको नेतृत्व गर्ने बताए । चुनाव अहिले शान्तिपूर्ण कार्यभारको महत्वपूर्ण पक्ष भएको बताउँदै श्रेष्ठले भने, ‘२०८४ मा बहुमतको सरकार बनाएर यो देशलाई फेर्ने, फेरिछाड्ने अभियानमा हामी लाग्छौं । हामी दावाका साथ भन्छौं, २०८४ मा बहुमतको सरकार माओवादीको, त्यसपछि सामाजिक, आर्थिक रुपान्तरण तीव्र पारिन्छ, फड्कोमा पुर्याइन्छ, समृद्ध नेपाल बनाइन्छ, त्यसको प्रतिफल आम जनतालाई दिइन्छ र समाजवादको आधार तयार पारिन्छ ।’ महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाउने र निर्वाचनमा होमिने उनको भनाइ छ । ‘विधानमा हाम्रो केन्द्...
आज प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

आज प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनेछन् । यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि लामो समयदेखि प्रतिनिधि सभा प...
नागरिकलाई सुरक्षित यातायात सेवा दिनु सबैको साझा जिम्मेवारी : सभापति देउवा
राजनीति, समाचार

नागरिकलाई सुरक्षित यातायात सेवा दिनु सबैको साझा जिम्मेवारी : सभापति देउवा

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यातायात व्यवसायीको हकहितको सुरक्षा र आम नागरिकलाई सुरक्षित र भरपर्दो  यातायात सेवा दिनु सबैको साझा जिम्मेवारी रहेको बताएका छन् । आइतबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यातायात क्षेत्रका समस्याको समाधानका लागि व्यवसायीहरूको एकता, प्रयास र सहकार्य अपरिहार्य रहेको बताएका हुन् उनले भने, ‘यातायात व्यवसायीको हकहितको सुरक्षाका साथै आम नागरिकमाझ भरपर्दो र सुरक्षित यातायात सेवा उपलब्ध गराउनु हाम्रो साझा दायित्व हो । यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ यहाँहरूको एकताबद्ध, प्रयास र सहकार्य अत्यन्त महत्त्वपूर्ण हुनेछ । लोकतान्त्रिक मूल्य मान्यतामा आस्थावान् ठुलो संगठनमा रहनुभएका यातायात व्यवसायी साथीहरूको हक, हि...
संघीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
राजनीति, समाचार

संघीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

नेपालअखबार, काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन २०८२ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताए। ‘दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ,’ सभापति खतिवडाले भने। प्रतिनिधिसभाको अर्को बैठक यही असार २ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ।...
भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गरियोस् : राजेन्द्र पाण्डे
राजनीति, समाचार

भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गरियोस् : राजेन्द्र पाण्डे

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘गृहमन्त्रीले ३० दिनभित्र छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । भित्र भनेको हो । यसकारण ३ दिनभित्रै गरियोस्’ उनले भने । सरकार भिजिट भिसामा छानबिन गर्न तयार भएपछि सदन खोल्न सहमत भएको पनि उनको प्रष्टीकरण छ । ‘प्रतिपक्षी दलहरूमध्ये एउटा दल नाराबाजीमा छ’ उनले स्मरण गरे । उनी अगाडि भन्छन्, ‘भिजिट भिसा प्रकरणको माध्यमबाट मानव तस्करी भयो । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन मुछियो भनेर हामी पनि ३० गतेसम्म संसद्मा अवराधकै अवस्था बन्यो । छानबिनका लागि सरकार तयार भएपछि सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।’ सहमति अनुसार सरकारले छानबिन छिट्टै सुरु गर्नुपर्ने उनले ब...