Friday, August 14

राजनीति

कांग्रेसको निर्णय भूमि विधेयकका केही बुँदा संशोधन गर्ने
राजनीति, समाचार

कांग्रेसको निर्णय भूमि विधेयकका केही बुँदा संशोधन गर्ने

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानुन बमोजिम जग्गा खरिद गर्नसक्ने तर बिक्री वितरण गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । भूमि सम्बन्धी ऐनको आठौँ संशोधनमा देखिएका कानुनी अप्ठ्याराहरू समाधान र केही विषयहरू थप गर्ने विषयमा समेत छलफल भएको बताए । ‘अव्यवस्थित बसोबास, भूमिहीन सुकुमवासी र दलित सुकुमवासीको विषयमा हामीले सम्बोधन गर्नुपर्ने स्थिति देख्यौँ । तर त्यसमा कतिपय ठाउँमा बन बुट्यान भनेर लेखिएको छ, कतिपय ठाउँमा हाट बजार भनेर लेखिएको छ । यस्ता थुप्रै समस्याहरू प्रस्तावित विधेयकमा रहेछन्,’ उनले भने, ‘त्यस्तो खालि भएको जग्गामा सुकुमवासीलाई पनि बसाउन सकिने र त्यसमा २०६६ सालभन्दा अगाडि बसोवास गरिहेकाहरूलाई उनीहरूको...
परराष्ट्रमन्त्री र जाइका अध्यक्षबीच भेटवार्ता
राजनीति, समाचार

परराष्ट्रमन्त्री र जाइका अध्यक्षबीच भेटवार्ता

नेपालअखबार,काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा शुक्रबार भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । भेटका क्रममा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् । मन्त्री राणाले पछिल्लो समयमा नागढुङ्गा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पु...
पहाड र हिमाली क्षेत्रमा एकृकिरत वस्ति बसाउ सरकारले  जोड्दिनु पर्छ : उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिकासभापति  खान
राजनीति, विचार, समाचार

पहाड र हिमाली क्षेत्रमा एकृकिरत वस्ति बसाउ सरकारले जोड्दिनु पर्छ : उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिकासभापति खान

नेपालअखबार,काठमाडौँ ।  सरकारले पहाड र हिमाली क्षेत्रमा एकृकिरत वस्ति बसाउ जोड्दिनु पर्छ केबल तराइमा मात्रै बसाइ सराइ भविष्यमा संकट पैदा हुने प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सभापति तथा सांसद् अब्दुल खानले बताउनु भयो । सरकारले पहाड र हिमाली क्षेत्रमा एकृकिरत वस्ति बसाउ जोड्दिनु पर्छ केबल तराइमा मात्रै बसाइ सराइ भविष्यमा संकट पैदा हुने छ । संविधानको भावना अनुसार गरिव जनतालाई सरकारले गास,वास, रोजगारको व्यासंस्था गर्नू पर्छ । सुकुम्बासिहरुलाई सरकारले घर पनि बनाइ दिनु पर्छ तर तराइ मधेशबाट मानिसहरुलाई पहाड र हिमाली क्षेत्रमा एकृकित वस्ति र शहर विकास गर्नु पर्छ । खेति योग्य जनिममा वस्ति विकास हुदै जदा हाम्रो देशमा खाध्य संकट पैदा हुने हुदा समयमा नै सरकार सचेत हुन जरुरी रहेको बताउनु भयो । हाम्रो वन क्षेत्र भएको भूगोललाई संरक्षण गर्नू पर्छ । प्रतिनिधी सभा बैठकमा ...
ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई लगायो विदेशी विद्यार्थी भर्नामा रोक
राजनीति, विश्व, समाचार

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई लगायो विदेशी विद्यार्थी भर्नामा रोक

नेपालअखबार,काठमाडौँ । अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार खोसेको छ। बिहीबार ट्रम्प प्रशासनका गृहमन्त्री कृष्टि नोयमले विश्वविद्यालयलाई पत्राचार गर्दै विदेशी विद्यार्थी भर्ना अधिकार खोसेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। गृहमन्त्री नोयमले विश्वविद्यालयको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसइभिपी) प्रमाणीकरण शैक्षिक सत्र २०२५/०२५ देखि खारेज गर्न निर्देशन दिएकी हुन्। प्रशासनले हार्वर्डलाई अहिले पढिरहेको विदेशी विद्यार्थीहरूलाई पनि अरू विश्वविद्यालयमा सार्न पनि आदेश दिएको छ। अन्यथा त्यस्ता विद्यार्थीहरूले कानुनी हैसियत गुमाउनुपर्ने चेतावनी दिइएको छ। विश्वविद्यालयलाई अहिले पढिरहेका विदेशी विद्यार्थीहरुको विवरण पनि ७२ घन्टाभित्र उपलब्ध गराउन आदेश दिइएको रोयटर्सले जनाएको छ। त्यस्ता विद्यार्थीहरूको विगत पाँच वर्षको कृ...
प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ :  रमेश रिजाल
राजनीति, विचार, समाचार

प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य  भए  सभा पूर्ण हुने तर्क गर्छन् । पर्सा–४ बाट निर्वाचित उनीसँग  देशको संसदीय अभ्यास, संविधान संशोधन, सुशासन र युवाको विदेश गमनलगायत समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंशः तपाईँको पछिल्लो संसदीय अभ्यासको अनुभव कस्तो भइरहेको छ ? मसँग यसअघि पनि संसद्को अनुभव छ । तर, अहिलेको संसदीय गतिविधि हेर्दा सक्रियताका साथ अगाडि बढिरहेको छ । संसद् पछिल्लो समयमा कानुन निर्माणको पाटोमा अलि बढी सक्रिय छ । अहिले बर्खे अधिवेशन चलिरहेको छ । यो अधिवेशन बजेट अधिवेशन हो । सरकारले ल्याएको नीति तथा कार्याक्रममाथि पर्याप्त छलफलपछि पारित भएको छ । सँगसँगै संसद्ले कान्न निर्माणलाई पनि प्राथमिकता दिएको छ । सदनमा जनताक...
अमेरिकी राजदूत मुस्ताङमा
राजनीति, समाचार

अमेरिकी राजदूत मुस्ताङमा

नेपालअखबार,मुस्ताङ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन यहाँका सांस्कृतिक सम्पदाको अवलोकन गर्न यहाँ आइपुगेका छन् । यहाँका सांस्कृतिक सम्पदाको सम्वद्र्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले उनी अवलोकन भ्रमणका लागि यहाँ आएका हुन् । नेपालर अमेरिकाबिचको साझेदारीलाई बलियो बनाउन तथा दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक निरन्तरतामा योगदान पुर्याउने उद्देश्यले राजदूत थम्पसनले मुस्ताङको भ्रमण गर्नुभएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । राजदूत थम्पसनसहितको टोलीले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सम्बन्धी राजदूत कोष (एएफसीपी) को सहयोगमा जीर्णोद्वार गरिएका सांस्कृतिक सम्पदास्थलको भ्रमण गर्ने अमेरिकी दूतावासले जनाएको छ । साथै सोही क्रममा राजदूत थम्पसनले स्थानीय समुदाय तथा परियोजना टोलीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने बताइएको छ । एएफसीपीमार्फत जीर्णोद्वार गरिएका सम्पदाको स्थलगत...
राजावादीलाई सरकारको चुनौती- हाम्रो छुटलाई कमजोरी नठान्नू, सधैं टुलुटुलु हेरेर बस्दैनौं
राजनीति, समाचार

राजावादीलाई सरकारको चुनौती- हाम्रो छुटलाई कमजोरी नठान्नू, सधैं टुलुटुलु हेरेर बस्दैनौं

नेपालअखबार,काठमाडौं । सरकारले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो चेतावनी दिएका हुन् । उनले राजावादीहरूको गतिविधिबाट सरकार नडराएको भन्दै उनले उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकारी छुट दिएकाले मात्रै त्यसको अभ्यास गरेको बताए । ‘त्यो दिनको प्रदर्शन कति ठूलो होला भन्ने चाहिँ त्यही दिनको प्रदर्शनले देखाउँछ । तर, हामीले फेरि पनि उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकार छुट दिएकै छ । यो हाम्रो कमजोरी होइन,’ मन्त्री गुरुङले भने, ‘हामी डराएर गरेका हैनौं । त्यसरी प्रदर्शन गर्न छुट दिँदा कमजोरी नठाने हुन्छ । हामीले उदारतापूर्वक अभ्यास गरौं न भनेर छाडिदिएका हौं ।’ तर, संविधानका विरुद्धमा...
आज चार संसदीय समितिका बैठक बस्दै
राजनीति, समाचार

आज चार संसदीय समितिका बैठक बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई)बीच छलफल हुनेछ । यसैगरी प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ । यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्र्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक ...
आज पाँचवटा समितिको बैठक बस्दै
राजनीति, समाचार

आज पाँचवटा समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक आज बस्दैछ । बुधवार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो । आज अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने छ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ७ बजे बस्दैछ । बैठकमा दुई वटा उपसमितिहरूले तयार पारेका प्रतिवेदनहरू समिति समक्ष पेश गर्ने कार्यसूची रहेको छ । यस्तै, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको पनि आज बस्दैछ । बिहान ८ः३० बजे बस्ने बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधन सहित दफावार छलफल गरिने कार्यसूची रहेको छ । शिक्षा, स्वास्थ्य ...
ट्रम्पद्वारा १७५ अर्ब अमेरिकी डलरको मिसाइल प्रतिरक्षा प्रणालीको घोषणा
राजनीति, विश्व, समाचार

ट्रम्पद्वारा १७५ अर्ब अमेरिकी डलरको मिसाइल प्रतिरक्षा प्रणालीको घोषणा

नेपालअखबार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार ‘गोल्डेन डोम’ नामक १७५ अर्ब अमेरिकी डलरको मिसाइल प्रतिरक्षा प्रणालीको घोषणा गरेका छन् । जसलाई ट्रम्पले ‘म्यानहट्टन परियोजना–स्तरीय’ पहलको रूपमा वर्णन गरेका छन् । ट्रम्पले यसको नेतृत्व गर्न अमेरिकी अन्तरिक्ष बलका जनरल माइकल गुएटलिनलाई नियुक्त गरेका छन् ।  अमेरिकी रक्षा सचिव पिट हेगसेथ र गुएटलिनसँगै ओभल अफिस घोषणाको क्रममा ट्रम्पले यो परियोजना तीन वर्ष भित्र पूरा हुने र क्यानडासहित सम्पूर्ण महाद्वीपीय संयुक्त राज्य अमेरिकालाई हवाई खतराबाट जोगाउने खुलासा गरे । महत्वाकांक्षी प्रणाली आगमन मिसाइलहरू पत्ता लगाउन, ट्र्याक गर्न र अवरोध गर्न सक्षम उपग्रहहरूको एक व्यापक नेटवर्क सिर्जना गर्न डिजाइन गरिएको हो । ट्रम्पले यो प्रणाली विश्वको अन्य छेउबाट प्रहार गरिए पनि र अन्तरिक्षबाट प्रहार गरिए पनि क्षेप्यास्त्रहरूलाई रोक्न सक्षम हु...