ह्वाइट हाउसमा ४० करोड डलर खर्चेर बलरूम बनाउने ट्रम्पको योजना रोकिदियो अदालतले
नेपालअखबार,काठमाडौँ । ह्वाइट हाउसमा ४० करोड डलर खर्चेर बलरूम बनाउने योजना अदालतले रोकिदिएको छ।
बलरूम बनाउन ह्वाइट हाउसको इस्ट विंग भत्काइसकिएको अवस्थामा संघीय पुनरावेदन अदालतले तत्काल काम रोक्न आदेश दिएको हो।
बलरूम ठूलो हल हो, जहाँ औपचारिक समारोह, भोज, नृत्य, रिसेप्सन, सरकारी कार्यक्रम वा ठूला जमघट आयोजना गरिन्छ।
बाहिरी होटलहरूमा त्यस्ता कार्यक्रम गर्दा सुरक्षा चुनौती बढेपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसभित्रै बलरूम बनाउन लागेका थिए।
वासिङ्टनस्थित यूएस कोर्ट अफ अपिल्स फर द डिस्ट्रिक्ट अफ कोलम्बियाले शुक्रबार २–१ को फैसलामार्फत ट्रम्प प्रशासनलाई बलरुम निर्माण रोक्न आदेश दिएको हो।
अदालतको यो निर्णयले राष्ट्रपतिको अधिकारको सीमासम्बन्धी मुद्दामा ट्रम्पलाई ठूलो झट्का दिएको छ।
बहुमतमा रहेका न्यायाधीशहरूले राष्ट्रपतिको पद स्थायी स्वामित्व नभई अस्थायी जिम्मेवारी भएको उल्लेख गर्...










