Sunday, August 2

राजनीति

प्रतिनिधि सभामा आजबाट बजेटमाथि छलफल
अर्थ, राजनीति, समाचार

प्रतिनिधि सभामा आजबाट बजेटमाथि छलफल

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजबाट छलफल सुरु हुँदै छ । यही जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरुले छलफलमा भाग लिने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।...
आज रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
राजनीति, समाचार

आज रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत जाँदै छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले आज भारत जान लागेका हुन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनेछन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नेछन् । त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाले जारी गरेक...
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
राजनीति, समाचार

दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाले आज दुई वटा विधेयक पारित गर्दैछ । प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि आज नै यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसैगरी, प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३’ पनि आजै पारित गर्ने कार्यसूची छ ।राष्ट्रिय सभाको बैठक बिहान सवा ११ बजे बस्दैछ । जहाँ आकस्म्कि समय, शून्य समय र विशेष समय समेत रहनेछ ।...
शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
राजनीति, समाचार

शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताए । राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्दै उनले राजनीतिक दल र नेतृत्वलाई अझ बढी सिर्जनशील, विनयशील र जनउत्तरदायी बन्न आह्वान समेत गरे । राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा नहुने धारणा राखे । मुलुकमा बलियो जनादेशसहितको सरकार गठन भएको चर्चा गर्दै राष्ट्रपति पौडेलले वर्तमान सरकारले सुशासन, सार्वज...
गुन्डुमा सुरु भयो एमाले सचिवालय बैठक
राजनीति, समाचार

गुन्डुमा सुरु भयो एमाले सचिवालय बैठक

नेपालअखबार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा शुरु भएको छ । शुक्रबार बोल्न बाँकी पदाधिकारीहरुले आजको बैठकमा आफ्नो कुरा राख्दैछन् । हिजो उपाध्यक्षहरुले बोलिसकेकाले आज महासचिव, उपमहासचिव र सचिवहरुले आफ्नो धारणा बैठकमा राख्नेछन् ।राजनीतिक परिस्थितिबारे पदाधिकारीहरुको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्नेछ ।...
विष्णु पौडेलको निष्कर्ष : २३ भदौमा ओलीले राजीनामा गरेको भए आजको स्थिति आउथेन
राजनीति, समाचार

विष्णु पौडेलको निष्कर्ष : २३ भदौमा ओलीले राजीनामा गरेको भए आजको स्थिति आउथेन

नेपालअखबार, काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनगर्ठनको पक्षमा बलियो अडान लिएका छन् । शुक्रबारको सचिवालय बैठकमा शुरुमै बोलेका पौडेलले आजको राजनीतिक स्थिति सिर्जना हुनुमा नेतृत्वको कमजोरी औल्याएका छन् । विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनुलाई उनले गल्ती भनेका छन् । अब त्यही व्यवस्था कायम राखेर पुनगर्ठनमा जानुपर्ने प्रस्ताव राखेका थिए । विगतका कमजोरी औल्याउने क्रममा पौडेलले २३ भदौको दिन समेत सम्झिएका थिए । जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरुको मृत्यु भइसकेपछि प्रधानमन्त्री पदबाट ओलीले राजीनामा नदिएर गल्ती भएको पौडेलको निष्कर्ष थियो । ‘२३ गते बेलुकी राजीनामा दिएको भए आज राजनीति यहाँ आइपुग्थेन,’ पौडेलले भनेका थिए ।...
हर्मुजमा जहाजबाट शुल्क उठाउन इरान र ओमानबीच छलफल
राजनीति, विश्व, समाचार

हर्मुजमा जहाजबाट शुल्क उठाउन इरान र ओमानबीच छलफल

नेपालअखबार, काठमाडौँ । स्ट्रेट अफ हर्मुजबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क लिने विषयमा इरान र ओमानबीच छलफल भइरहेको खुलेको छ। अमेरिकाको चेतावनीका बाबजुद इरान र ओमानले हर्मुजमा जहाजहरूबाट शुल्क लिने विषयमा छलफल गरेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। इरानले हर्मुजमा जहाजहरूबाट शुल्क उठाउन यसअघि पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) नामको समुद्री नियामक निकाय नै गठन गरेको थियो। पिजिएसएले जहाजहरूलाई अनिवार्य ‘भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम भर्नुपर्ने, फारममा जहाजको नाम, पहिचान नम्बर, पुरानो नाम, झण्डा बोकेको देश, गन्तव्य, कार्गो विवरण, जहाज मालिक र चालक दलको राष्ट्रियतासम्म खुलाइनुपर्ने भनेको थियो। ती सबै विवरण सम्बन्धित जहाजहरूले हर्मुज पार गर्नुअघि नै इमेलमार्फत पठाउनुपर्ने भनेको थियो। हर्मुजमा अमेरिकाको पनि नाकाबन्दी कायम रहेकाले इरानले निकाय नै बनाए पनि त्...
समाज कल्याण परिषद् र बाल अधिकार परिषद्लाई पुनःसंरचना गछौँ : मन्त्री वादी
राजनीति, समाचार

समाज कल्याण परिषद् र बाल अधिकार परिषद्लाई पुनःसंरचना गछौँ : मन्त्री वादी

नेपालअखबार, काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले समाज कल्याण परिषद् र राष्ट्रिय बाल कल्याण परिषद्लाई पुनःसंरचना गरिने बताएकी छन्। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री वादीले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनात्मक पुनःसंरचना गर्न थालिएको बताएकी हुन्। उनले स्रोत र साधनले भ्याएसम्म मन्त्रालयको कार्यक्षेत्रमा रहेका विषयमा अधिकतम परिणाम आउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सामाजिक ऐनमार्फत सङ्घ–संस्थाको व्यवस्थापन, लैङ्गिक समानतासम्बन्धी ऐन तर्जुमा, बालबालिका र अपाङ्गता अधिकारसम्बन्धी कानुनको पुनरावलोकन गर्ने योजना रहेको पनि जानकारी गराइन्। “हाम्रो संविधानले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई कानुनको समान संरक्षणवाट वञ्चित नगरिने व्यवस्था गरे...
संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक आह्वान
राजनीति, समाचार

संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक आह्वान

नेपालअखबार, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ । कार्यदलको बैठकको निर्णय अनुसार ‘सबै नेपाली नागरिकको सहभागीता’ सुनिश्चित गर्न लिखित रुपमा सुझाव माग गरिएको जनाइएको छ । सुझाव इमेल र ह्वाट्सएप मार्फत पठाउन सकिने छ । संविधान संशोधनका लागि लिखित सुझाव इमेल एड्रेस sambidhansansodhan@gmail.com र sambidhansansodhan@opmcm.gov.np मा पठाउन सकिने छ । ह्वाट्सएपमा सुझाव पठाउन मोबाइल नम्बर ९८५६०२९९४७ उपलब्ध गराइएको छ ।...
उच्च प्रशोधित युरेनियम इरान बाहिर नपठाउन सर्वोच्च नेता खामेनीको निर्देशन
राजनीति, विश्व, समाचार

उच्च प्रशोधित युरेनियम इरान बाहिर नपठाउन सर्वोच्च नेता खामेनीको निर्देशन

नेपालअखबार,काठमाडौँ ।  इरानका सर्वोच्च नेता मोज्तबा अली खामेनीले उच्च प्रशोधित युरेनियम देशबाहिर नपठाउन निर्देशन दिएको खुलेको छ। उच्च प्रशोधित युरेनियम इरान-अमेरिका वार्ताको सबैभन्दा बढी विवाद र पेचिलो विषय बन्दै आएको छ। दुई वरिष्ठ इरानी स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले युरेनियम तेहरानबाट बाहिर नपठाउन भनेर खामेनीले निर्देशन दिएको जनाएको छ। इरानसँग झन्डै ४०० किलो उच्च प्रशोधित युरेनियम छ। अमेरिका र इसराइलले त्यो युरेनियम इरानले राख्न नपाउने सर्त राख्दै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले त उच्च प्रशोधित युरेनियम इरानले वाशिङ्टनलाई हस्तान्तरण गर्नुपर्ने पनि बताएका थिए। तर खामेनीले देशभित्रै राख्न निर्देशन दिएपछि लामो समयदेखि अवरूद्ध इरान-अमेरिका वार्ता थप जटिल बन्ने संकेत देखिएको भनेर रोयटर्सले लेखेको छ। यसले ट्रम्पको मुख्य मागलाई पनि चुनौती ...