Sunday, November 1

राजनीति

राप्रपा प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने
राजनीति, समाचार

राप्रपा प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने

नेपालअखबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनलले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको बताए । ‘केही प्रदेशहरूमा सरकार फेरबदलका सन्दर्भमा पनि छलफल गरेका छौं,’ उनले भने, ‘यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल छैन । र, त्यसप्रकारको गतिबिधिमा राप्रपा लालायित पनि छैन । राप्रपा मूलत: प्रदेश सरकारहरू कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीहरू मिलेरै बनाउन ...
मन्त्रिपरिषद् बैठक बस्दै
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालअखबार,काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ। यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नेछन्। यस्तै, आजै चारवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ। अपराह्न २ बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम...
वार्तामा प्रगति भएको भन्दै ट्रम्पले रोके इरानमाथि नयाँ आक्रमण
राजनीति, विश्व, समाचार

वार्तामा प्रगति भएको भन्दै ट्रम्पले रोके इरानमाथि नयाँ आक्रमण

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अन्य मध्यपूर्वी देशले वार्तामा प्रगति भएको भनेपछि इरान विरुद्ध नयाँ आक्रमण स्थगित गरेका छन्। आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा पोस्ट गर्दै द्रुत गतिमा सम्झौता हुने सर्तमा इरान विरुद्ध आक्रमण स्थगित गरेको उनले जनाएका छन्। 'भविष्यमा हुने विश्वको हित र एक सफल तथा समृद्ध इरानको अस्तित्वका लागि, छिट्टै सम्झौता गर्न सक्ने सर्तमा, मैले आक्रमण रद्द गर्न सहमति जनाएको छु,' उनले पोस्ट गरेका छन्। इरान र अन्य मध्यपूर्वी देशहरूले सम्झौताको मोटामोटी खाकामा सहमति जुटिसकेको हुनाले अमेरिकालाई आक्रमण रोक्न आग्रह गरेको ट्रम्पले दाबी गरेका छन्। 'यसमा स्ट्रेट अफ हर्मुजको तत्काल, पूर्ण र खुला सञ्चालन, र इरानको आणविक खतराको अन्त्य समावेश हुनेछ,' उनले थपे। यसअघि इरानलाई वार्तामा अमेरिकी सर्तहरू मान्न बाध्य पार्नका लागि इरानी पूर्वाधारमा...
कांग्रेस संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
तुलसीलाल र भीमदत्तको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान
राजनीति, समाचार

तुलसीलाल र भीमदत्तको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

नेपालअखबार, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्वहरू तुलसीलाल अमात्य र शहीद भीमदत्त पन्तले स्थापित गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन आह्वान गरेका छन्। नेता अमात्य र शहीद पन्तको स्मृति दिवसका अवसरमा आइतबार वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले यस्तो आह्वान गरेका हुन्। उनले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले किसान आन्दोलनलाई वैचारिक तथा साङ्गठनिक रूपमा सुदृढ बनाउन खेलेको भूमिकाको स्मरण गरेका छन्। सामन्तवादी भू-स्वामित्वको युगमा अमात्यले जसको जोत, उसको पोत भन्ने  नाराका साथ किसानहरूलाई आफ्नो हक-अधिकारका लागि संगठित हुन प्रेरित गरेको ओलीले उल्लेख गरेका छन्। साथै, निरङ्कुशताविरुद्धको सङ्घर्ष र वामपन्थी आन्दोलनमा अमात्यको योगदान नेपा...
गाजामा रातभर इजरायली आक्रमण, ८ जनाको मृत्यु
राजनीति, विश्व, समाचार

गाजामा रातभर इजरायली आक्रमण, ८ जनाको मृत्यु

नेपालअखबार,काठमाडाैँ । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ । शनिबार रातभर भएका आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनामा सहमति जनाएको थियो । उक्त योजनामा हतियार हस्तान्तरण तथा गाजा क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रावधान समावेश छन् । यद्यपि, इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायली राजनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले हमासको ‘पूर्ण निशस्त्रीकरण’ नभएसम्म सेनाको कुनै पनि प्रकारको फिर्ती नहुने जनाएको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार रातभर भएका आक्रमणमा विभिन्न आवासीय भवनहरू निशानामा परेका थिए । मध्य गाजा क्षेत्रमा इजरायली सैन्य हेलिकप्टरले एउटा अपार्टमेन्टमा गरेको आक्रमणमा ए...
राष्ट्रिय भेलाका लागि देउवा पक्षले बनायो ५५१ सदस्यीय आयोजक समिति, शशांक कोइराला संयोजक
राजनीति, विचार, समाचार

राष्ट्रिय भेलाका लागि देउवा पक्षले बनायो ५५१ सदस्यीय आयोजक समिति, शशांक कोइराला संयोजक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेलाका लागि आयोजक समिति गठन गरेको छ। इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी इतर पक्षले भेलाका लागि आयोजक समिति गठन गरिएको जानकारी दिएको हो। राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ। समितिको संयोजक नेता सशांक कोइराला तोकिएका छन्। '…पार्टीलाई सवल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा पाँच सय एकाउन्न सदस्यीय आयोजक समिति गठन गरी यही श्रावण २९ देखि ३१ गते सम्म काठमाण्डौमा राष्ट्रिय भेलाको अयोजना गरिएको छ,' कोइरालाले विज्ञप्तीमा उल्लेख गरेका छन्। पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको आरोप पनि इतर पक्षको छ। 'पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनीधि एवं समर्थक र शुभचिन्त...
सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल
राजनीति, समाचार

सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

नेपालअखबार, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक, धार्मिक तथा जातीय सद्‌भाव कायम राख्न प्रदेशवासीमा अपिल गरेका छन्। कोशी प्रदेशको सुनसरीस्थित देवानगन्जलगायत क्षेत्रमा हालै भएका दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका हुन्। मुख्यमन्त्री आचार्यले शुक्रबार जारी गरेको अपिलमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन तीनै तहका सरकार तथा सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई सु...
साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग
राजनीति, विचार, समाचार

साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग

नेपालअखबार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले देशमा दोहोरिँदै आएका साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। साम्प्रदायिक उन्माद कुनै पनि समाज र राष्ट्रका लागि घातक हुने चेतावनी उनले दिए। सुनसरी र सिरहासहित मधेसी जिल्लामा उत्पन्न तनाव कम गर्न राज्यको प्रतिक्रियामा ढिलाइ भएको टिप्पणी उनले गरे। सरकारले अहिले देखाइरहेको संवेदनशीलता दुई दिनअघि नै देखाएको भए अवस्था यति जटिल नबन्न सक्ने उनको दाबी छ। सांसद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै उनलाई धन्यवादसमेत दिए। तराई मधेस क्षेत्रमा बारम्बार यस्ता घटना दोहोरिनुको कारणबारे गम्भीर अनुसन्धान आवश्...