Thursday, July 23

राजनीति

जनमत पार्टी सरकारमा नै रहने छ  : सिके राउत
राजनीति, समाचार

जनमत पार्टी सरकारमा नै रहने छ : सिके राउत

नेपालअखबार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताए । ‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन जसले सरकार बाहिर आउनु परोस, सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको,’ उनले भने, ‘अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो । जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ ।’ माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने उनले बताए । उनले भने, ‘यो भन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो । अहिले पनि माओवादी...
प्रधानमन्त्रीकाे निजी चिकित्सकमा युवराज शर्मा नियुक्त
राजनीति, समाचार

प्रधानमन्त्रीकाे निजी चिकित्सकमा युवराज शर्मा नियुक्त

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को गत फागुन १२ गते बसेको बैठकले शर्मालाई निजी चिकित्सकमा नियुक्त गरेको हो । शर्मा पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर पदमा कार्यरत थिए । उनको उच्च विशेषज्ञता इन्टरनल मेडिसिन र पेट तथा कलेजो विषयमा भएको हो ।...
मधेस प्रदेश सरकारबाट एमाले नबाहिरिने
राजनीति, समाचार

मधेस प्रदेश सरकारबाट एमाले नबाहिरिने

नेपालअखबार, जनकपुरधाम । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले केन्द्रमा समीकरण फेरबदल भए पनि मधेस प्रदेश सरकारबाट आफूहरू नहट्ने बताएका छन् । नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले सरकारबाट बाहिरिने अथवा समर्थन फिर्ता लिने कुनै योजना नरहेको बताएका हुन् । उनले भने, ‘हामीले कांग्रेस र माओवादीलाई समर्थन गरेका होइनौँ, त्यसैले सरकारबाट बाहिरिनु वा समर्थन फिर्ता लिनु आवश्यक छैन ।’ आफूहरूले जसपा नेतृत्वको सरकारलाई समर्थन गरेकाले मधेस प्रदेश सरकारमा एमालेको सहभागिता कायम रहने उनको भनाइ छ । उनले मुख्यमन्त्रीसँग आफूहरू निरन्तर सम्पर्क मै रहेको बताए । ‘आज पनि भेटघाट हुँदा कुरा भएकै थियो,’ उनले भने, ‘सरकार परिवर्तनबारे त्यस्तो केही कुरा भएको छैन ।’ यता जसपाका एक नेताले समेत मधेस प्रदेशमा केन्द्रीय राजनीतिको असर नपर्ने बताए ।...
शहीद घोषणा भएकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय
राजनीति, समाचार

शहीद घोषणा भएकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय

नेपालअखबार, काठमाडौं । सरकारले शहीद घोषणा गरेकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरुको नाम प्रकाशित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘शहीद घोषणा भएर पनि राजपत्रमा प्रकाशित नभएका कारण त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने । उनका अनुसार उक्त शहीदहरुको नामावलीमा ०६२/०६३ सालको संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र जनयुद्धमा मृत्यु भएकाहरुको नाम समावेश छ । स्रोतका अनुसार सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको थियो । उक्त घोषणा राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन । त्यसैलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले गरेको हो ।...
प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबारदेखि छलफल गर्ने
राजनीति, समाचार

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबारदेखि छलफल गर्ने

नेपालअखबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने भएका छन् । सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा मंलबारदेखि छलफल सुरु गर्ने भएका हुन् ।  प्रधानमन्त्री प्रचण्डले भोल (मंगलबार) देखि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा आठ दलीय गठबन्धनका नेताहरुसँग छलफल थाल्ने  प्रधानमन्त्री निकट एक नेताले बताए । ‘आज एमाले सरकारबाट बाहिरियो । राप्रपा र रास्वपा केही दिन अघि बाहिरियो’ प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले भने, ‘अब सबै परिस्थितिको विषयमा विश्लेषण हुनेछ । भोलिदेखि नयाँ गठबन्धनका नेताहरुसँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुनेछ ।’ आठ दलीय गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा ...
पूर्व प्रधानमन्त्री खनाल र चित्रबहादुर केसी बिच भेटघाट
राजनीति, समाचार

पूर्व प्रधानमन्त्री खनाल र चित्रबहादुर केसी बिच भेटघाट

नेपालअखबार, काठमाडाैं । आज चित्रबहादुर केसी र पूर्व प्रधानमन्त्री झलनाथ खनाल बिच डल्लु स्थित खनाल निवासमा भेटघाट भएको छ। करिब दुई घन्टा  वर्तमान राजनैतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान भएकाे थियाे । उत्त भेटमा  कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अौसरवाद हावी हुँदै गरेको प्रति दुवै नेताहरुले चिन्ता व्यक्त गरेका पूर्व प्रधानमन्त्री खनालकाे सचिवालयले जानकारी दिएकाे छ ।...
खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन :मन्त्री खान
राजनीति, समाचार, हाइलाइट-समाचार

खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन :मन्त्री खान

नेपालअखबार, काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खानले संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए । खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने उनको भनाइ छ । ‘नेपालको राणाकालीन अवस्थादेखि खानेपानीको वृत्तमा सञ्चालन भएको खानेपानीको अवस्थाका देशका विभिन्न भागमा सञ्चालन छ । तर राजनीतिको अखडा नबनाउँ,’ उनले भने, ‘राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरु पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु । तर खानेपानीमा राजनीति नगर्नुस् ।’खानेपानीका लागि बजेट नछ्ट्यार प्राथमिकतामा नराखे आफैं त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको...
एमाले मन्त्रीले राजीनामा बुझाए
राजनीति, समाचार, हाइलाइट-समाचार

एमाले मन्त्रीले राजीनामा बुझाए

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सामुहिक राजीनामा बुझाएका छन्। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले मन्त्रीले राजीनामा पत्र बुझाएका हुन्। एमालेको आजै बिहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्दै समर्थनसमेत फिर्ता लिने निर्णय गरेको थियो। एमालेले आजै किन छोड्यो सरकार? दुई दिनअघि फागुन १३ गते नेकपा (एमाले) को सचिवालय बैठक बस्यो। दिउँसो राष्ट्रपति उम्मेदवारको मनोनयन गर्नुपर्ने भएकाले उम्मेदवार टुंग्याउन बसेको उक्त बैठकले अर्को पनि निर्णय गर्‍यो- तत्काल सरकार नछोड्ने। सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सहित ८ दलले अघिल्लो दिन नै राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेका थिए। ...
एमालेले सरकार छाडेपछि १६ मन्त्रालय खाली
राजनीति, समाचार

एमालेले सरकार छाडेपछि १६ मन्त्रालय खाली

नेपालअखबार, काठमाडाैं । नेकपा (एमाले)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेले मन्त्रीहरूले आजै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउँदै छन्। एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री  थिए। यसअघि राप्रपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छाडेको थियो। गत पुस १० को सहमतिअनुसार सरकारमा सामेल भएका दलहरूले सरकार छाडेपछि प्रधानमन्त्री प्रचण्डले अब १६ मन्त्रालयको जिम्मेवारी लिनुपर्ने  भएको छ। एमालेले अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालय लिएकोमा मन्त्रीहरू फिर्ता बोलाइसकेको छ। आज सचिवालय बैठक गरी एमालेले सरकार छाड्ने निर्णय गरेको थियो। यस्तै राप्रपाले ऊर्जा, सहरी विकास र कानून मन्त्रालय लिएकोमा मन्त्रीहरू फिर्ता भइसकेका छन्। राप्रपा...
हामीले चाहेमा मुलुकको राजनीतिक कोर्ष नै चेन्ज गर्न सक्छौं : माधव नेपाल
राजनीति, विचार, समाचार

हामीले चाहेमा मुलुकको राजनीतिक कोर्ष नै चेन्ज गर्न सक्छौं : माधव नेपाल

नेपालअखबार, सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुले चाहे मुलुकको राजनीतिक कोर्ष परिवर्तन हुनसक्ने बताएका छन् । सोमबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई राष्ट्रिय राजनीतिमा क्रान्तिकारी धार भएको पार्टीको रुपमा अगाडि बढाउन चाहिरहेको बताए । यसअघिका निर्वाचनमा अपेक्षा गरेअनुसार नतिजा नआएको बताउँदै उनले त्यसलाई नकरात्मक भन्दा पनि सकारात्मक रुपम लिँदै पार्टीलाई सुदृढीकरण गरिने बताए । नेपालले आफुहरुले आँट गरेको खण्डमा राजनीतिकको कोर्ष नै परिवर्तन गर्न सकिने दाबी गरे । ‘यसअघि पनि हामीले पटक–पटक त्यस्ता कार्य गर्न सफल भएकै हो, अहिले कुन ठुलो कुरा भयो र ?,’ नेपालले भने, ‘हामीलाई बेवास्ता गरेर कसैले मुलुकलाई चलाउन खोज्छ भने त्यो सम्भव छैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ने...