इरानको स्थिति खराब: प्रदर्शनका क्रममा प्रहरीको हत्या, इन्टरनेट सेवा समेत बन्द
नेपालअखबार,काठमाडौँ । इरानमा बढ्दो महँगी र आर्थिक संकटका विरुद्ध सुरु भएको भनिएको जारी जनप्रदर्शनले उग्र रूप लिँदै गएको छ। देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिएको यो आन्दोलन अहिले सरकारका लागि ठुलो चुनौती बनेको छ।
पछिल्लो हिंसात्मक झडपका क्रममा एक प्रहरी अधिकारीको छुरा प्रहार गरी हत्या गरिएको छ भने प्रदर्शनका क्रममा अहिलेसम्म ८ बालबालिकासहित ४५ जनाले ज्यान गुमाइसकेका छन्। सुरक्षा बलले हालसम्म २ हजार २७० भन्दा बढी प्रदर्शनकारीहरूलाई हिरासतमा लिएको छ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि इरानी सरकारले कडा कदम चाल्न सुरु गरेको समाचारहरूमा उल्लेख छ। राजधानी तेहरानको विमानस्थल बन्द गरिएको छ भने देशभर इन्टरनेट र फोन सेवा पूर्ण रूपमा ठप्प पारिएको छ। सेनालाई अलर्ट अवस्थामा राखिएको छ। सञ्चार सेवा बन्द गरिए पनि प्रदर्शनकारीहरूले विभिन्न वैकल्पिक माध्यमबाट भिडियोहरू सार्वजनिक गरिरहेका छन्, जहाँ '...










