Thursday, July 23

राजनीति

दुई महिनामै तीतो अनुभव गरेँ, हिजो खुसी भएँ : प्रचण्ड
राजनीति, समाचार

दुई महिनामै तीतो अनुभव गरेँ, हिजो खुसी भएँ : प्रचण्ड

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकार गठन पुनगर्ठनको प्रक्रिया सुरु हुने बताएका छन् । राप्रपाका मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए । महेन्द्रनारायण निधि स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधान र संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले संशय पैदा गर्ने भन्दै उनले आफूले सरकार गठनको दुई महिनामै तीतो अनुभव गरेको बताए । आफू प्रधानमन्त्री भएपछि केही शक्ति हौसिएको भन्दै उनले भने, ‘जुन गठबन्धनमा छु, यो संविधान र राष्ट्रको हितमा छैन ।’ संविधानमाथि प्रहार हुन थाल्दा विगतमा पनि पनि कांग्रेस नेतृत्वमा सहकार्य भएको बताउँदै प्रचण्डले शुक्रबारदेखि नयाँ यात्रा सुरु भएको बताए । उनले अगाडि भने, ‘हिजो खुसी र गर्व महसुस गरेँ ।’ प्रधानमन्त्री त आफूले...
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुन्छन् : माधव नेपाल
राजनीति, विचार, समाचार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुन्छन् : माधव नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुने दाबी गरेका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ८ दलको समर्थन रहेकाले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने बताएका हुन् । ‘हामीले आज मात्रै नेपाली काँग्रेसका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य माननीय रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि हामीले प्रस्तावित गरेका छौं । अब उहाँ अवश्य पनि विजयी हुनुहुनेछ भन्ने हामी सबै आशा गरिरहेका छौं’ उनले भने । अध्यक्ष नेपालले जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरुले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढनुपर्ने बताए । ‘आफ्नो ओहोदाको, मर्यादाको रक्षा गर्दै, त्यसको सम्मान गर्दै र यो देश र जनताको हित चिताएर अगाडि बढ्ने...
राष्ट्रपतिमा रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता
राजनीति, समाचार, हाइलाइट-समाचार

राष्ट्रपतिमा रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता

नेपालअखबार, काठमाडौँ । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  उनले शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् ।  यस्तै  समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।...
राष्ट्रपतिमा सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता
राजनीति, समाचार

राष्ट्रपतिमा सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

नेपालअखबार, काठमाडौँ । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनिसँगै बानेश्वर पुगेका थिए । एमालेको शनिबार नै बसेको सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी दर्तापछि उनले भने -'मलाई पार्टीले राष्ट्रपतिमा अघि सारेको छ । मलाई खुसी लागेको छ । अहिले म जनताको पक्षमा छु । त्यसैले म सबैको तर्फबाट राष्ट्रपतिका उम्मेदवारका रूपमा अघि आएको छु । र,म त्यो दायित्व र जिम्मेवारी संविधानअनुसार पुरा गर्छु । हाम्रा विगतका राष्ट्रपतिको अधारसमेतलाई ध्यानमा राखेर जनताको राष्ट्रको जिम्मेवारी पूरा गर्छु ।'...
एमालेले तत्काल सरकार नछोड्ने
राजनीति, समाचार

एमालेले तत्काल सरकार नछोड्ने

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेले तत्काल सरकार नछाड्ने बताएको छ। शनिबार बिहान बसेको सचिवालय बैठक सकिएपछि पत्रकारहरूसँग बोल्दै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले एमालेले तत्काल सरकार नछाड्ने बताएका हुन्। एमालेले राष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङलाई बनाउने निर्णय गरेको छ। उनलाई समर्थन गर्नको लागि कांग्रेसबाहेक अरू पार्टीलाई पत्राचार गर्ने गुरूङले बताए। ‘उहाँलाई समर्थन गर्नका लागि नेपाली कांग्रेसको आफ्नै उम्मेदवार भएकोले कांग्रेसबाहेक आजै हामीले सम्पूर्ण पार्टीलाई सहयोगका लागि पत्राचार गर्ने र निरन्तर रूपमा २५ गतेसम्म यो काम जारी रहेनछ’, उनले भने। यसका साथै, बैठकले पुस १० को सहमति कार्यान्वयनको पहल गर्ने निर्णय समेत गरेको उनले बताए। ‘२५ गते राष्ट्रपति निर्वाचन हुने भएकोले त्यतिबेलासम्म पुस १० गतेको सहमति अनुसार अघि बढ्नेछौं’, उनले  भने।...
गठबन्धनको बैठक बस्दै
राजनीति, समाचार

गठबन्धनको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आठ दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो । संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । नयाँ गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेत रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपतिको चुनावसँगै सत्ता गठबन्धन बदलिएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपासहित ८ दलको नयाँ समीकरण बनेको छ ।...
नेम्वाङलाई राष्ट्रपति बनाउन सहयोग माग्दै एमालेले कांग्रेस बाहेकका दललाई पत्राचार गर्ने
राजनीति, समाचार

नेम्वाङलाई राष्ट्रपति बनाउन सहयोग माग्दै एमालेले कांग्रेस बाहेकका दललाई पत्राचार गर्ने

नेपालअखबार, काठमाडौँ ।  नेकपा उमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउनका लागि सहयोग माग्दै कांग्रेसबाहेकका दललाई पत्राचार गर्ने निर्णय गरेको छ । बैठकपछि पार्टीका प्रचार विभार प्रमुख पृथ्वीसुब्बा गुरुङले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिँदै उनको पक्षमा सहयोग माग्दै काग्रेसबाहेकका सबै पार्टीसँग सहयोग माग्दै पत्राचार गर्ने निर्णय भएको बताए ।  कांग्रेसले भने आफ्नै उम्मेदवार उठाएकाले सहयोग माग्ने कुरा नहुने उनको भनाइ छ ।...
पौडेलले राष्ट्रपतिको उम्मेदवार आजै १ बजे दर्ता गर्ने तयारी
राजनीति, समाचार

पौडेलले राष्ट्रपतिको उम्मेदवार आजै १ बजे दर्ता गर्ने तयारी

नेपालअखबार,  काठमाडौँ । नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको छ।...
एमालेको सचिवालय बैठक सुरु
राजनीति, समाचार

एमालेको सचिवालय बैठक सुरु

नेपालअखबार, काठमाडौँ ।  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केही बेरअघिबाट च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो । बैठकमा फेरिएको राजनीतिक समीकरण तथा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तयलगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै सत्तासहयात्री दल माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारमा बस्ने वा नबस्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । ८ दलबीच कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति जिताउनेबारे शुक्रबार भएको सहमतिको विषयलाई लिएर छलफल गर्न एमालेले शनिबार बिहान सचिवालय बैठक बोलाएको हो।...
सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता
राजनीति, समाचार

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता

नेपालअखबार, काठमाडाैं । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ।  यस्तै प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।  पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं’, बैठकपछि उनले भने ।  साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको उनले बताए। राप्रपाले वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ ।   हाल देखिएको सत्ता परिवर्तनको यो प्र...