विभिन्न जिल्लामा मन्त्री भण्डारीको ५दिने भ्रमण यस्तो रह्यो
नेपालअखबार, काठमाडाैं । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी सहित सुदुरपश्चिमका जिल्लाहरु र लुम्विनि प्रदेशको बाँके जिल्ला भ्रमण पछि मंगलबार राजधानी फर्केकाछन् । मन्त्री भण्डारी उक्त क्षेत्रमा रहदाँ करिव १दर्जन कार्यक्रमहरुमा सहभागी भएकाछन् ।
मन्त्री भण्डारी पुगेका हरेक ठाउँमा विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्ना अपेक्षा सुुनाएका छन् । मन्त्री भण्डारीले जन अपेक्षा अनुरुपको काम गर्नका लागि आफु तत्पर रहेको बताएका छन् । जनताका गुनासा सुन्न र समाधान गर्नका लागि मन्त्री पदमा रहँदासम्म परिपक्क तवरले प्रतिवद्धता व्यक्त गरे । मन्त्री भण्डारीले फागुन ५ मा कञ्चनपूरको बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको निरीक्षण गरेका छन् ।
निरीक्षणपछि बेदकोट उद्योग वाणिज्य संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा मन्त्री भण्डारीले दैजी–छेला औद्...










