Wednesday, July 22

राजनीति

श्रमजीवी पत्रकार सङ्घले बुझायो सञ्चार मन्त्रीलाई नौ बुँदे अधिकारपत्र
राजनीति, समाचार

श्रमजीवी पत्रकार सङ्घले बुझायो सञ्चार मन्त्रीलाई नौ बुँदे अधिकारपत्र

नेपालअखबार,  काठमाडौँ । श्रमजीवी-पत्रकार सङ्घ, नेपालले  सञ्चार मन्त्री  रेखा शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाएको छ । आमसञ्चार नीति, पेसा र पेसाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका माग राख्दै सङ्घका अध्यक्ष जन्मदेव जैसी लगायतको समूहले मन्त्री शर्मालाई नौ बुँदे अधिकारपत्रबुझाएकोहो । अधिकारपत्रमा श्रमजीवीहरूको पारिश्रमिक प्रत्येक २र२ वर्षमा वृद्धि गर्ने परम्परा भए पनि गत २०७५ कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएयता ३ वर्ष बितिसक्दा पनि  पारिश्रमिक वृद्धि नगरिएको  उल्लेख गरिएको छ । साथै ऐन संशोधन, ऐन कार्यान्वयनका लागि संयन्त्र निर्माण, आमसञ्चार नीति, पेसा र पेसाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका विषय सम्बोधनका लागि मन्त्री शर्मालाई पत्र बुझाएको अध्यक्ष जैसीले बताए ।...
सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ-प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ-प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिनेसमेत बताए । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता साझा रा...
माधव नेपालको जवाफ  : कोही पनि श्री ५ महाराजधिराज छैनन्
राजनीति, समाचार

माधव नेपालको जवाफ : कोही पनि श्री ५ महाराजधिराज छैनन्

नेपालअखबार,  । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आपत्ति जनाएका छन् । सोमबार व्यक्तव्य जारी गर्दै पूर्वप्रधानमत्री नेपालले प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले दिएको वक्तव्य गणतन्त्रविरुद्धको असंवैधानिक र अनाधिकृत भएको बताएका छन् । जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकेको र अहिले कोही पनि श्री ५ महाराजधिराज नरहेको भन्दै उनले भनेका छन्, ‘उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरुप्रति नजसरी लान्छना लगाइएको छ, त्यो आपत्तिजनक छ ।’ विगतमा राजतन्त्रले पटकपटक जनताका अधिकारमाथि धावा बोलेको प्रसंगलाई ढाकछोप गरेर गणतान्त्रिक व्यवस्थाविरुद्ध बोल्नु गलत भएको उनले बताएका छन् । साथै उनले सबै एकजुट भएर यस्ता गतिविधिको प्रतिवाद गर्न आह्वान समेत गरेका छन् ।...
राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिने माओवादीको निर्णय
राजनीति, समाचार

राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिने माओवादीको निर्णय

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। ‘राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भयो। हाम्रो स्वार्थ भन्नाले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने हो। यो स्वार्थमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने छलफल भयो,’ उनले भने,‘कुनै व्यक्ति विशेष कुरा भएन। यो विषयमा अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दिइएको छ।’ यसका लागि अन्य पार्टीका नेताहरूसँग पनि कुराकानी गरिने उनले बताए।...
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।सोमबार पोखराबाट काठमाडौँ आएलगत्तै प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुई नेताबीच करिब १ घण्टा भेटवार्ता भएको हो । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री प्रचण्ड नेता नेपालसँगको भेटवार्तापछि पार्टी पदाधिकारी बैठकमा सहभागी हुन कोटेश्वरस्थित पेरिसडाँडा पुगेका छन् ।...
आज जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बस्दै
राजनीति, समाचार

आज जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बस्दै

नेपालअखबार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु हुनेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ । आइतबार बसेको बैठकमा पनि राष्ट्रपति/उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार जसपा पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ । बैठकमा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानबिन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएको ती नेताले बताए ।...
राष्ट्रपतिबारे निर्णय लिन माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
राजनीति, समाचार

राष्ट्रपतिबारे निर्णय लिन माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दैछ । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् । पुस १० ...
यातायातमन्त्रीसँग प्रधानमन्त्रीले भने– विकासमा गुणात्मक फड्को मारौं
राजनीति, समाचार

यातायातमन्त्रीसँग प्रधानमन्त्रीले भने– विकासमा गुणात्मक फड्को मारौं

नेपालअखबार, काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले थालेका सुधारका प्रयासबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्रिफिङ गरेका छन् । विभिन्न कार्यदल बनाएर भौतिक विकास, यातायात र सुशासन क्षेत्रमा सुधारका लागि थालिएका प्रयासहरुले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको मन्त्री श्रेष्ठले बताएका छन् । आइतबार भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणाम दिने गरी काम थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् । विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे । ‘पहिलो त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ,’ उनले भने, ‘त...
सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छ: माधव नेपाल
राजनीति, समाचार

सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छ: माधव नेपाल

नेपालअखबार, काठममडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने दाबी गरेका छन्। अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो पूर्ण बैठकलाई कीर्तिपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका कारण सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नै चाहिन्छ भनेर हैरान पारेपछि गठबन्धन संकटमा परेको दाबी गरेका छन्। ‘पहिले के-के न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले मुद्दा लगायो। पदबाट हटे। त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ। कुन दिन त्यो गठबन्धन भत्किने हो, ठेगान छैन,’ उनले भने। उनले कुनै पनि बेला गठबन्धन टुट्न सक्ने बताए। ‘यो गठबन्धन कुनै पनि बेला टुट्‍न सक्छ। राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजन...
आज नागरिक उन्मुक्तिका सांसद चौधरी  रिहा हुँदै
राजनीति, समाचार

आज नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुँदै

नेपालअखबार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको आरोपमा गत माघ १९ गते पक्राउ परेका थिए । २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका सांस चौधरीलगायत चारजनाको नाम समावेश रहेको छ । १० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ ।...