Wednesday, July 22

राजनीति

प्रभावकारी र जनताका पक्षमा काम गर्न भन्दै अध्यक्ष नेपालद्वारा अर्थ मन्त्री शाहीलाई  बधाई
राजनीति, समाचार

प्रभावकारी र जनताका पक्षमा काम गर्न भन्दै अध्यक्ष नेपालद्वारा अर्थ मन्त्री शाहीलाई बधाई

नेपालअखबार, धनगढी । नेकपा ( एकीकृत समाजवादी ) बाट सुदूरपश्चिम सरकारमा सहभागी हुनु भएका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई पाटी अध्यक्ष माधव कुमार नेपालले बधाई सहित सम्मान गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा पाटीको तर्फ बाट सरकारमा सहभागी भई महत्वपूर्ण  मन्त्रालय को जिम्मेवारी प्राप्त गरेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले खादामाला लगाएर शाहीलाई सम्मान गर्नु भएको हो । आइतबार नेकपा एकीकृत समाजवादी  सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको छैठौं बैठकलाई सम्बोधन  गर्न प्रदेश राजधानी धनगढी पुग्नु भएका अध्यक्ष माधव कुमार नेपालले मन्त्री शाहीलाई सरकारमा प्रभावकारी र जनताका पक्षमा काम गर्न समेत निर्देशन दिनुभएको छ । बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकीकृत समाजवादी पाटी सरकारमा जान पद प्राप्त गर्न कुनै पनि हतारो नभएको भएपनि परिस्थिति अनुसार आफूहरू सुदूरपश्च...
राष्ट्रपतिको निर्वाचनको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा छ -अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

राष्ट्रपतिको निर्वाचनको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा छ -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष  माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताउनु भएको छ । नेकपा एकीकृत समाजवादीको पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी पुग्नुभएका अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा भन्नुभयो  “सबै पार्टीलाई समेटेर अगाडि पढ्नुपर्छ ”, , “हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हुन्छ ।” संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले  राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा  छिटो टुङ्गाउनु राम्रो हुने बताउनु भयो  ।  प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सबलाई समेटेर जानु...
चालू आर्थिक वर्षको ६ महिनामा भएका प्रमुख काम यस्ता छन्
राजनीति, समाचार

चालू आर्थिक वर्षको ६ महिनामा भएका प्रमुख काम यस्ता छन्

नेपालअखबार, काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनामा सरकारले मुख्य १३ वटा काम गरेको छ । आर्थिक क्षेत्रको सुधार र अर्थतन्त्रलाई मजबुत बनाउनका लागि सरकारले मुख्य १३ काम गरेको जानकारी गराएको छ । आज चालू आर्थिक वर्षको बजेट समीक्षा गर्दै दर्जनभन्दा धेरै मुख्य काम गरेको जानकारी दिएको हो । चालू आर्थिक वर्षको ६ महिनामा भएका प्रमुख काम – आर्थिक वर्ष २०७९÷८० को राजस्व नीति तथा कार्यक्रम एवं कार्यान्वयन कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइएको । – आर्थिक ऐन, २०७९ ले प्रदान गरेका विभिन्न छुट सुविधाहरूको कार्यान्वयन गरिएको । – सचिव (राजस्व) को संयोजकत्वमा Mission tax  कार्यदल गठन गरी स्थलगत अनुगमन तथा सुधारको काम सुरु गरिएको । – राजस्व चुहावट नियन्त्रण समिति र अनुगमन समितिको सक्रियता बढाइएको । – राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकाय समन्वय तथा सूचना आदान प्रदानको कार्य गरिएको । ...
जनमत पार्टीमा लोसपा नेता शरद यादव प्रवेश
राजनीति, समाचार

जनमत पार्टीमा लोसपा नेता शरद यादव प्रवेश

नेपालअखबार, काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन्। यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका हुन्। लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जानकारी दिएको छ।
भ्रष्टाचारका अपराधहरूलाई कारबाही गर्ने  : अर्थमन्त्री पौडेल
राजनीति, समाचार

भ्रष्टाचारका अपराधहरूलाई कारबाही गर्ने : अर्थमन्त्री पौडेल

नेपालअखबार, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरूलाई  ‘इफ, बट इन्तु परन्तु’ नभनी बाहिर ल्याउने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षाको प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै उनले वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताकासाथ प्रस्तुत भइरहेको बताएका हुन् । अर्थमन्त्री पौडेलले सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने क्रममा स्पष्ट पारेको बताए । उनले भने,‘वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताका साथ प्रस्तुत भएको छ । सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने क्रममा नै भनेका छौँ । कुनै पनि काल खण्डका यताकता चर्चा हुने गर्छ २०४७ सालपछिका वा मल्टिपार्टी सुरु भएपछिका त्यस्तो होइन कुनै पनि कालखण्ड र कसैले ...
सरकार विश्वास र अविश्वासको अन्तरद्वन्द्वबाट अघि बढिरहेको छ : प्रचण्ड
राजनीति, समाचार

सरकार विश्वास र अविश्वासको अन्तरद्वन्द्वबाट अघि बढिरहेको छ : प्रचण्ड

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विश्वास र अविश्वासको अन्तरद्वन्द्वबाट अघि बढेको टिप्पणी गरेका छन् । केन्द्रीय बागमती प्रदेश समन्वय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले ढुक्कको स्थिति भने नभएको स्पष्ट पारे । सरकारले विश्वासको मत पाएपछि अविश्वास सृजना भएको प्रचण्डले बताए । ‘हामीले जुन दिन झण्डै सतप्रदेशत विश्वासको मत प्राप्त गरियौं । त्यतिबेलादेखि नै अविश्वास सृजना भयो’ प्रचण्डको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी चुनौति र अवसरको दोसाँधमा भएको अवस्थामा केही गरेर छोड्ने संकल्प दिनुपर्ने छ ।’ राष्ट्रपतिका विषयमा एक शब्द उल्लेख नगरेका प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा चयन गर्नुपर्ने आशय व्यक्त गरेको ती केन्द्रीय सदस्यले बताए । विगतका अनुभवलाई समेत केलाउँदा सबै दलको सहमति भएमा अघि बढ्नुपर्ने बताएको प्रचण्डले बताएका...
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
राजनीति, समाचार

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

नेपालअखबार,काठमाडौँ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो। वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका...
राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै आयोगमा निवेदन
राजनीति, समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै आयोगमा निवेदन

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै  युवराज सफलले निवेदन दर्ता गराएका हुन् । ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२)को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा दाबी गरिएको छ । पार्टीले दर्ता हुनको लागि पुरा गर्नुपर्ने न्यूनतम मापदण्ड नै पुरा नगरी दर्ता गरेकोले तत्काल सो पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट स...
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
राजनीति, समाचार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

नेपालअखबार, काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । सरकारमा भएर पनि सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा सत्तारुढ गठबन्धनमा रहेका जसपा नेपाल भने बैठकमा अनुपस्थित रहेका छन् । यसअघिको बैठकमा पनि यी दलहरू अनुपस्थित रहेका थिए । आजको बैठकमा आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको विषयमा दलहरुबीच विवाद रहेको छ । अघिल्लो बैठकमा सत्तारुढ दलबीच चर्काचर्की नै परेको थियो ।...
आज प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

आज प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०७९/२०८० को बजेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सन्दर्भमा वक्तव्य दिने कार्यसूची रहेको छ। सभामुख देवराज घिमिरेले नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित कर्मा घलेको निधनप्रति शोक प्रस्ताव प्रस्तत गर्ने अर्को कार्यसूची रहेको छ। बैठक दिउँसो ३ बजे शुरु हुनेछ।...