Wednesday, July 22

राजनीति

शहरबजारका जनताकाे लागि मात्र हाेइन सिंहदरवार  : खानेपानी मन्त्री खान
राजनीति, समाचार

शहरबजारका जनताकाे लागि मात्र हाेइन सिंहदरवार : खानेपानी मन्त्री खान

नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानी साथै सरसफाइ जनताकाे जिवनसंग जाेडिएका विषय भएकाले कुनै लापरवाही  हुन नदिने बताएका छन् । शहरबजारका जनताकाे लागि मात्र हाेइन सिंहदरवार गाँउवस्ति सम्म पुग्ने याेजना रहेकाे मन्त्री खानले जानकारी दिए । खानेपानी मन्त्री खानले  ७५३ पालिकालाई पत्राचार गरिएकाे जान्कारी दिए  । नेपाली जनताकाे वास्तिवक रूपमा खानेपानी तथा सरसफाइमा कस्ताे अवस्था रहेकाे छ जानकारी  लिन स्थानीय निकायसंग सहकार्य गर्न लागेकाे बताएका छन् । मेराे  पहिलाे प्राथमिकता  नेपाली जनताकाे घरदैलाेमा शुद्धखानेपानी साथै सरसफाइका विविध याेजनाहरू पुगेका छन् कि नाइ साे विषायकाे जानकारी लिएर  अघि बढ्ने बताए । मन्त्री खानले भने नेपाल सरकारले लिएको एक घर एक धाराको नीति, दिगो विकास लक्ष्यले निर्धारण गरेका लक्ष्यहरूको यथार्थ चित्रण तथा लक्ष्य पूरा गर्न अवलम्बन गर्नुपर्ने योजना ख...
महत्वपूर्ण निर्णय गर्दै अखिल नेपाल महिला संघ समाजवादीको चौथो बैठक सम्पन्न
राजनीति, समाचार

महत्वपूर्ण निर्णय गर्दै अखिल नेपाल महिला संघ समाजवादीको चौथो बैठक सम्पन्न

नेपालअखबार, काठमाडौं । अखिल नेपाल महिला संघ ( समाजवादी ) को चौथो बैठक सम्पन्न भएको छ । सोमबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न बैठकले नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) को माघ २१-२२,  मा ललितपुरमा सम्पन्न केन्द्रिय कमिटीको बैठकको निर्णय र यस अघि २०७९ पौष २४ गते पार्टी केन्द्रीय कमिटीबाट जारी असनि-३ बमोजिम जनसङ्गठनको पुनर्गठन गर्नु  पर्ने जिम्मेवारी समेतलाई ध्यानमा राखी विभिन्न कार्ययोजना तयार गरेको छ । बैठकले  संगठन निर्माणको लागि अखिल नेपाल महिला संघ ( समाजवादी ) ले महत्वपूर्ण उपलब्धि हासिल गरेको समीक्षा गर्दै   संगठनको नियमित बैठक गर्ने, सङ्गठित नेता-कार्यकर्तालाई प्रशिक्षित गर्ने, महिला माथि समाजमा विद्यमान हिंसा र भेदभावको अन्त्यका लागि महिलाहरूलाई जागरुक बनाउने, सदस्यता प्रदान गर्ने,नविकरण गर्ने, संगठनको सदस्यता र कमिटीहरूको तथ्याङ्क अद्यावध...
गण्डकी प्रदेशसभाको बैठक बस्दै
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै

नेपालअखबार, कास्की । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए । गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेका थिए । आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ । प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकामान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ ।...
जग्गाको वर्गीकरण  छिटो होस् : भूमि व्यवस्था मन्त्रालय
राजनीति, समाचार

जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था मन्त्रालय

नेपालअखबार, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका बेला मन्त्रालयले यस्तो अनुरोध गरेको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जग्गाको वर्गीकरण छिटो भएमा विकासको योजनाबद्ध प्रक्रिया र जनताले भोगिरहेका समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए । मन्त्रालयले मालपोत र नापी कार्यालयमार्फत स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । उनले भने, “स्थानीय तहले सकेसम्म चाँडो जग्गाको वर्गीकरण गरिदिए भूमिसम्बन्धी आएका धेरै समस्या र गुनासा समाधन हुनेछ, प्राविधिक पक्षमा सहयोग पुर्याउन मातहतका नापी र मालपोत कार्यालयलाई निर्देशन भइसकेको छ ।” भूमिलाई समयमै योजनाबद्ध ढङ्गबाट ...
यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै
राजनीति, समाचार

यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

नेपालअखबार, काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् । पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । उनको भ्रमण नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको पहिलो उच्चस्तरीय र सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले औपचारिक भ्रमणपछि अमेरिकाबाट हुन लागेको उच्चस्तरीय भ्रमण हो । राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उनी ७ फेब्रुअरीमा फर्किने कार्यक्रम गरहेको छ । यूएसएडको विज्ञप्तिअनुसार भ्रमणका क्रममा पावरले नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो...
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी :प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी :प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयमा रहेका विधेयकहरु अगाडि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा उनले जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई चालु अधिवेशनमै संसदमा लैजानुपर्ने बताएका एक मन्त्रीले जानकारी दिए । सोमबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले सबै दलका प्रमुख सचेतक र प्रतिनिधिहरुलाई बोलाएर नागरिकता ऐन, संघीय निजामती सेवा ऐन, एकीकृत शिक्षा ऐनलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउन चाहेको बताएका थिए । संविधान कार्र्यान्वयनसँग समेत जोडिएका विधेयकहरु अगाडि बढाउने सरकारको तयारी रहेको दलहरुलाई जानकारी गराएका प्रचण्डले मन्त्रीहरुलाई पनि विधेयकहरु छिटो अघि बढाउन निर्देशन दिएका हुन् । संसदको चालु अधिवेशनबाटै नागरिकता विधेयक, संघीय निजामती सेवा विधेयक, मिडिया काउन्सिल विधेयक, सम्पत्ति शुद्धिकरणसम्बन्त्री विधेयक, आ...
कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी हुन्छौं : उपाध्यक्ष पाण्डे
राजनीति, समाचार

कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी हुन्छौं : उपाध्यक्ष पाण्डे

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी हुने बताएका छन् । अहिलेको सरकारमा एमालेसहित विभिन्न विचार र दृष्टिकोण बोक्ने पार्टी भएकाले यस्तै अवस्थामा सहभागी नहुने पाण्डेले बताए । ‘हाम्रो नीति तत्काल सरकारमा सहभागी हुने भन्ने छैन । सरकारमा जान प्रधानमन्त्री ज्यूले प्रस्ताव गर्नुप¥यो त्यसपछि बैठकबाट निर्णय गर्नुपर्ने प¥यो । त्यसै सरकारमा जाने भन्ने हुँदैन’  पाण्डेले भने, ‘अहिले एमालेसहित अरु पार्टी सरकार हुँदा हामी जाँदैनौं ।’ उनले एमाले बाहेक पुरानै गठबन्धन ब्यूताउन गृह कार्य भइरहेको पनि बताए । त्यसका लागि दलहरुले समेत भूमिगत रुपमा संवाद जारी राखेको उनले बताए । रास्वपा सरकारबाट बाहिर निस्किएपछि भूमिगत संवादले तीव्रता लिएको नेताहरुले बताएका छन् ।...
टर्की भूकम्प: प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त
राजनीति, समाचार

टर्की भूकम्प: प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान टर्कीमा गएको भूकम्पमा परी दर्जनौं मानिसको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्- टर्कीमा आएको विनाशकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु। स्थानीय समयअनुसार आज बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। ७.८ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म २ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। सयौं ...
राष्ट्रियसभाबाट तीन विधेयक पारित
राजनीति, समाचार

राष्ट्रियसभाबाट तीन विधेयक पारित

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकमा  अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। त्यसैगरी उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीकोतर्फबाट पेश गरेको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पारित गरिएको छ। बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७  पारित गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पेश गरेकी थिइन्। राष्ट्रिय सभाको अर्को बैठक यह...
राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
राजनीति, समाचार

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित भएकी छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको  हो ।  राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम सभा सदस्य अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । उनले भने, ‘सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम सभाका सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभ...