संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्न प्रचण्ड–ओली सहमत
नेपालअखबार, काठमाडौँ । भावी राष्ट्रपतिको विषयमा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो छलफल भएको छ । सोमबारयता प्रचण्ड र ओलीबीच दैनिक जसो भेटवार्ता भइरहेको छ । बुधवार एमाले अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीचको कुराकानीमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएर छलफल गर्न दुवै नेता सहमत भएका छन्
‘उच्चस्तरीय संयन्त्रको बैठक बस्छ । त्यो बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ, सहमतिबाटै अघि बढ्ने प्रयास हुन्छ’, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिए । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ एमाले र कांग्रेसले आआफ्नै उम्मेदवार उठाउने तयारी गरेका छन् । एमाले र कांग्रेसले फरक फरक उम्मेदवार उठाउने भएपछि सत्तारुढ दल एमाले र माओवादीको राष्ट्रपतिबारे फरक फरक धारणा सार्वजनिक भइरहेक...










