Tuesday, July 21

राजनीति

आगलागीबाट क्षति पुगेको गोरखाको पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्रीसँग माग
राजनीति, समाचार

आगलागीबाट क्षति पुगेको गोरखाको पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्रीसँग माग

नेपालअखबार, काठमाडाैं । आगलागीबाट क्षति पुगेको गोरखाको हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जनप्रतिनिधि र नेताहरूले माग गरेका छन्। चुमनुब्री गाउँपालिका २ ल्हो गाउँमा रहेको गुम्बामा गत माघ १० गते आगलागी भएको थियो। आगलागीबाट गुम्बा जलेर नष्ट भएको थियो भने करोडौंको क्षति भएको अनुमान गरिएको छ। करिब दुई सय वर्ष पुरानो गुम्बा आगलागीबाट क्षति भएकोले पुनर्निर्माणमा सहयोग गरिदिन प्रधानमन्त्री प्रचण्डसँग माग गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए। ‘हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरिदिन अनुरोध गरिएको हो,’ उनले भने। गुम्बा आगलागी भएपछि निरीक्षणका लागि गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपाने र गोरखाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख माघ ११ मा ल्हो पुगेर फर्केका थिए। उनीहरूले पनि गुम्बा पुनर्निर्मा...
समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली : सभामुख घिमिरे
राजनीति, समाचार

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली : सभामुख घिमिरे

नेपालअखबार,काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताएका छन् । शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै यस्तो धारणा राखेका हुन् । ‘नेपाली जनताको अधिकार प्राप्तिको सङ्घर्षमा चार शहीदको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु’, घिमिरेले भनेका छन्, ‘उहाँहरुकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएका छौँ ।’ घिमिरेले नेपालमा मूलतः राजनीतिक सङ्घर्षको समय सकिएर विकास र समृद्धिको समय आएको पनि सो सन्देशमा बताएका छन् । उनले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसके मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।...
प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र  काठमाडौं महानगरपालिकाका मेयर बालेन  शाहबीच भेटवार्ता भएको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ । थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर शाहले संघीय सरकारको साथ खोज्दै आएका छन् । रवि लामिछाने गृहमन्त्री हुँदा पनि यसअघि सहयोग गर्न आग्रह गर्दै आएका थिए ।...
प्रहरीको गोली लागेर ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु
राजनीति, विदेश, समाचार

प्रहरीको गोली लागेर ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु

नेपालअखबार, काठमाडौं । प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा दासमाथि एक प्रहरीले गोली हानेका थिए । गोली लागेलगत्तै उनलाई हवाई एम्बुलेन्समार्फत् उपचारका लागि भुवनेश्वरस्थित एक निजी अस्पताल लगिएको थियो । चिकित्सकहरुले स्वास्थ्यमन्त्री दासलाई बचाउन कोसिस गरे पनि असफल भएको बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकलगायतले स्वास्थ्यमन्त्री दासको निधनप्रति शोक व्यक्त गरेका छन् । स्वास्थ्यमन्त्री दासको हत्याको कारण खुलेको छैन । मुख्यमन्त्री पटनायकले घटनाको अनुसन्धान गर्न क्राइम ब्रान्चलाई जिम्मा दिइएको बताएका छन् । सन् २०१९ को विधानसभा चुनाव अगाडि दासले कांग्रेस पार्टी परित्याग गरी बीजु जनता दल -बीजेडी)मा प्रवेश गरेका थिए । बीजेडीका वरिष्ठ न...
शहीदका सपना पूरा गर्न हातेमालो गरौं : प्रचण्ड
राजनीति, समाचार

शहीदका सपना पूरा गर्न हातेमालो गरौं : प्रचण्ड

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उहाँले शहीदका सपना पूरा गर्न आह्वान गरेका हुन् । शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘शहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु’, सन्देशमा भनिएको छ । प्रधानमन्त्री दाहाललले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन...
मन्त्री खानंद्वारा जिल्ला कारागार बर्दियाकाे अनुगमन
राजनीति, समाचार

मन्त्री खानंद्वारा जिल्ला कारागार बर्दियाकाे अनुगमन

नेपालअखबार, बर्दिया । जनमत पार्टीका उपाध्यक्ष तथा संघीय खानेपानी मन्त्री अब्दुल खानंले गृह जिल्लामा रहेकाे जिल्ला कारागार बर्दियाकाे अनुगमन गरेका छन् । अनुगमनकाे क्रममा खानेपानी मन्त्री खानंले कारागार भित्र खानेपानी तथा सरसफाईकाे अवस्था बारे जानकारी लिएका थिए । साथै उनले कारागार भित्रकाे अवस्था जाचंबुझ गर्दै कैदीहरुकाे गुनासाे समेत सुनेका थिए । अनुगमन पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै खानेपानी मन्त्री खानंले जनताको मौलिक हकसँग जोडिएको खानेपानी र सरसफाइ क्षेत्रसंग सम्बन्धित आयोजनाहरुलाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढिरहेको बताए । विशेषगरी तराई क्षेत्रमा देखिएको आर्सेनिक लगायतका समस्या समाधान गर्न विशेष याेजना बनाएर मन्त्रालय अघि बढ्ने समेत उनले बताए । खानेपानी विनाकाे जिवनकाे कल्पना समेत गर्न नसकिने बताउँदै मन्त्री खानंले अब सरकारले पनि बाेतल र जारबाट खानेपानी उत्पादन गर्ने या...
महिला वडा सदस्यको सशक्तीकरणका लागि प्रशिक्षण
राजनीति, समाचार

महिला वडा सदस्यको सशक्तीकरणका लागि प्रशिक्षण

नेपालअखबार, ललितपु । महिला वडा सदस्यहरूको सशक्त आवाज र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । ललितपुर महानगरपालिका र साथी संस्थाको संयुक्त आयोजनामा आइतबारदेखि सुरु भएको कार्यक्रममा निर्वाचित वडा सदस्यहरूले स्थानीय सरकारका विधि, प्रक्रिया, तथा गतिविधिमा सहभागीका अनुभव, गरेका काम, अर्थपूर्ण सहभागिताको सुनिश्चितताका लागि व्यहोर्नुपरेका चुनौतीलगायत विषयमा छलफल भएको थियो । उद्घाटनसत्रमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य डा आरजु राणा देउवाले लामो राजनीतिक सङ्घर्षपछि जारी भएको नेपालको संविधानले महिला हक–अधिकारका सम्बन्धमा विभिन्न व्यवस्था गरेको बताइन् । साथै उनले अझै पनि समाजमा महिलाविरुद्ध हुने भेदभाव कायमै रहेको उल्लेख गर्दै भेदभाव हटाउनका लागि महिला सशक्तीकरणको आवश्यकता औँल्याइन् । कार्यक्रममा महानगरका प्रमुख ...
काठमाडौं आइपुगिन् अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड
राजनीति, समाचार

काठमाडौं आइपुगिन् अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड

नेपालअखबार, काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आइपुगेकी छन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्ड दुई दिन नेपालमा  रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछिन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन्। अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत उनले अवलोकन गर्नेछिन् ।...
सूचना वर्गीकरणप्रति प्रधानमन्त्रीको चासो, बोलाए छलफल
राजनीति, समाचार

सूचना वर्गीकरणप्रति प्रधानमन्त्रीको चासो, बोलाए छलफल

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि छलफल गर्ने भएका छन् । मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध सुरु भएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले उक्त वर्गीकरणप्रति चासो व्यक्त गर्दै छलफल गर्न लागेका हुन् । सूचना वर्गीकरणका विषयमा व्यक्त भएका चासोका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । ‘भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । आइतबार कांग्रेसका नेता शेखर काइरालाले संविधानले ग्यारेन्टी गरेको ‘सूचनाको हक’ लोकतन्त्र, नागरिक शसक्तीकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक भएको भन्दै त्यसलाई कम...
छिट्टै खानेपानीमा सलबलाई रहेका माफियाकाे अन्त्य हुँदै : खानेपानी मन्त्री अब्दुल खानं
राजनीति, समाचार

छिट्टै खानेपानीमा सलबलाई रहेका माफियाकाे अन्त्य हुँदै : खानेपानी मन्त्री अब्दुल खानं

नेपालअखबार, बाँके ।  बाँके जिल्लामा अवस्थित  राप्ती खानेपानी फिल्टर स्टेसन याेजनाकाे निरिक्षण खानेपानी मन्त्री अब्दुल खानंले गरेका छन् । निरिक्षणकाे त्रममा  मन्त्री खानंले  अब छिट्टै खानेपानीमा सरबलाई रहेका माफियाहरूकाे अन्त्य हुने बताएका छन् । खानेपानी नै जिवन हाे तर व्यवसायकाे नाममा खानेपानी बिक्रिविरण गर्ने त्रममा जनता लुट्न पाइदै भने  । खानेपानी विनाकाे जिवनकाे कल्पना समेत गर्न नसकिने बताउदै मन्त्री खानंले भने अब सरकारले पनि खानेपानी  बाेटल र जारबाट  खानेपानी  उत्पादन गर्ने याेजना बनाइ कार्यन्वयन गर्ने  बताए  । कर्मचारीलाई  खानेपानी जनताकाे  घर सम्म सहजरूपमा वितरण गर्न निर्देशन दिएका छन् ।  खानेपानी जनताकाे  माैलिक हकमा नै पर्ने  हुदाँ जनताकाे अधिकारसंग कसैले खेलवाड गर्न नहुने यदि खेलवाड गरेकाे पाइएमा जाेकाेहिलाई पनि कार्वहिकाे दायरामा ल्याइने बताए । इमान्दारीका साथ काम गर्न  कर्मचा...