प्रधानमन्त्री प्रचण्डले भने- चुनौतीपूर्ण अवस्थामा छु, मैले देशलाई नयाँ उत्साह दिनैपर्छ
नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताएका छन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै आफूले देशलाई नयाँ उत्साह दिनुपर्ने बताए ।
उनले भने, ‘अर्थतन्त्रको स्थिति तपाईंहरूलाई थाहा नै छ । समाज निराशातिर जाने हो कि भन्नेखालका आशंका छन् । यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु । तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्नेछ । शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गर्नुछ । यसका लागि तपाईंहरूको पनि सहयोग रहने मेरो विश्वास छ ।’
उनले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने बताए । गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको प्रधानमन्त्री प्रचण्डको भनाइ ...










