Friday, July 17

राजनीति

आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै
राजनीति, समाचार

आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै छ । विश्वासको मत दिएका दलहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।  सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय भागबन्डामा सहमति जुटाइएको छ । प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् । नवनियुक्त मन्त्रीलाई आजै शपथ खुवाउने शितलनिवासको तयारी छ ।...
आज उपसभामुख चापागाईंले शपथ लिने
राजनीति, समाचार

आज उपसभामुख चापागाईंले शपथ लिने

नेपालअखबार, । बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न भएकी छिन् । शपथ ग्रहण कार्यक्रम बिहान ११: ३० बजेको लागि तय भएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ । उनले आज प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्ने छिन् ।  सोमबारको प्रदेशसभा बैठकबाट ६१ जना सांसदको समर्थनमा प्रदेशको उपसभामुख पदमा निर्वाचित भएकी उनले आजै शपथ पश्चात पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । उनको शपथ ग्रहणका लागि प्रदेश प्रमुख कार्यालय हेटौंडाले आवश्यक तयारी गरिसकेको जनाएको छ ।...
राप्रपाले तीन मन्त्री पाउने तय पाण्डे र राणाबीच रस्साकस्सी
राजनीति, समाचार

राप्रपाले तीन मन्त्री पाउने तय पाण्डे र राणाबीच रस्साकस्सी

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीन मन्त्री पाउने तय भएको छ । सत्ता साझेदार दलमा सोमबार भएको सहमतिअनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा र सहरी विकासका साथै महिला बालबालिका वा खेलकुद मन्त्रालय मध्ये एक मन्त्रालय पाउने तय भएको हो । जसमा उपप्रधानसहित ऊर्जा मन्त्री पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन हुने निश्चित भएको छ । यस्तै नेता ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने मोटामोटी सहमति भएको छ । तर, अर्को मन्त्री छान्न भने सो पार्टीलाई सकस पर्ने देखिएको छ । मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबीच हानथाप देखिएको हो । उसो त जुम्लाबाट निर्वाचित ज्ञानेन्द्र बहादुर शाहीले पनि मन्त्री बन्ने आकांक्षा देखाएको भए पनि उनी यो पटक मन्त्री नबन्ने बताइएको छ । राप्रपा स्रोतका अनुसार लिङ्देन र प्रधान मन्त्री बन्ने निश्चित भए पनि पाण्डे र राणाब...
मन्त्रालय भागवण्डा टुंगियो, मन्त्रिपरिषद् विस्तार आज हुने
राजनीति, समाचार

मन्त्रालय भागवण्डा टुंगियो, मन्त्रिपरिषद् विस्तार आज हुने

नेपालअखबार, काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छन् । आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । त्यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । ‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गर्यौं । भोलि मन्त्रीसहित सार्वजनिक गर्ने छौं,’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले भने, ‘यहाँ भएको सहमतिबारे आ-आफ्नो पार्टीमा छलफल गर्छौं र एक बजे भन्दा अगाडि परिर्वतन पनि हुनसक्छ ।’ स्रोतका अनुसार सत्ता गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने छ । माओवादी केन्द्रले ४ मन्त्रालय लिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले ३्/३ वटा मन्त्रालय पाउने भएको छ । मा...
वैदेशिक रोजगार सम्बन्धी कानून व्यवसाय र कामदार मैतृ हुनुपर्छ – नेता प्रकाश ज्वाला
राजनीति, समाचार

वैदेशिक रोजगार सम्बन्धी कानून व्यवसाय र कामदार मैतृ हुनुपर्छ – नेता प्रकाश ज्वाला

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव तथा सांसद् प्रकाश ज्वालाले वैदेशिक रोजगार सम्बन्धी कानून व्यवसाय र कामदार मैतृ हुनुपर्नेमा जोड दिनुभएको छ । आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै घोषणा भएको डा. इश्वर जि.सीको नेतृत्वको प्यानल घोषणा कार्यक्रममा बोल्दै नेता ज्वालाले वैदेशिक रोजगार ऐन ०६४ लाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दै लैजानु पर्नेमा जोड दिुनुभयो । नेता ज्वालाले राज्यले वैदेशिक रोजगार व्यवसायीहरुसँग लिएको १७ अर्ब वढी  धरौटी रकम डम्पिङ भएको प्रसङ्ग निकाल्दै उक्त रकम सहित श्रमिकहरुले कमाएको रकमको सुनिश्चितता र सुरक्षित लगानीको अवसर राज्यले सृजना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवा शुल्कको नाममा अनावश्यक र्याई र्याई भै रहेको भन्दै सस्तो लोकप्रियताले पनि त्यति राम्रो नगर्ने बताउनु भयो  श्रमिक व्यवसायी र सरकारको ताद...
सत्ता साझेदार दलको बैठक सुरु, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी
राजनीति, समाचार

सत्ता साझेदार दलको बैठक सुरु, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

नेपालअखबार, काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ पौने ६ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । बालुवाटार बैठक अघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै ५ घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो । छलफल सकेर बाहिर निस्कने क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को पूर्णताबारे आजै टुंगो लाग्ने प्रतिक्रिया दिएका थिए ।...
नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेकपा माओवादी केन्द्र सम्बद्ध व्यवसायी संयुक्त प्यालन
राजनीति, समाचार

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेकपा माओवादी केन्द्र सम्बद्ध व्यवसायी संयुक्त प्यालन

नेपालअखबार, काठमाडौ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र सम्बद्ध व्यवसायी संयुक्त प्यालनसहित चुनावमा गएका छन् । माओवादीको समर्थन बाट डा. ईश्वर जिसीलाई अध्यक्ष, एकीकृत समाजवादी तर्फबाट बाबुराम खड्कालाई द्वितीय उपाध्यक्षको उम्मेदवार बनाई १७ सदस्यिय प्यानल तयार गरी आइतबार काठमाडौंमा उम्मेद्वार घोषणासभा गरेको छ यही माघ ६ मा सम्पन्न हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा संघलाई सर्वसहमतको प्रयार वाट साझा उम्मेद्वारी दिने काम असफल भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फवाट प्यानल तयार भएको बताइएको छ घोषणा सभामा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको उपस्थितिमा घोषणासभा सम्पन्न भएको हो । सो प्यानलबाट जिसीको अध्यक्षतामा प्रथम उपाध्यक्षमा धनलाल जैसी, द्वितिय उपा...
चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई
राजनीति, समाचार

चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई

नेपालअखबार, काठमाडाैं । नेपालका लागि चीनका नयाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। भेटमा राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै उनले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा चीन सधैँ साथमा रहने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद व्यक्त गर्दै आफ्नो तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए। राजदूत सोङले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका ...
विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय
राजनीति, समाचार

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय

नेपालअखबार, काठमाडौं । सरकारले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।  पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए । आइतबार काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।  पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए ।...
विमान दुर्घटना हुँदा मन्त्रिपरिषद् विस्तार रोकियो
राजनीति, समाचार

विमान दुर्घटना हुँदा मन्त्रिपरिषद् विस्तार रोकियो

नेपालअखबार, काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । आइतबार बिहान काठमाडौँबाट पोखरा जाँदै गरेको विमान पोखरा महानगरपालिकास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा विमानमा सवार ७२ जनामध्ये ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्य बेपत्ता छन् । भयानक विमान दुर्घटनापछि सरकारको सम्पूर्ण ध्यान उद्धारतर्फ केन्द्रित रहँदा आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता साझेदार दलका नेताहरुबीच अब थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गरिने स्रोतका भनाइ छ ।  यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद्को विस्तारक...