Thursday, July 16

राजनीति

मन्त्रिपरिषद विस्तारमा ओलीजी र म सहमतिनजिक छौं : प्रचण्ड
राजनीति, समाचार

मन्त्रिपरिषद विस्तारमा ओलीजी र म सहमतिनजिक छौं : प्रचण्ड

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू सहमति नजिक रहेको बताएका छन् । शनिबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले संघीय सरकार र प्रदेश सरकारको मन्त्री भागवण्डा सहमति नजिक रहेको बताएका हुन् । शनिबार विहान पनि एमाले अध्यक्ष ओलीसाग भेट भएको र सहमतिको नजिक पुगेको उनको भनाइ छ । सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा विवाद हुँदा संघीय सरकार र प्रदेश सरकारहरुमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । नियुक्त भइसकेका कतिपय मन्त्रीहरुको पनि जिम्मेवारी तोकिएको छैन ।...
मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ: प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ: प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको शनिबार विमोचन प्रधानमन्त्री दाहालले गोरखाका ठूला विकासका परियोजना निर्माणमा आफ्नो ध्यान गएको बताए। ‘अहिले ४६ वर्षपछि गोरखाको जनप्रतिनिधिका रूपमा निर्वाचित भएर देशको कार्यकारी प्रमुखको भूमिकामा छु। बूढीगण्डकी जलविद्युत् आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक निर्माण, जिल्लाको कृषि, पर्यटन र जडीबुटीको विकासमा मेरो ध्यान गएको छ,’ उनले भने। गोरखाको जनप्रतिनिधि नहुँदा पनि जिल्लाको समृद्धिमा आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने,...
माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटघाट
राजनीति, समाचार

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटघाट

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए । दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरुले राष्ट्रपति चुनावलाई लक्षित गर्दै राजनीतिक भेटघाट बढाएका छन् । राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको पनि नेताहरुले खुलाएका छन् । एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुन सक्ने नेताहरुले बताएका छन् ।...
स्वास्थ्य सेवामा आम समुदायको सहज सुलभ र समान पहुँच स्थापित हुनु पर्छ उपराष्टपति पुन
राजनीति, समाचार

स्वास्थ्य सेवामा आम समुदायको सहज सुलभ र समान पहुँच स्थापित हुनु पर्छ उपराष्टपति पुन

नेपालअखबार, काठमाडौ । नेपाल अर्वुद रोग निवारण संस्थाको ३२ औं  साधारणसभा सम्पन्न भएको छ । शुक्रबार भक्तवुरको बोडेमा संस्थाको ३२ औं  साधारणसभालाई उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको हो ।  साधारण सभाको उद्घाटन गर्दै उपराष्टपति पुनले  आम समुदायको आधारभुत स्वास्थ्य सेवामा समान पहुँच  हुनुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य सेवामा आम समुदायको सहज सुलभ र समान पहुँच अभिवृध्दि गर्नुपर्नेृमा सरकारलाई  ध्यानाकर्षण गराउनु भयो । उहाँले उपभार अभावमा मृत्युवरण गर्नुपरेका घटनाहरु दुखद भएको बताउनु भयो । क्यान्सर जस्तो रोगको नियन्त्रण् र निवारणमा नेपाल अर्वुद रोग निवारण संस्थाले उल्लेखनिय भूमिेका निर्वाह गरेको भन्दै विश्वमा मानव जगतले नयाँ नयाँ रोगको सामना गरीरहनु परेको र त्यसवाट हामी नेपालीहरु पनि अछुतो नभएको बताउनु भयो । क्यानसरकै कारण वर्षेनि ३६ हजार नेपालीलाई सताउने गरेको र १५ देखि १७ हज...
अनेरास्ववियु बागलुङको जिल्ला अधिवेशनको तयारी तीव्र
राजनीति, समाचार

अनेरास्ववियु बागलुङको जिल्ला अधिवेशनको तयारी तीव्र

नेपालअखबार,  बागलुङ। नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङको जिल्ला अधिवेशन यहि माघ १३ र १४ गते हुने भएको छ । अनेरास्ववियु जिल्ला कमिटिको बुधबार बसेको बैठकले केन्द्रिय निर्देशन अनुसार जिल्लाको अधिवेशनको तयारी शुरु गरेको छ । बैठकलाई सम्बोधन गर्दै अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले संगठन बिस्तार गर्नका लागि विद्यार्थीहरुको सहभागिता गराउन सामाजिक, रचनात्मक कार्यक्रमहरुलाई विशेष जोड दिनुपर्ने बताउनुभयो । पौडेलले अधिवेशन बाट संगठनका निम्ति निश्वार्थ ढंगले काम गर्ने नेतृत्वलाई अघि बढाउन निर्देशन दिनुभयो । बैठकमा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज शेखर खड्का (झलक), अनेरास्ववियु केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला सह–इन्चार्ज शिव शर्मा लगायतले केन्द्रको निर्देशन बारे जानकारी गराउनु भएक...
भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार  कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताए । “प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ”, उनले भने, “यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुनुपर्यो, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ ।” एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै उनले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुनेमा जोड दिँदै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रह...
मन्त्रीहरुलाई अनिवार्य नेपाली पोशाक लगाउने व्यवस्था गर्नुपर्छ :  पाण्डे
राजनीति, विचार, समाचार

मन्त्रीहरुलाई अनिवार्य नेपाली पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : पाण्डे

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एकपटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । पाण्डेले सरकारी कार्यालयमा कर्मचारीहरुले हप्ताको एकपटक नेपालमा उत्पादित पोशाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गरे । उनले मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरुले अनिवार्य रुपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । उनले आगामी दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरुको प्रोत्साहन गर्नुपर्ने बताए । उनले आफू बागमती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट...
नेकपा एकीकृत समाजवादीमा घनश्याम भुसाल प्रवेश
राजनीति, समाचार

नेकपा एकीकृत समाजवादीमा घनश्याम भुसाल प्रवेश

नेपालअखबार, काठमाडौँ । वामपन्थी वैचारिक नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार नेता भुसाल समाजवादीमा प्रवेश गरेका हुन् । भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । राजधानीमा आयोजित भुसालको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसअघि नेकपा एमालेका नेता समेत रहेका भुसाल सो पार्टी परित्याग गरी रुपन्देही -१ बाट (स्वतन्त्र) निर्वाचन लडेका थिए ।...
सरकार किन मन्त्रिपरिषद विस्तारमा अलमल
राजनीति, समाचार

सरकार किन मन्त्रिपरिषद विस्तारमा अलमल

नेपालअखबार, काठमाडाै।  सरकार किन मन्त्रिपरिषद विस्तारमा अलमल रहेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाए। विश्वासको मत पाएको तीन दिनसम्म पनि प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। उनले तीन जनाबाहेक अरू मन्त्रीलाई जिम्मेवारीसमेत दिएका छैनन्। प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री बिष्णु पौडेल, भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रवि लामिछाने छन्। एमालेका तर्फबाट मन्त्री बनेका ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानले अहिलेसम्म कुनै जिम्मेवारी पाएका छैनन्। मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्डले बिहीबार सत्ता गठबन्धनको बैठक बोलाएका थिए। गठबन्धनका कतिपय नेताहरू काठमाडौं बाहिर भएकाले बैठक बस्न सकेन। शुक्रबार पनि गठबन्धनको बैठक तय भएको छैन। प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीस...
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले  विश्वासको मत पाए
राजनीति, समाचार

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाए

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। प्रदेश सभाको आज बसेको बैठकमा अधिकारीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो। मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ मध्ये २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरी ३१ सांसदले विश्वासको मत दिएका थिए। ज्येष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका एमाले सांसद मित्रलाल बस्यालले भने मतदानमा भाग लिएनन्। ६० सदस्य रहेको प्रदेश सभामा २७ सिटसहित सबभन्दा ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मत दिएर प्रमुख प्रतिपक्षी दल बनेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठन गर्न आह्वान गर्दा मुख्यमन्त्रीमा अधिकारीलाई समर्थन दिएका सांसद राजीव गुरूङ 'दीपक मनाङे' भने आजको बैठकमा उपस्थित भएनन्। अधिकारी मुख्यमन्त्रीमा पुस २५ गते नियुक्त भएका थिए। मुख्यमन्त्री अधिकारीले विश्...