Thursday, July 16

राजनीति

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। ७ दलको समर्थनमा गत पुस १० गते नेकपा माओवादी केन्द्रका संसदीय दल नेतासमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए। केही स्वतन्त्र सांसद गरी १६९ सां‌सदको प्रचण्डलाई समर्थन...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने-नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ९ बजे बस्दै छ । प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन् । कांग्रेसले पनि यसबारे निर्णय लिन आजै बिहानको लागि पदाधिकारी बैठक बोलाएको छ ।...
पुस २७ गते बिदा दिने मन्त्रिपरिषद्को निर्णय
राजनीति, समाचार

पुस २७ गते बिदा दिने मन्त्रिपरिषद्को निर्णय

नेपालअखबार, काठमाडाैं । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो। राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिँदैछन्। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ। त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। प्रधानमन्त्री दाहालसहित सत्तारूढ दलका शीर्ष नेताको उपस्थितिमा आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो।...
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

नेपालअखबार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । यसका साथै बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णयसमेत गरेको जसपाका प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले बताए ।...
सरकारको न्यूनतम साझा कार्यक्रम : चारवटा उच्चस्तरीय संयन्त्र
राजनीति, समाचार

सरकारको न्यूनतम साझा कार्यक्रम : चारवटा उच्चस्तरीय संयन्त्र

नेपालअखबार, काठमाडौं । सरकारले नागरिकको जीवनस्तर र जनजीविकालाई सम्बोधन गर्ने भन्दै चार वटा उच्चस्तरिय संयन्त्र गठनको परिकल्पना गरेको छ । सोमबार सार्वजनिक भएको न्यूनतम साझा कार्यक्रममा दुई वटा उच्चस्तरिय आयोग र दुईवटा संयन्त्रको परिकल्पना छ । १. न्यायपालिका सुधारका लागि आयोग सरकारले न्यायपालिकाको संरचनागत सुधारका लागि अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठनको परिकल्पना गरेको छ । त्यो आयोगले दिने सुझाव र सिफारिसका आधारमा न्यायपालिकामा संरचनगत परिवर्तन र सुधारको पहल हुनेछ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘आम नागरिकहरूले सहज, छरितो र निष्पक्ष न्याय पाउने सुनिश्चित गर्ने ।’ २. प्रशासनिक सुधार कार्यदल न्यूनतम साझा कार्यक्रममा अर्को कार्यदलको परिकल्पना छ । जसले नागरिक प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउन आवश्यक सुझाव दिनेछ । विज्ञ सम्मिलित उ...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
राजनीति, समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

नेपालअखबार, पाेखरा ।  नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख गुरुङसमक्ष मुख्यमन्त्री दाबी पेस गर्नुभएको थियो । यसअघि पुस २१ गते प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि आह्वान गर्नुभएको थियो । अधिकारीलाई नेकपा(एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक जनाको समर्थन छ । नवनियुक्त मुख्यमन्त्री अधिकारीले आज साँझ प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ लिनुहुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।...
बोली र व्यवहारमा सामञ्जस्य होस्, हामी  चाहन्नौं कि छिनछिनमा सरकार परिवर्तन होस् -अध्यक्ष नेपाल
राजनीति, समाचार

बोली र व्यवहारमा सामञ्जस्य होस्, हामी चाहन्नौं कि छिनछिनमा सरकार परिवर्तन होस् -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भन्ने मनन गर्न आग्रह गर्नुभएको छ  । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै अध्यक्ष नेपालले भन्नुभयो  परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढोस् । बोली र व्यवहारमा सामञ्जस्य आओस् ।’ सरकारले राजनीतिक स्थायित्व, सुशासन र स्वाधीनताको क्षेत्रमा केन्द्रित काम गरोस् । उहाँले भन्नुभयो , हामी पनि चाहन्नौं कि छिनछिनमा सरकार परिवर्तन होस् ।’ वर्तमान सरकारले संविधान, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै समाजवादको लक्ष्यमा जानुपर्ने बताउनु भयो  ।...
मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति, समाचार

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालअखबार, काठमाडौं । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल शुरु गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बताएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल लिएको हो । प्रधानमन्त्री प्रचण्डले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।...
गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दै
राजनीति, समाचार

गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दै

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षरसहित एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको हो । गण्डकीमा कांग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको उनले बताए । पह...
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरु राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड
राजनीति, विश्व, समाचार

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरु राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड

नेपालअबार, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद प्रवेश गरेर हंगामा मच्चाएका छन् । प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको स्थानीय मिडियालाई उद्धृत गर्दै लेखेको छ । ब्राजिलको महान्यायाधिवक्ताको कार्यालयले आइतबार देशको संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा तोडफोड गर्नेहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ । स्थानीय समाचार रिपोर्टहरूका अनुसार फुटेजमा पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरू सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा प्रवेश गरेको देखाएका छन् । अक्टोबरमा भएको चुनावमा बोल्सोनारोलाई वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पराजित गर्दै ब्रा...