Thursday, July 16

राजनीति

प्रदेश सरकार बाँडफाँटप्रति नागरिक उन्मुक्तिको असन्तुष्टि
राजनीति, समाचार

प्रदेश सरकार बाँडफाँटप्रति नागरिक उन्मुक्तिको असन्तुष्टि

नेपालअखबार, धनगढी । प्रदेश सरकार गठनको बाँडफाँटप्रति नागरिक उन्मुक्तिले असन्तुष्टि प्रकट गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलले गरेको सरकार गठनको बाँडफाँटप्रति असन्तुष्टि जनाएको हो । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले सत्ता साझेदार दलको शीर्ष नेतृत्वहरुको बैठकमा आफूहरुको पनि सहभागिता रहेपनि त्यहाँ भएको बाँडफाँटमा आफूहरुको कुनै सहमति नजाएको स्पष्ट पारे । प्रमुख सचेतक चौधरीले भने, ‘बैठकमा हामीलाई पनि बोलाइयो । हाम्रो अध्यक्षज्यू पनि सहभागी हुनुभयो । तर सहभागी हुनुको अर्थ सहमति जनाउनु होइन नि । सहमति पत्रमा हाम्रो हस्तक्षर छैन भने बाँडफाँटमा हाम्रो सहमति छैन । हामीले हाम्रो निर्णयको लागि २४ घण्टाको समय मागेका छौँ ।’ उनले आफूहरुले उठाउँदै आएको रेशम चौधरीसहित राजबन्दी रिहाइको माग मुद्दा सम्बोधन नभएसम्म सरकार गठनमा कुनै सहयोग नगर्ने बताए । सत्ता स...
प्रभु साह र अमरेशकुमार सिंह : शीतलनिवासमा प्रचण्डसँगै, संसदमा प्रतिपक्षी बेञ्च माग
राजनीति, समाचार

प्रभु साह र अमरेशकुमार सिंह : शीतलनिवासमा प्रचण्डसँगै, संसदमा प्रतिपक्षी बेञ्च माग

नेपालअखबार, काठमाडौं । रौतहट–३ बाट निर्वाचित प्रभु साह र सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन पुस १० गतेसँगै शीतलनिवास गएका थिए । उनीहरुले समेत समर्थन गर्ने भएपछि प्रधानमन्त्री दाबी गरिएको पत्रमा दुवैको नाम अन्तिममा हातैले लेखिएको थियो । तर, पुस २४ गते सांसदद्वय साह र सिंहले संसद सचिवलायलाई आफूहरु प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका छन् । संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार सांसदहरुलाई सोधेर सिट व्यवस्थापन गरिएको छ । सचिवालयका अधिकारीहरुलाई सांसदद्वय सिंह र साहले प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका हुन् । नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका प्रभु साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यही क्षेत्रबाट उनक...
प्रधानमन्त्री दाहालसँग भएको भनिएको भेटको समाचार निराधार – प्रचार विभाग प्रमुख खतिवडा
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रधानमन्त्री दाहालसँग भएको भनिएको भेटको समाचार निराधार – प्रचार विभाग प्रमुख खतिवडा

नेपालअखबार,काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका  उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेट भएको  भनिएको समाचार  निराधार भएको बताउनु भएको छ । खतिवडाले आफू विरुद्ध पटक पटक यस्ता खालका निराधार समाचारहरू विभिन्न अनलाइनहरूमा प्रकाशन भएको भन्दै त्यसको खण्डन गर्नुभएको छ । हुँदै नभएका विषयवस्तुलाई समाचार बनाएर भ्रम छर्ने काम भएको उल्लेख गर्नुभएको छ। खतिवडाले वर्तमान अवस्थामा आफूले प्रधानमन्त्री दाहाललाई भेट नगरेको र गर्नुपर्ने कुनै कारण समेत नभएको भन्दै सन्तुलित र भरपर्दो समाचार सम्प्रेषण गर्न सरोकारवालाहरूलाई आव्हान समेत गर्नुभएको छ । केही दिन अघि मात्र प्रधानमन्त्रीको निम्ता पछि  विभाग प्रमुख  खतिवडाले  प्रधानमन्त्री निवास बालुवाटार पुगेर  भेटवार्ता गर्नुभएको भन्दै विभिन्न अनलाइनमा समाचार प्रकाशित भएको थियो  ।...
नागरिक उन्मुक्ति पार्टीले भन्यो- प्रतिपक्षको लहरमा बस्छौं
राजनीति, समाचार

नागरिक उन्मुक्ति पार्टीले भन्यो- प्रतिपक्षको लहरमा बस्छौं

नेपालअखबार, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी संसदमा प्रतिपक्षको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिक उन्मुक्ति पार्टीले आफूहरू प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएको हो। सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जानकारी नागरिक उन्मुक्ति पार्टीले गराएकाले त्यही अनुसारको व्यवस्था गराएको संसद सचिवालयले जनाएको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूले सरकारलाई विश्वासको मत दिने भए पनि सरकारमा नजाने बताइन्। ‘हामीले रेशम चौधरीको रिहा नभएसम्म सरकारमा नजाने निर्णय गरेका छौं। तर सरकारलाई विश्वासको मत दिन्छौं,’ उनले भनिन्। संसदको पहिलो अधिवेशन सुरू हुनुअघि संसद सचिवालयले राजनीतिक दलहरूलाई सत्तापक्ष र प्रतिपक्षको लहरमा कता बस्ने भनेर सोध्ने गर्छ। त्यही क्रममा सचिवालयले तीन दिनअघि नागरिक उन्मुक्ति पार्टीलाई बस...
एकीकृत समाजवादी पार्टी प्रतिपक्षमै बस्ने : अध्यक्ष नेपाल
राजनीति, समाचार

एकीकृत समाजवादी पार्टी प्रतिपक्षमै बस्ने : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च (सत्तापक्ष वा प्रतिपक्ष) मा बस्ने भनेर सोधेको छ । दलहरुले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिएको छ । संसद सचिवालयका अधिकारीहरुका अनुसार ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार बिहान मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका थिए । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सन्दर्भमा एकीकृत समाजवादी सकारात्मक रहेको जवाफ दिएका थिए । तर, एकीकृत समाजवादीले संसद सचिवालयलाई भने आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन भनेको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । यसकारण सोमबारबाट सुरु हुने अधिवेशनमा एकीकृत समाजवादीले आफू...
रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता
राजनीति, विचार, समाचार

रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता

नेपालअखबार, धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत एकता भएको हो । आइतबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । संयुक्त जारी प्रेस विज्ञप्तिमा टीकापुर घटनाको राजबन्दीहरु लगायत रेशम चौधरीको रिहाइको लागि दुवै पक्षले पहल गर्ने, सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ लाई संसद्बाट पारित गराइ प्रभावकारी कार्यान्वयनमा दबाब दिने, थरुहट र मधेस आन्दोलनसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागी भएका नागरिक उन्मुक्ति र जनमत पार्टीका आस्थाका बन्दी...
नेपाल समाजवादी र माओवादीले छिट्टै एकता गर्ने
राजनीति, समाचार

नेपाल समाजवादी र माओवादीले छिट्टै एकता गर्ने

नेपालअखबार, काठमाडाैं । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गृहकार्य भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी पार्टी एकताका विषयमा कुराकानी गरेका थिए। भेटमा दुई पार्टीबीच एकता, पुस २६ मा सरकारलाई विश्वासको मत दिने विषय र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए। माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी भइरहेको छ। गत मंसिरको चुनावमा नेपाल समाजवादीका उम्मेदवारहरू पनि माओवादी केन्द्रको चुनाव चिन्ह लिई उठेका थिए। समानुपातिकतर्फ उम्मेदवार पनि माओवादीकै बन्दसूचीमा समावेश गरिएको थियो। नेपाल समाजवादी र माओवादीबी...
जिससका प्रमुख र उपप्रमुख भन्छन् -‘राष्ट्रिय सभाको सांसदलाई भोट हाल्ने अधिकार चाहियो’
राजनीति, समाचार

जिससका प्रमुख र उपप्रमुख भन्छन् -‘राष्ट्रिय सभाको सांसदलाई भोट हाल्ने अधिकार चाहियो’

नेपालअखबार, पोखरा । जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुले राष्ट्रिय सभाको सांसद निर्वाचनमा मतदानको अधिकार मागेका छन् । पोखरामा भएको राष्ट्रिय भेलाको घोषणापत्र सार्वजनिक गर्दै उनीहरुले मतदानको अधिकार मागेका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मात्रै मतदान गर्दै आएका छन् । जिससले मतदानको अधिकार पाएको छैन । यस्तै, उनीहरुले स्पष्ट कानून र श्रोत उपलब्ध नहुँदा जिससले राम्रोसँग काम गर्न नपाएको गुनासो सहित कानून निर्माणका लागि संघ र प्रदेश सरकारसँग आग्रह गरेका छन् । ‘जिल्ला समन्वय समितिले अनुगमन गरिदिएन र समन्वय गरिदिएन भनेर प्रश्न आइरहेको हुन्छ । हाम्रा कामहरु धेरै छन् । कल्पना गर्नुस् तः घोडा दिने, दाना नदिने, पानी नदिने अनि त्यो घोडाले काम गर्न सक्छ कि सक्दैन ?,’ महासंघका अध्यक्ष नवराज गेलालले भने, ‘हामीले सांसदले प्रयोग गर्न...
कार्यदलले शीर्ष नेताहरूलाई बुझायो प्रतिवेदन
राजनीति, समाचार

कार्यदलले शीर्ष नेताहरूलाई बुझायो प्रतिवेदन

नेपालअखबार, काठमाडौँ । सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ। अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको हो। कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ लगायतका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारका प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक ...
अहिलेको सारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

अहिलेको सारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले गठबन्धनको स्थायीत्वमा विश्वास गर्न सकिने अवस्था नभएको बताएका हुन् । ‘एउटा गठबन्धन अघि बढिरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न गयो । यो गठबन्धन कति दरिलो छ, कति टिकाउ छ यसै भन्न सकिने अवस्था छैन । हामी चाहन्छौँ, देशमा राजनीतिक स्थायीत्व होस्’ उनले भने । अध्यक्ष नेपालले पदमा को बस्छ भन्ने कुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राखे । ‘को पदमा आसिन हुनेछ, त्यो महत्वपूर्ण कुरा होइन । उहाँले के गर्नुहुन्छ, त्यो महत्वपूर्ण कुरा हो । हाम्रो राजनीतिमा रहेका जतिपनि विसंगतिहरु छन्, हाम्रो प्रश...