‘व्यवस्था पछि अवस्था परिवर्तन गर्न गठबन्धन गरेर आएका हौं’
नेपालअखबार, पोखरा । अगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की २ ९१० बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्व प्रकाश लामिछानेले लामो संघर्ष पछि व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन हुन नसक्दा दुःख लागेको बताएका छन् । पोखरा १७ घारीपाटनमा सञ्चालित निर्वाचन अभियानमा उनले भने, ‘व्यवस्था परिवर्तन गरियो तर अबस्था परिवर्तन गर्न सकेनौं । अब अबस्थामा परिवर्तन गर्न गठबन्धन गरेर आएको छौं ।’
उनले अहिले गठबन्धनको स्थानीय एजेण्डा भनेको स्वास्थ्य, शिक्षाका साथै सम्बृद्ध नागरिक बनाउने रहेको बताए । असल नेतृत्वको अहिले आवश्यक परेको भन्दै उनले भने, ‘पोखराको नमुना बिकास गरेर देखाउने छु । बिजयका लागि मतदान गर्न अनुरोध छ ।’
अभियानमा नेपाली काँग्रेसकी समानुपातिक उम्मेदवार बृन्दादेवी रानाले स्थिर सरकार, रोजगारी, आर्थिक बृद्वि भष्ट्राचार नियन्त्रणको लागि गठबन्धन गरिएको भन्दै गठबन्धनका उम्मेदवा...










