Tuesday, July 14

राजनीति

जनतमको संसदीय दलको नेतामा सीके राउत
राजनीति, समाचार

जनतमको संसदीय दलको नेतामा सीके राउत

नेपालअखबार, काठमाडाैं । जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष सीके राउतलाई चयन गरेको छ । बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले अध्यक्ष राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो । जनमत पार्टीको संसदीय दलको उपनेतामा अब्दुल खान चयन भएका छन् । यस्तै प्रमुख सचेतकमा अनिता देवी साह चयन भएकी छन् । बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले उपनेतामा खान तथा प्रमुख सचेतकमा अनिता साह चयन भएका हुन् । पार्टीले यसअघि नै संसदीय दलको नेतामा अध्यक्ष सीके राउतलाई चयन गरिसकेको छ । प्रतिनिधि सभामा जनमतको ६ जना सांसद रहेका छन् । एकजना प्रत्यक्ष र पाँचजना समानुपातिकबाट चुनिएर आएका हुन् । यसैबीच, सोही बैठकले लुम्बनी प्रदेशको प्रदेश सभाका लागि जनमतले संसदीय दलको नेतामा चन्द्र किशोर गुप्तालाई चयन गरेको छ । तर मधेश प्रदेशमा सहमति नजुटेकाले टुंगो लाग्न बाँकी छ ।...
मुलुकमा राजनीतिक उपलब्धीको रक्षा,  स्थायित्व र स्थिरताका लागि  गठबन्धन सरकार आवश्यक – झलनाथ खनाल
राजनीति, समाचार

मुलुकमा राजनीतिक उपलब्धीको रक्षा, स्थायित्व र स्थिरताका लागि गठबन्धन सरकार आवश्यक – झलनाथ खनाल

नेपालअखबार, काठमाडौं । नेकपा  ( एकीकृत  समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले  मुलुकमा राजनीतिक उपलब्धीको रक्षा, राजनीतिक स्थायित्व र स्थिरताका लागि निर्माण भएको गठबन्धनले नै सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । सोमबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा  नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले  पार्टीले अवलम्बन गरेका आदर्श अवलम्बन गर्दै जनअधिकार स्थापनाका लागि सडक सदनबाट पनि जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताउनुभयो । नेता खनालले वामपन्थी सरकार बन्ने आधार एमाले नेतृत्वले तोडेकोले त्यो असम्भव रहेको भन्दै वामपन्थी सरकारको कुरा उठेपनि अहिले त्यसको आधार खडा नभएको बताउनु भयो  । वाम लोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना नै अहिले सबैभन्दा बढी रहेको खनालले बताउनु भयो  । ‘अहिले हङ्ग संसद् छ । कुनै पनि पार्टीको बहुमत छैन । जनताल...
एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल सर्वसम्मत
राजनीति, समाचार

एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल सर्वसम्मत

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाल चयन हुनु भएको छ  । नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको पार्टीका महासचिव डा. वेदुराम भुसालले जानकारी दिनुभयो  । संसदीय दलको नेताको प्रस्तावमा संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वालालाई चयन गरेको छ ।...
एकीकृत समाजवादीका सांसदहरूले गरे बधाई साटासाट
राजनीति, समाचार

एकीकृत समाजवादीका सांसदहरूले गरे बधाई साटासाट

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसदहरूले बधाई साटासाट गरेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा  आयोजित एक कार्यक्रममा निर्वाचित सांसदहरूले बधाई साटासाट गर्नुभएको छ  । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल सहित पार्टीका नेताहरु सहभागी कार्यक्रममा प्रदेश तथा प्रतिनिधि सभाका सांसदहरूले एक अर्कालाई माला लगाइदिएर बधाई तथा शुभकामना आदानप्रदान गर्नुभएको थियो  । नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा तर्फ १० जना सांसद तथा प्रदेश सभामा प्रत्यक्ष र  समानुुपातिकका  २५ सांसद् रहेका छन् । निर्वाचित सांसदहरूलाई सफल कार्यकालको शुभकामना दिँदै पार्टीका अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झलनाथ खनाल महासचिव डा. वेदुराम भुुसालले बधाई तथा सफल कार्यकालको शुुभकामना दिनुभएको थियो । नेताहरुले सांसदहरूलाई पार्टीको नीति सिद्धान्तअनुसार काम गर्न पनि निर्देशन दिए...
बाम-लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ- अध्यक्ष नेपाल
राजनीति, समाचार

बाम-लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ- अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) अध्यक्ष माधवकुमार नेपालले बाम-लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचित सदस्यलाई पार्टीद्वारा सोमबार आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले बामपन्थीको  सहकार्य भएर सरकार बन्ने सम्भावना तत्काल नरहेको बताउँदै गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । कुनै पनि दलको बहुमत नरहेको अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढाउन आफूले नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षलाई सुझाएको बताउँदै उहाँले गठबन्धन भित्रका केही नेताको अहमताका कारण आउन सक्ने राजनीतिक परिस्थितिप्रति संवेदनशील बन्नुपर्ने र त्यसको सामना गर्न आफ्नो पार्टी तत्पर रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री स...
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

नेपाल अखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ । एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ । बैठकमा नयाँ सरकार गठनबारे दलहरुबीच भइरहेको छलफलबारे अध्यक्ष नेपालले जानकारीसमेत गराउने एक नेताले जानकारी दिए ।...
देश र श्रमिकको हित हुने काममा ध्यान दिन मन्त्री कुँवरको निर्देशन
राजनीति, समाचार

देश र श्रमिकको हित हुने काममा ध्यान दिन मन्त्री कुँवरको निर्देशन

नेपालअखबार, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिनुभएको छ । श्रम सहचारी र काउन्सिलरको अभिमुखीकरण समापन कार्यक्रममा मन्त्री कुँवरले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काममा ध्यान दिन निर्देशन दिनुभएको हो । अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री कुँवरले समस्यामा परेका श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो धेरै आउने गरेको बताउँदै  श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभयो । उहाँले श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले महत्त्वपूर्ण  भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सम्बन्धित देशमा...
नेकपा एस कास्कीद्वारा मन्त्री मनांगेलाइ बधाइ तथा स्वागत
राजनीति, समाचार

नेकपा एस कास्कीद्वारा मन्त्री मनांगेलाइ बधाइ तथा स्वागत

नेपालअखबार, पोखरा । नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी कास्कीले हालै नेकपा एकिकृृत समाजवादीमा प्रवेश गरेका गण्डकी प्रदेशसभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री राजिव गुरुङलाई एक कार्यक्रम गरी स्वागत गरेको छ । नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री तुल वहादुर गुरुङले खादा लगाएर मन्त्री गुरुङलार्ई स्वागत गरेका थिए । सो अवसरमा अर्का स्थायी कमिटी सदस्य चुडामणि जंगली, पोलिटव्यूरो सदस्य श्रीनाथ वराल, केन्द्रिय सदस्य एवं पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य, केन्द्रिय सदस्यहरु कृष्ण नेपाली, रत्ना गुरुङ, प्रदेश कमिटीका सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीहरुले गुरुङलार्ई खादा र अविर लगाएर स्वागत गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै पूर्व मन्त्री एवं नेकपा एककिृत समाजवादीका स्थायी कमिटी सदस्य तुल वहादुर गुरुङले नेकपा एकिकृत समाजवादी पार्टिले निर्वाचनमा प्राप्त गरेको...
हर्क साम्पाङद्वारा क्षमायाचना
राजनीति, समाचार

हर्क साम्पाङद्वारा क्षमायाचना

नेपालअखबार, धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो एउटा फेसबुक स्टाटसको विषयमा क्षमा मागेका छन् । उनले गत मंसिर २८ गते फेसबुक स्टाटसमा विरोधीहरुलाई उधृत गर्दै ‘चमारे’ शब्द उल्लेख गरेका थिए । सो विषयमा राष्ट्रिय दलित आयोगले पनि आपत्ति जनाएको थियो । साम्पाङले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्टाटसले दलित समुदायलाई नराम्रो लागेकोप्रति दुःख व्यक्त गर्दै क्षमा मागेका छन् । ‘मिति २०७९/०८/२९ मा मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ,’ प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘सधैँ समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमन...
भंगहामा थारु संग्रालय बन्ने
राजनीति, समाचार

भंगहामा थारु संग्रालय बन्ने

नेपालअखबार, महोत्तरी । भंगहा नगरपालिका–७ मा थारु संग्राहलय बन्ने भएको छ । थारु संग्राहलय निर्माण स्थलको निरिक्षण पछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले त्यहाँ थारु संग्राहलय निर्माण गर्ने घोषणा गरेका छन् । थारु जाती इमानदार र मेहनेती भएको बताउँदै मन्त्री चौधरीले भने, ‘कला, संस्कृतिमा सम्पन्न थारु जातीको इतिहास जोगाउन जरुरी छ । पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरुले नेपाली भूमिको समेत सुरुक्षा गरेका छन् । तपाईहरु संग्रालयको गुरु योजना बनाउनुहोस् । म तत्काल कार्यान्वयनमा लैजान्छु ।’थारु समुदाय राजनीतीमा समेत अग्रसर हुन मन्त्री चौधरीले आग्रह गरेका थिए । मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदिप कुमार चौधरीले संग्राहलय बनाउन मन्त्रीलाई ज्ञापन पत्र बुभाइएको बताए । ‘संग्राहलय करिब ८ विघामा बन्ने छ । थारु भेष भुषा, संस्कृति झल्किने सामग्रीहरुको प्रदर्शनी हुनेछ । थारु खान...