Tuesday, July 14

राजनीति

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम
राजनीति, समाचार

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम

नेपालअखबार, काठमाडाैं। जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो। पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह र बसन्तकुमार कुशवाहा (मधेशी), सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य)लाई सिफारिस गरेको छ। त्यसैगरी प्रदेशसभाको समानुपातिक सदस्यमा मधेस प्रदेशमा बबिता राउत, अनिताकुमारी साह (मधेशी महिला), चन्दनकुमार सिंह (मधेशी अल्पसंख्यक), रञ्जुकुमारी खंग (खत्वे) (दलित महिला), बसन्तकुमार कुशवाहा (मधेशी), हसिना खातुन (मुस्लिम महिला) र भाग्यश्री कुमारी चौधरी (आदिवासी जनजाति महिला) सिफारिस गरिएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए। पार्टीले लुम्बिनी प्रदेशमा समानुपातिक सदस्यमा सुमन ...
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
राजनीति, समाचार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

नेपालअखबार, काठमाडाैं । लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियानस्वरुप लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । विश्वव्यापीरूपमा २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यो अभियान नेपालमा विसं २०५४ देखि मनाउन थालिएको थियो । अभियान अवधिमा राष्ट्रिय महिला आयोगले मङ्सिर ९ मा लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको थियो भने मधेस प्रदेशमा लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी दुईदिने कार्यशाला आयोजनालगायतका काम गरेको थियो । साथै रेडियो नेपाल र नेपाल टेलिभिजनबाट लैङ्गिक हिंसा निवारण र महिला सशक्तीकरणसम्बन्धी विशेष कार्यक्रम प्रसारण, वार्षिक कार्यक्रमअन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम केन्द्र, प्रदेश र जिल्लास्तरमा सञ्चालन गरिएको आयोगका सचिव कविराज पौडेलले बताए । लैङ्गिक हिंसा भनेको के हो त ?  एउटा लैङ्गिक वर्गको व्यक्तिले अर्को लैङ्गिक वर्गको व्यक्...
नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि ३४ जनाको सूची सार्वजनिक
राजनीति, समाचार

नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि ३४ जनाको सूची सार्वजनिक

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि ३४ जनाको सूची सार्वजनिक गरेको छ। समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएर एमालेले ३४ सिट पाएको हो। यसमा प्राप्त मतअनुसार २२ जना महिला र १२ जना पुरूष सूचीमा परेका छन्। आदिवासी-जनजाति देवि प्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा खसआर्य रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल थारु आश्माकुमारी चौधरी, शान्ति चौधरी दलित ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा मधेशी गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, ...
नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद चयन गर्दै निर्वाचन आयोगमा सूची बुझायाे
राजनीति, समाचार

नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद चयन गर्दै निर्वाचन आयोगमा सूची बुझायाे

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद चयन गर्दै निर्वाचन आयोगमा सूची बुझाएको छ। पार्टीको तर्फमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूची तयार गरेका हुन्। माओवादी केन्द्रले समानुपातिकतर्फ १४ जना सांसद पाएको छ। त्यसमा उसले आदिवासी जनतजातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ छन्। खस आर्यतर्फबाट माओवादी केन्द्रले हितराज पाण्डे, ज्ञानु बस्ने सुवेदी, विमला सुवेदी र नारायणी शर्मालाई  सांसद बनाएको छ। यता, थारुतर्फ रूपा सोसी चौधरी सांसद बनेकी छन्। यस्तै दलितर्फ रणेन्द्र बराली र सुशिला श्रीपाली ठकुरी चयन भएका छन्। मधेसीतर्फ भने मीना यादव र उमरावती देवी यादव सांसद बनाउने माओवादीको निर्णय छ। उमरावती नेपाल समाजवादी पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेकी हुन्। यस्तै, मुस्लिमतर्फ कल्पना मियाँलाई चयन गरिएको छ।...
घनश्याम भुसाल र प्रभु साहसहित १२ जनालाई एमालेको कारबाही
राजनीति, समाचार

घनश्याम भुसाल र प्रभु साहसहित १२ जनालाई एमालेको कारबाही

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेले नेताहरू स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई कारबाहीस्वरुप पार्टीबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले उनीहरूलाई अन्तरघात गरेको भन्दै हटाएको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । त्यस्तै केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह र कुन्दन कुशवाह, रामप्रीत राम, बद्री न्यौपाने,रिता साह, गंगा चौधरी, टेकबहादुर वलाम्पमकीलाई केन्द्रीय सदस्यबाट हटाएको हो । केन्द्रीय निकायका वांदी शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि एमालेले कारबाही गरेको छ । त्यस्तै समानुपातिक सूचीमा रहेर पनि पार्टी गतिविधिमा लागेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरेको छ ।...
एकीकृत समाजवादीद्वारा समानुपातिक सदस्यको नाम सिफारिस
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीद्वारा समानुपातिक सदस्यको नाम सिफारिस

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३ औ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको क्लष्टरका आधारमा सदस्यको नाम छनोट गरेको पार्टीका प्रचार विभागका प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सदस्यमा प्रदेश १ बाट विद्या चाम्लिङ राई हुनुहुन्छ । मधेश प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस गरेको छ । बाग्मतीबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठको नाम छनोट गरिएको छ । लुम्बिनीबाट भगवती अधिकारीको सिफारिस गरिएको छ । कर्णाली कल्याणी खडका र सुदुर पश्चिमबाट माया पन्तको नाम सिफरिस भएको छ । सिफारिस सदस्यको नाम आजै निर्वाचन आयोगमा पठाइएको छ । सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको बैठकले निर्वाचनको प्रारम्भिक समीक्षा...
समानुपातिक सांसदबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
राजनीति, समाचार

समानुपातिक सांसदबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बिहान ९ बजे सारिएको बैठक केही ढिलो गरी सुरु हुन लागेको हो । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाको दिउँसोको कार्यक्रम परेपछि बिहानलाई सारिएको हो । समानुपातिक सांसद चयनबारे छलफल गर्न बैठक बस्न लागेको हो । निर्वाचन आयोगको पत्र अनुसार समावेशिताको आधारमा सूची पठाउन बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।...
समानुपातिक सांसदको सूची चार बजेसम्म आयोगलाई बुझाउनुपर्ने
प्रशासन, राजनीति, समाचार

समानुपातिक सांसदको सूची चार बजेसम्म आयोगलाई बुझाउनुपर्ने

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर राजनीतिक दलहरूले भने सांसदको टुङ्गो लगाउन सहिरहेका छैनन् । कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो । प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।  यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२,  प...
एकीकृत समाजवादीलाई समानुपातिकतर्फ सात प्रदेशमा ९ सिट
राजनीति, समाचार

एकीकृत समाजवादीलाई समानुपातिकतर्फ सात प्रदेशमा ९ सिट

नेपालअखबार, काठमाडाैं । प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नौ सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७,२५,८५२ मतमध्ये ५५,९५७ मत ल्याएको उसले एक सिट पाएको हो । मधेस प्रदेशमा १९,५२,९४९ मतमध्ये १,१३,९१५ मत पाएको एकीकृत समाजवादीले सबैभन्दा धेरै तीन सिट पाएको छ । यो कुल सदर मतको ५.८३ प्रतिशत हो । यस्तै बागमती प्रदेशमा १८,६९,१३६ मतमध्ये ६९,८४६ मत पाएको दुई सिट पाएको छ । यो कुल सदर मतको ३.७४ प्रतिशत हो । गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि सिट भने पाउन सकेन । गण्डकीमा एकीकृत समाजवादीले कुल ९,४२,७९८ मतमध्ये १५,०७६ मत पाएको थियो । यो कुल सदर मतको १.६० प्रतिशत हो । लुम्बिनीमा प्रदेशमा एकीकृत समाजवादीले एक सिट पाएको छ । कूल १७,७७,७२० मतमध्ये ४२,६२१ मत पाएको थियो । यो कूल सदर मतको २.४० प्रतिशत हो ...
संजय टकलाकी बहिनी जनमत पार्टीबाट समानुपातिक सांसद
राजनीति, समाचार

संजय टकलाकी बहिनी जनमत पार्टीबाट समानुपातिक सांसद

नेपालअखबार, काठमाडाैं । जनकपुर बमकाण्डको आरोपमा जेलमा रहेका संजय साह (टकला) की बहिनी अनिताकुमारी साह सिके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिकतर्फ मधेस प्रदेशसभा सदस्य चयन भएकी छिन् । अनिता साहको बिहे महोत्तरीमा भएको हो । उनका श्रीमान जनकपुर सडक डिभिजन कार्यालयका प्रमुख हुन् । जनमत पार्टीमा अनिताकुमारी साहको खासै योगदान नरहेको भन्दै पार्टीभित्र र बाहिर त्यसको आलोचना भइरहेको छ । तर जनमत पार्टीका केन्द्रीय सदस्य अञ्जनीदेवी मण्डल (महोत्तरी) ले अनिताकुमारी साह पार्टीकै नेतृ रहेको दावी गरिन् । उनले भनिन् ‘अनिताकुमारी साह पार्टीकै मान्छे हुनुहुन्छ, उहाँ गत स्थानीय चुनावदेखि पार्टीमा सक्रिय हुनुभएको हो महोत्तरीको मनरासिसवा नगरपालिकाको मेयरमा पराजित हुनुभएको हो ।’ त्यस्तै मधेशी महिला कोटामा बबिता राउतको नाम पनि चयन गरिएको छ । राउत जनमत पार्टीका अध्यक्ष सिके राउतकी भाउजू हुन् । यद्यपि उनी...