Tuesday, July 14

राजनीति

समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्दै आयोग
प्रशासन, राजनीति, समाचार

समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्दै आयोग

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ चयन भएका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ। दलहरूले पाएका सिटमा पेश गरेका नामावलीलाई आयोगले आज दिउँसो १ बजेपछि समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्ने एक आयुक्तले जानकारी दिए। आयोगले प्रतिनिधि सभाका ११० सिट र प्रदेशका २२० सिटमा सांसदहरू निर्वाचित भएको घोषणा गर्ने र निर्वाचित भएकाहरूलाई प्रमाण पत्र दिने तयारी गरेको हो। दलहरूले क्लस्टरअनुसार सांसद चयन गरेर आयोगमा पेश गरेका थिए। प्रतिनिधि सभातर्फ पेश गरेका सूचीमा त्रुटि नभेटिए पनि प्रदेश तर्फका सूचीमा त्रुटि भेटिएपछि सच्याउन दलहरूलाई समय दिइएको थियो। आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारीसमेत गरेको छ। आयोगले निर्वाचन प्र...
काभ्रे दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा प्रचण्डद्वारा दुःख व्यक्त
राजनीति, समाचार

काभ्रे दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा प्रचण्डद्वारा दुःख व्यक्त

नेपालअखबार, काठमाडाैं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा  १८ जनाको मृत्यु भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । उक्त दुर्घटनामा परी निधन भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रचण्डले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बढ्दो सवारी दुर्घटना रोक्न सबैको सामूहिक पहल गर्नुपर्नेमा पनि प्रचण्डले जोड दिएका छन् । मङ्गलबार साँझ भएको सो बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ । बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन् । बनेपा नगरपालिका–११ का कुमार तामाङक...
धाप ड्यामले पर्यटन पर्वद्धन समेत गर्नेछ : सहरी मन्त्री चौधरी
राजनीति, समाचार

धाप ड्यामले पर्यटन पर्वद्धन समेत गर्नेछ : सहरी मन्त्री चौधरी

नेपालअखबार, काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले गोकर्णेश्वर नगरपालिकामा निर्मित धाप ड्यामको सोमबार निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा उनले धाप ड्यामले पर्यटन पर्वद्धनमा समेत ठुलो योगदान गर्ने बताएका छन् । शहरी विकास मन्त्रालय अन्तर्गत संचालित विभिन्न आयोजनाहरुका निरिक्षण गर्ने क्रममा गोकर्णेश्वर पुगेका मन्त्री चौधरीले भने, ‘यस ड्यामको निर्माणले वागमती सफाई गर्ने, वागमतीलाई सुन्दर बनाउने अभियानमा त सहयोग गर्ने नै छ । त्यसका साथै यहाँको पर्यटन पर्वद्धनमा समेत ठुलो योगदान गर्ने देखेँ ।’ मन्त्री चौधरीले नागमतीमा समेत यस्तै खाले ड्याम बनाउने योेजना सुनाए । एडिबी र नेपाल सरकारको संयुक्त लगानीमा रु ४१ करोडमा निर्माण भएको उक्त ड्यामको उदेश्य बागमतीमा पानी पठाएर पानीको बहाब नियमित गर्ने रहेको इन्जिनियर रामबाबु शाहले बताए । विशेषगरि सुख्खा याममा बागमती नदीमा पानीको बहाब घट्न गइ दुर्ग...
गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ : महन्थ ठाकुर
राजनीति, समाचार

गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ : महन्थ ठाकुर

नेपालअखबार, काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्ता गठबन्धनमै रहने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने आवश्यकता औँल्याएका हुन् । लोसपाका शीर्ष नेताहरुको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएकोे उनले जानकारी दिए । उनले भने, “सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, कमसेकम राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले  स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।” उनले कोभिड–१९ महामारी लगायतका कारण जुनसुकै सरकार बने पनि राजनीतिक स्थिरता र मुलुकको समग्र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिए । अध्यक्ष ठाकुरले सत्ता गठबन्धनमा सहभागी हुनेलगायत समसाम...
अध्यादेशको विप्लवले गरे स्वागत
राजनीति, समाचार

अध्यादेशको विप्लवले गरे स्वागत

नेपालअखबार, काठमाडौं । गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता  लिने गरी सरकारले ल्याएको अध्यादेशको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द विप्लवले स्वागत गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दैै उनले आफ्नो पार्टीसँगको समेत परामर्शमा अध्यादेश आएको उल्लेख गरेका छन् । ‘हाम्रो पाटीसंगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो,’ विप्लवले भनेका छन्, ‘जसलाई हाम्रो पार्टीले सकारात्मक रुपले लिँदै धन्यवाद दिन चाहन्छ ।’ तीन बुँदे सहमतिप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उनले राष्ट्रपतिबाट अध्यादेश स्वीकृत हुने अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ। ‘कानुन निर्माण प्रक्रियालाई पूर्णता दिई सहमतिलाई लागू गर्ने वातावरण निर्माण गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई पार्टी विशेष आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। अध्यादेशको ...
इलाम-१ मा पुन: मतदान माग गर्दै झलनाथ खनालले दिए सर्वोच्चमा रिट
राजनीति, समाचार

इलाम-१ मा पुन: मतदान माग गर्दै झलनाथ खनालले दिए सर्वोच्चमा रिट

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने उनको माग छ । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् । यो क्षेत्रबाट खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । इलाम–१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने खनालले २३ हजार ...
रेशम छुटाउन ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो
राजनीति, समाचार

रेशम छुटाउन ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

नेपालअखबार, काठमाडौं । रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ। राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको जानकारी दिए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो । अध्यादेशमाथि राष्ट्रपतिको निर्णयबारे पूर्वानुमान गर्न नसकिने सञ्चार विज्ञ ढकाल बताउँछन् । ‘बल्ल अध्यादेश आएको छ,’ उनले भने, ‘सरकारले आफ्नो कुरा प्रष्ट पार्ला । राष्ट्रपतिले के गर्नुहुन्छ भन्नेबारे पूर्वमान गर्न सकिदैन ।’ सत्तास्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको विरोध भइरहेको छ । सरकारले भने हिंसात्मक...
समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी
राजनीति, समाचार

समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको बताए । वाग्लेका अनुसार आज समय अपुग भएमा भोलि मंगलबार सूची सार्वजनिक गरिनेछ दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ पाएका छन् । निर्वाचन अघि नै दलह...
सरकारले ल्यायो रेशम चौधरीलाई आममाफी दिन अध्यादेश
राजनीति, समाचार

सरकारले ल्यायो रेशम चौधरीलाई आममाफी दिन अध्यादेश

नेपालअखबार, काठमाडाैं। सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने अध्यादेश ल्याएको छ। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायतलाई आममाफी दिन अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्न लागिएको मन्त्रीले  बताए। दफा ११६मा अदालतमा दायर भएर विचाराधीन रहेको मुद्दा फिर्ता लिन नहुने उल्लेख गरिएको छ। सत्ता गठबन्धनले सरकार गठनको सहजताको लागि उक्त अध्यादेश ल्याउन लागेको हो। नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने अडान सरकार समक्ष राखेको थियो। उक्त पार्टीलाई नयाँ सरकारमा सामेल गराउन गठबन्धनले अध्यादेशको साहारा लिएको हो। त्यस्तै, सिके राउत र नेत्रविक्रम चन्द विप्लव समूहका नेता का...
तीन वटै तहको सरकार मिलेर अघि बढे गणतन्त्र कसैले समाप्त पार्न सक्दैनः नेपाल
राजनीति, समाचार

तीन वटै तहको सरकार मिलेर अघि बढे गणतन्त्र कसैले समाप्त पार्न सक्दैनः नेपाल

नेपालअखबार, काठमाडाैं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमिकमजोरी हटाएर अघि बढन सरकारलाई सुझाव दिए । उनले तीन वटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने बताए । मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने समेत उनको भनाइ थियो । उनले भने, ‘सरकारले आफूलाई समिक्षा गर्दै अघि बढनु पर्दछ । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन । गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यो स्पष्ट छ । संविधानले प्रदत्त गरेको अधिकारहरु जनताले उपयो...