अबको पाँच वर्ष विकास र समृद्धिका लागि : गठबन्धन
नेपालअखबार, पोखरा । पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले अबको पाँच वर्ष विकास, समृद्धि र सुशासनका लागि हुने बताएका छन् । कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले यस्तो बताएका हुन् ।
गठबन्धनको तर्फबाट तर्फबाट कास्की क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले मुलुकलाई अप्ठ्यारो परेका बेला कम्युनिस्ट र काँग्रेसहरू एकदठाँउमा उभिँदै आएको बताए । ‘मुलुकलाई अप्ठ्यारो परेको बेला कम्युनिस्ट र काँग्रेसको कार्यगत एकता हुने गरेको छ, उनले भने, २००७ सालदेखि २०४६ हुँदै ६२–६३ सम्म आइपुग्दा कयौँ पटक काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिएका छन् ।’
संविधान र व्यवस्थालाई नै ध्वस्त बनाउँदै मुलुकमा अराजकता सृजना गर्न खोजेपछि शान्ति र संविधानका लागि मुलुकका प्रमुख पाँच दलहरू बिचमा कार्यगत एकता गर्नुपरेको उम्मेदवार बरालले बताए । केन्द्र र प्रदेशमा ...










