Thursday, May 7

राजनीति

भारी अन्तरले चुनाव जित्दछौँ : मन्त्री चौधरी
राजनीति, समाचार

भारी अन्तरले चुनाव जित्दछौँ : मन्त्री चौधरी

नेपाल अखबार, दाङ। दाङ क्षेत्र नम्बर १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने दाबी गरेका छन् । देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेस गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेन्डा बोकेको छ । जनताले ठूलो त्याग र बलिदानी गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो सर्त हो । नयाँ संविधानमार्फत प्राप्त भएको संघीय गणतन्त्र, समावेशी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ ।’ मन्त्री चौधरीले संविधानको रक्षा र यसको कार्यान्वयन मार्फत विकास निर्माणको अगुवाइ गर्ने आफूहरूको प्रतिबद्धता रहेको बताउँदै जनताको चाहना पनि त्यही रहेको जिकिर गरे । ‘त्यसमाथि पाँच दल एक ढिक्का भएका छौँ । उता प्रतिगामी गठबन्धनको अगुवाइ एमालेले गरेको छ । यिनै कारणले गर्दा हाम्रो गठबन्धनले भारी अन्...
‘गाउँमै रोजगारी र आम्दानी पहिलो प्राथमिकता’–एमाले उम्मेदवार गुरुङ
राजनीति, समाचार

‘गाउँमै रोजगारी र आम्दानी पहिलो प्राथमिकता’–एमाले उम्मेदवार गुरुङ

नेपालअखबार, पोखरा ।सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ का एमाले उम्मेदवार मनबहादुर गुरुङले गाउँमै रोजगारी र आम्दानी दिने कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । उनले शुक्रवार रूपा गाउँपालिकाको वडा नम्वर ४ मा घरदैलो कार्यक्रम गर्दै आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिनको लागि आफु चुनावको मैदानमा आएको बताए । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो ।’ गुरुङले भने–‘अबको बाटो भनेकै विकास र समृद्धिको हो । तपाईहरुको मत खेर जान दिने छैन ।’ निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनको प्रतिवद्धता छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वाग्रह राख्दिन् ।’उनले भने–‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो । कसलाई भोट दिने ...
जनताको आधारभूतआवश्यकतामाध्यानदिन्छौं : लामिछाने
राजनीति, समाचार

जनताको आधारभूतआवश्यकतामाध्यानदिन्छौं : लामिछाने

नेपालअखबार, पोखरा । कास्की–२ मागठबन्धनकातर्फबाटप्रदेशसभा २ (क) काउम्मेदवार विश्वप्रकाशलामिछानेले जनताको आधारभूतआवश्यकतामा साथदिने बताएकाछन् । पोखरा ३३ भरतपोखरी डाडाँगाउँमापाँचदलीयगठबन्धनले आयोजना गरेको चुनावीअभियानमालामिछानेले भरतपोखरी क्षेत्रको विकासकालागिनयाँअवधारणाअवलम्बनगर्ने बताए । उनले आफु त्यस भेगकाजनताकाआधारभुतआवश्यकता र समस्यासँग परिचितभएकोले आधारभुतआवश्यकता र समस्या समाधानगर्ने आफ्नो पहिलो प्राथमिकताभएको उनको भनाई थियो । यहाँको आवश्यकताभनेको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको विकास भएको बताए । जनताको समस्या समाधानगर्न गठबन्धनकाउम्मेद्वार जिताउनुपर्ने उनको भनाई थियो । ‘राज्यको पुनर्संरचनापछिहामीले महानगर त बनायौं तर महानगर भएपछिपाउनुपर्ने सुविधायहाँकाजनताहरुले पाउन सकिरहेका छैनन्, ‘गठबन्धनकाउम्मेदवारहरुलाई विजयी गराईदिनुहोस हामीयहाँको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत...
‘समृद्धिका पाँच आधार : पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार’
राजनीति, समाचार

‘समृद्धिका पाँच आधार : पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार’

नेपालअखबार, पाेखरा  । कास्की जिल्ला क्षेत्र नं. २ (२) बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले गण्डकी प्रदेश समृद्धिका पाँच आधार पर्यटन,कृषि, उद्यमशीलता र पूर्वाधार भएको बताएका छन् । पोखरा २० को गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै थापाले यिनै पाँच आधारबाट नै जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न सकिने बताए । ‘गण्डकी प्रदेश समृद्धिका पाँच आधारलाई आत्मसाथ गर्दै चुनावी मैदानमा छु । पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार विकास नै समृद्ध प्रदेशका आधार हुन् । अबको पाँच वर्ष यसमै टेकेर काम गर्नेछु ।’, उनले भने । उनले गण्डकी प्रदेशमा १२ हजार मेगावट विद्युत उत्पादन गर्ने क्षमता भएता पनि अहिले सम्म त्यसको उचित प्रयोग गर्न नसकिएको र आफु निर्वाचित भएपश्चात सो कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । थापालाई पोखरा २० का मतदाताको पूर्ण समर्थन छ । निर्वाचन क्षेत्...
कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै सुल्टो हुँदैन : अध्यक्ष ओली
राजनीति, समाचार

कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै सुल्टो हुँदैन : अध्यक्ष ओली

नेपालअखबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै पनि सुल्टो नहुने भएकाले संविधानमै पार्टीमाथि प्रतिबन्ध लगाउन नसक्ने व्यवस्था राखिएको बताएका छन् । शुक्रबार कञ्चनपुरमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले विगतको इतिहास हेर्दा कम्युनिस्टका लागि कांग्रेस र राणा शासनमा कुनै फरक नरहेको बताए । उनले राणा शासन ढालेपछि कांग्रेसले सवा चार वर्ष कम्युनिस्टमाथि प्रतिबन्ध लगाएको भन्दै पछि टंकप्रसाद आचार्य आएपछि फुकुवा गरेको बताए ।  ‘कांग्रेस राणा शासन भयो त्यतिबेला । कम्युनिस्टहरुका लागि केही फरक भएन, राणाले पनि प्रतिबन्ध लगाएका थिए, कांग्रेसले पनि प्रतिबन्ध लगायो’ ओलीले भने, ‘त्यसैकारण कथमकदाचित झुक्किएर कांग्रेस सरकारमा पुग्यो भने कुनैपनि पार्टीलाई प्रतिबन्ध लगाउँछ भनेर अहिलेको संविधानमै हामीले पार्टीमाथि प्रतिबन्ध लगाउन नसक्ने भनेर लेखेका छौ...
कृषि, पर्यटन र पुवार्धार नै सम्बृद्ध माछापुछेृको आधार – बराल
राजनीति, समाचार

कृषि, पर्यटन र पुवार्धार नै सम्बृद्ध माछापुछेृको आधार – बराल

नेपालअखबार, पोखरा । आगामी मंसिर चार गर्ने हुने प्रतिनिधि सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार रामजीप्रसाद बरालले माछापुछ«े गाउँपालिकाको विकासको लागि आफुले नयाँ अवधारणा अवलम्बन गर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत रहेका बरालले माछापुछेृको विकासको लागि कृषि, पर्यटन र पुर्वाधार विकासमा नयाँ अवधारणा लागु गरेर उक्त ठाउँको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । कास्कीको माछापुछृे गाउँपालिकामा पाँच दलीय गठबन्धनले आयोजना गरेका विभिन्न चुनावी अभियानमा बरालले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । पालिका सदरमुकाम लाहाचोकमा भएको घरदैलो अभियानमा सहभागी हुँदै बरालले आफु जनताका आधारभुत आवश्यकता र समस्यासँग परिचित भएकोले आधारभुत आवश्यकता र समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । यसैगरी माछापुछेृ गाउँपालिकाको ...
संसद हुँदा काठमाण्डौ र अघिपछि जनताको घरदैलोमा भेटिने छु : बराल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

संसद हुँदा काठमाण्डौ र अघिपछि जनताको घरदैलोमा भेटिने छु : बराल

नेपालअखबार, पोखरा  । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं।२ का प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले कास्की जिल्लाको समग्र विकासको योजना निर्माण गर्न विगतमा आफूहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । पोखरा ३३ भरत पोखरी डाँडा गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार बरालले भने, “हामीले विगतमा समग्र कास्की जिल्लाको विकासको योजना निर्माण, ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगार, यातायात गुरुयोजना, कृषि पर्यटन र निर्मल पोखरी–भरत पोखरी खानेपानी योजनाको सुरुवात लगायत महत्त्वपूर्ण योजनाहरू हाम्रै सक्रियतामा थालनी गरिएका हुन् ।” आफूहरू यस क्षेत्रको थप विकासका लागि प्रतिबद्ध रहेको उनले बताए । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बरालले कास्की २ मा विद्यमान तमाम समस्याहरू समाधानका लागि आफू स्पष्ट योजना सहित आएको बताए । “यस क्षेत्रमा खानेपानीको समस...
गोरखकाली रबर उद्योग फेरि सुरु गर्छौ : प्रचण्ड
राजनीति, समाचार

गोरखकाली रबर उद्योग फेरि सुरु गर्छौ : प्रचण्ड

नेपालअखबार, गाेरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउन बताएका छन् ।  शुक्रबार चुनाव प्रचारका लागि गोरखा नगरपालिका पुगेका उनले मतदातालाई सम्बोधन गर्दै लामो समयदेखि बन्द रहेको रबर उद्योग पुन सञ्चालन गर्ने बताएका हुन् । ‘सबैले गौरव गर्नुपर्ने धेरै राम्रो संरचना छ । ती संरचना यतिकै थन्किएका छन् । गोरखकाली टायर उद्योग यसलाई नयाँ व्यवस्थासहित सञ्चालन गर्छौँ  र यहाँका नागरिकलाई पुन रोजगारी र समृद्धिका लागि उपयोग गरिनेछ,’ प्रचण्डले भने । गोरखा नगरपालिका १३ स्थित रहेको गोरखकाली उद्योग नेपालकै एकमात्र रबर उद्योग हो ।  २०७२ सालको असारपछि कर्मचारी र मजदुरलाई तलब भत्ता तिर्न नसकेर काम नहुँदा उद्योग बन्द छ । प्रत्येक दिन ठूलो टायर ३ सय थान र सानो टायर २५० थान उत्पादन गर्ने क्षमता रहेको उद्योगमा ९७ कर्मचारी र १३५ मजदुर थिए ।...
भलाम ¥यालेचौरका मतदाताको थापालाई आग्रह ‘चेक ड्याम बनाइदेउ’
राजनीति, समाचार

भलाम ¥यालेचौरका मतदाताको थापालाई आग्रह ‘चेक ड्याम बनाइदेउ’

नेपालअखबार,  पोखरा । गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ का उम्मेदवार विन्दु कुमार थापालाई मतदाताले पहिरो नियन्त्रणका लागि चेकड्याम बनाइदिन आग्रह गरेका छन् । बिहिबार पोखरा महानगरपालिका वडा २० भलामको ¥यालेचौरमा मतदाता भेट्न पुगेका थापालाई मतदाताले आफुहरुको आशा र भरोसा दुवै थापामाथि रहेको भन्दै चेकड्यामको काम गरिदिन आग्रह गरेका हुन् । उनीहरुले आफ्नो मत दिने प्रतिबद्धता व्यक्त गर्दै थापालाई समेत आफ्नो चेक ड्याम निमार्ण गरिदिन आग्रह गरेका हुन् । स्थानीय समस्या बताउँदै उनीहरुले रोए पनि कराएपनि माया गरेपनि थापालाई नै गर्ने बताए । मतदाताको समस्या बुझ्दै थापाले त्यहाँ पहिरो नियन्त्रणका लागि आफुले सकेको गर्ने र विजयी भएमा थप योजना पारेर स्थानीयलाई खुसी दिलाउने बाचा गरे । उनले भलाममा रहेका विद्यालयको स्तरोन्नति, सांस्कृतिक क्षेत्रको पहिचान गरि आन्तरिक तथा बाह्य पर्यटकको आगमनका लागि प्रयास गर्न...
गठबन्धनको मात्र नभई इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार हुँ : श्रीनाथ बराल
राजनीति, विचार, समाचार

गठबन्धनको मात्र नभई इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार हुँ : श्रीनाथ बराल

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले आफू इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताएका छन् । बिहीबार पोखरा ३३ को तल्लो पुँडिटारमा घरदैलो कार्यक्रम अगाडि आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस अगाडि पटक–पटक एमाले उम्मेदवार जिताउनका लागि आफै नेतृत्व गरेर जनतासंग मत मागेको तर मत पाएकाहरुले जनअपेक्षा अनुरुप काम नगरेको उनले बताए । त्यहि भएर एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनाउनु परेको उनले तर्क गरे । ‘म ५ दलको सझा उम्मेदवार त हुँदै हुँ, विगतमा मेरै नेतृत्वमा एमाले उम्मेदवारका लागि पटक पटक मत मागेको छु । निर्वाचित गराउन भुमिका खेलेको छु । तर, उहाँहरुले यहाँहरुको अपेक्षा अनुरुप काम गर्न सक्नुभएन । जनताको जीवनस्तर माथि उकास्न स...