Tuesday, July 14

राजनीति

१२ दिनपछि बाजुरामा मतगणना सुरु
राजनीति, समाचार

१२ दिनपछि बाजुरामा मतगणना सुरु

नेपालअखबार, बाजुरा । लामो समयदेखि मतगणना हुन नसकेको बाजुरामा साढे ३ बजेदेखि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुरेको सहमति अनुसार मतगणना सुरु भएको हो । मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो । आयोगको निर्णयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार र आज बिहान सर्वदलीय बैठक बोलाएको थियो । तर बैठक निष्कर्ष विहीन बनेको थियो । तेस्रो पटक बोलाएको बैठकमा विमति जनाउँदै आएको नेकपा एमाले पनि सहभागी भएपछि मतगणना गर्ने सहमति बनेको हो । मंसिर ४ गते के भएको नाटेश्वरीमा ? देशभर जस्तै एकवटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा पनि मंसिर ४ गते मतदान हुँदै थियो । तर सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढेपछि बाजुरा दिन...
समानुपातिक मतको मिटरः १ करोड २ लाख सदर मतमा कसले कति मत
राजनीति, समाचार

समानुपातिक मतको मिटरः १ करोड २ लाख सदर मतमा कसले कति मत

नेपालअखबार, काठमाडाैं ।  मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। बिहिबार बिहान साढे ७ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। जसमध्ये दोलखामा आज निर्वाचन हुँदैछ भने बाजुरामा गणना हुन अझै सकेको छैन। गणना भइरहेको सुनसरी ४ र स्याङ्जा २ मा नेकपा एमालेले अग्रता लिएको छ। यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल १ करोड २ लाख १३ हजार ५५४ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ। एमालेले २७ लाख २६ हजार ३०३ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९३ हजार ७४२ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार १९४ मतका साथ तेस्रो स्थानमा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ५ हजार ३७१ मत प्राप्त गर्दा राष्ट्रिय प्...
संसद्‍मा महिला र दलितको कमजोर उपस्थिति
राजनीति, समाचार

संसद्‍मा महिला र दलितको कमजोर उपस्थिति

नेपालअखबार, काठमाडाैं । प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट एक, नेकपा एमालेबाट चार, नेकपा (माओवादी केन्द्र)बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला निर्वाचित भएका छन् । एमालेबाट कास्की क्षेत्र नं २ बाट नेकपा एमालेकी केन्द्रीय सदस्य विद्या भट्टराई, धनुषा क्षेत्र नं ३ बाट एमाले पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो, बारा क्षेत्र नं ३ बाट पार्टी पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह र केन्द्रीय सदस्य भगवती चौधरी सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । दाङ क्षेत्र नम्बर २ बाट नेकपा (माओवाद...
कार्कीले कुसियैतसँग मतान्तर घटाउँदै
राजनीति, समाचार

कार्कीले कुसियैतसँग मतान्तर घटाउँदै

नेपालअखबार, धरान । सुनसरी क्षेत्र नम्बर-४ मा तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग मतान्तर घटाउँदै लगेका छन् । यसअघि उनी कुसियैतभन्दा ८२ मतान्तरले पछि परेका थिए । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कार्कीले मत अन्तर २७ मा झारेका छन् ।जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ९६६ मत पाउँदा कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् ।...
बैतडीमा १९ हजार मत बदर
राजनीति, समाचार

बैतडीमा १९ हजार मत बदर

नेपालअखबार, बैतडी। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार चार सय ६० मत खसेका थिए ।  जसमध्ये चार हजार नौ सय ६२ मत बदर भएका छन् । प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ४० हजार एक सय ५५ मत खसेकामा दुई हजार १३ मत बदर भए । प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएका छन् । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार सात सय ६१ मत खसेकामा पाँच हजार चार सय २१ मत बदर भएका छन् । प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार चार सय २३ मत खसेकामा पाँच हजार ५५ मत बदर भएका छन् । मतदाता ...
स्याङजामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित
राजनीति, समाचार

स्याङजामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

नेपालअखबार,  स्याङजा। यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष रु एक अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट रु ५७ करोड भित्रिएको उनले बताए । “यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ”, उनले भने । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । “यस वर्ष प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ”, हमालले भने । स्याङ्जामा दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा छ । नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगँैचा र धेरै उत्पादन स्या...
समानुपातिक मतगणना : प्रतिनिधिसभातर्फ झण्डै एक करोड मत गन्दा कुन दलको अवस्था कस्तो ?
राजनीति, समाचार

समानुपातिक मतगणना : प्रतिनिधिसभातर्फ झण्डै एक करोड मत गन्दा कुन दलको अवस्था कस्तो ?

नेपालअखबार, काठमाडाैं । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ समानुपातिकको कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)  ११ लाख ४३ हजार ५०३ मतका साथ तेस्रो स्थानमा रहेको छ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त​ गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ मत र  जनमत पार्टी ३ लाख ४६ हजार ९७० मत ल्याएर राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ८१ हजार ३४८ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१  मत ल्याएका छन् ।...
वाम सरकार बन्ने कुनै सम्भावना छैन : माधव नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

वाम सरकार बन्ने कुनै सम्भावना छैन : माधव नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘म त्यस्तो सम्भवाना देखिरहेको छैन ।’ उनले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने समेत बताए। ‘गठबन्धन दलहरुसँगको जुन सहकार्य छ, त्यसलाई अगाडि बढाएर लानुपर्छ भन्ने हामीले ठानेका छौं,’ नेपालले भने, ‘बाँकी कुरा राजनीतिक घटना क्रमसँगसँगै तय गर्छौं।’ गठबन्धनको सरकार बन्ने, नबन्ने कुरा पनि सम्पूर्ण चुनावी परिणाम आएपछि प्रष्ट हुने नेपालले बताए। ‘अहिले मतदान नै हुन बाँकी छ,’ उनले भने, ‘सबै आइसकेपछि एउटा ‘पिक्चर क्लियर’ हुन्छ । त्यसपछि सबैले आआफ्नो धारणा बनाउँछन् । त्यस क्रममा पनि हामीले आफ्नो धारणा तय गर्छौं।’...
बाँकेमा ६४ हजार मत बदर
राजनीति, समाचार

बाँकेमा ६४ हजार मत बदर

नेपालअखबार, बाँके । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीको १२ हजार एक सय ५६, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ हजार दुई सय ७० र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको २० हजार चार सय ९१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकेको निर्वाचन क्षेत्र नं १ मा एक लाख २१ हजार एक सय मतदाता भएकामा खसेको मत ७५ हजार नौ सय ७४ थियो । खसेको सो मतमध्ये ७० हजार आठ सय ११ सदर भएको थियो भने पाँच हजार एक सय ६३ मत बदर भएको थियो । निर्वाचन क्षेत्र नं २ मा ९७ हजार आठ सय नौ मतदाता भएकामा ६७ हजार पाँच सय ११ मत खस्यो ।...
सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय
राजनीति, समाचार

सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

नेपालअखबार, काटमाडाै । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए । उनले भने, ‘ गठबन्धनलाई निरन्तरता दिनुपर्छ । गठबन्धनले निरन्तरता प्राप्त पनि गर्छ । गठबन्धनको बहुमत पनि पुग्छ ।’ मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई चित्त बुझाउनको विकल्प नभएको बताए । उनले भने, ‘अपेक्षाकृत परिणाम आएन । चुनाव परिणाममा चित्त बुझाउनुपर्छ । अरु कुरामा समीक्षा गरेर अगाडि बढ्ने निर्णय भएको छ ।’...