Monday, July 13

राजनीति

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्य के होला भन्ने कोणबाट हेरिएको छ ।...
खनालले धाँधली भएको भन्दै  पुन मतदानको माग
राजनीति, समाचार

खनालले धाँधली भएको भन्दै पुन मतदानको माग

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने बताए । ‘सुरुबाटै त्रुटिहरु देखिएका छन् । खसेको भन्दा धेरै गणना कसरी हुन्छ ?’ खनालले भने, ‘कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । त्यो धाँधलीकै प्रमाण हो ।’ पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । अहिले दुई बजे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने तयारी उनले गरेका छन् । ‘मैले प्रमुख निर्वाचन आयुक्तसँग पनि कुरा गरें, उहाँसँग पनि यसको जवाफ छैन,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब रिपोलिङको विकल्पै छैन ।’ यसअघि पनि ५५५ मत हराएको भन्दै मतगणना स्थगित भएको थियो ।‘त्रुटि रोकिएन । अब हाम्रा प्रति...
नुवाकोट २ मा कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित
राजनीति, समाचार

नुवाकोट २ मा कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित

नेपालअखबार, काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाएर दोस्रो भए । एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मतका साथ तेस्रो भए भने राप्रपाका झनक प्याकुरेलले १५७१ मत ल्याएर चौथो भएका छन् ।...
अहिलेसम्म १४० स्थानको नतिजा आयो
राजनीति, समाचार

अहिलेसम्म १४० स्थानको नतिजा आयो

नेपालअखबार, काठमाडाैं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १४० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ४६ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ३८ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १५ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। त्यस्तै जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले ३-३ स्थानमा जित निकालेका छन्। नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्। दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ। हेर्नुहोस् कसले कहाँ जिते? नेपाली कांग्रेस (१) मुस्ताङ – योगेश शेरचन (२) मनाङ – टेकबहादुर गुरुङ (३) काठम...
हिमाली जिल्ला मुगुमा कांग्रेसका शाही निर्वाचित
राजनीति, समाचार

हिमाली जिल्ला मुगुमा कांग्रेसका शाही निर्वाचित

नेपालअखबार, मुगु। हिमाली जिल्ला मुगुको प्रतिनिधिसभा तर्फको अन्तिम नतिजा आएको  छ। जस अन्तर्गत गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाहीले निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् । शाहीको पक्षमा १४ हजार ७०२  मत आउँदा कार्कीको पक्षमा १० हजार ७०८ मत आएको छ ।  योसँगै कर्णालीमा प्रतिनिधि सभाको नतिजा आउने क्रम सकिएको छ । जसमा नेपाली कांग्रेसले ४ र माओवादीले ४, समाजवादीले ३ र राप्रपाले एक सिट जितेको छ । यस्तै नेकपा एमाले भने प्रतिनिधि सभामा शून्य भएको छ ।...
दलका नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ : प्रचण्ड
राजनीति, समाचार

दलका नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ : प्रचण्ड

नेपालअखबार, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलका नेतृत्वहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । गोरखा २ बाट चुनाव जितेका उनले सदरमुकाम गोरखामा भएको धन्यवाद एवं शुभकामना आदान प्रदान कार्यक्रममा अहिलेको निर्वाचनमा राजनीतिक एजेण्डा र विचारको अवमूल्यन किन भयो भनेर दलहरुले सोच्नुपर्ने बेला आएको बताए । ‘नेपाली जनताले पाएको लोकतान्त्रिक अधिकार र वडासम्म पुगेको सिंहदरबारको अधिकारलाई उल्ट्याउने कतै न कतैबाट चेष्टा भइरहेको छ, यो निर्वाचनको क्रममा पनि त्यस्ता चेष्टा भएको देखियो,’ उनले भने, ‘कुनै राजनीतिक सिद्धान्त, विचार र एजेण्डामा नभइ आवेगमा आएर भ्रमित पार्ने संकेत देखिएकाले दलका नेतृत्वहरु गम्भिर भएर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’ कसैलाई आलोचना गर्नु र आरोप लगाउनुभन्दा एक पटक आफंैभित्र फर्केर आफ्ना कमजोरी केलाउन दलका नेतृत्वहरुल...
डोटेली जनताको कतैपनि शिर ननिहुरीने गरी अगाडि बढ्ने छौं : आले
राजनीति, समाचार, हाइलाइट-समाचार

डोटेली जनताको कतैपनि शिर ननिहुरीने गरी अगाडि बढ्ने छौं : आले

विमल विष्ट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट्व्यूरो सदस्य तथा डोटीबाट प्रतिनिधी सभा सदस्यमा विजयी हुनु भएका उम्मेदवार प्रेमबहादुर आलेले जनतासँग भोटमाग्दा जाहेर गरेका प्रतिबद्धता (बाचाँ) हरु पुरा गरिने बताउनु भएको छ । प्रतिनिधी सभा सदस्यमा विजयी हुनु भएपछि आज डोटीको सायल तथा आदर्श गाउँपालिकाका मतदाताहरुले आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै सांसद आलेले आफुले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङ्को उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र पाँच वर्षे कार्यकाल भित्र उक्त सडक बनाएरै छोड्ने बताउनुभयो ।“जनताको बीचमा विकास निर्माणका जुन–जुन प्रतिबद्धता जाहेर गरेको छु, ति पुरा गर्न अहोरात्र दत्तचित्त भएर लाग्नेछु”, उहाँले भन्नुभयो, “द्रुतमार्ग बनाउनु मेरो प्रमुख मुद्धा हो, मेरो कार्यकाल भित्र जुनसुकै हालतमा पनि उक्त कार्य पुरा गर्नेछु।” यसैगरी उहाँले निर्वाच...
कालिकोटमा महेन्द्रबहादुर शाहीको ‘ह्याट्रिक’
राजनीति, समाचार

कालिकोटमा महेन्द्रबहादुर शाहीको ‘ह्याट्रिक’

नेपालअखबार, कालिकोट। कालिकोटबाट प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गर्दै ‘ह्याट्रिक’ गरेका हुन् । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्रले  १६  हजार ४१० मत पाएका छन्।  निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् । यसअघि ०७० र ०७४ मा पनि उनले चुनाव जितेका थिए । ०७४ मा प्रदेश झरेर मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् ।  माओवादीभित्र प्रभावशाली नेताको छवि बनाएका उनी राष्ट्रिय राजनीतिमा प्रभाव बढाउनका लागि प्रतिनिधिसभा रोजेको बताउँछन् ।...
खनालको क्षेत्रमा मतगणना पुन: सुरू
राजनीति, समाचार

खनालको क्षेत्रमा मतगणना पुन: सुरू

नेपालअखबार, इलाम। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार भएको क्षेत्र इलाम १ मा रोकिएको मतगणना सुरू भएको छ। आज बिहानबाट मतगणना पुन: सुरू भएको हो। निर्वाचन अधिकृत राजकुमार दाहालले दुईपक्षीय सहमतिपछि गए रातिबाट समानुपातिक र बिहानबाट प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको सेतोपाटीलाई बताए। अहिलेसम्मको मतपरिणाम अनुसार समाजवादीका खनाल नेकपा एमालेभन्दा १५ सय बढी मतले पछि छन्। खनालले ८ हजार ७८० मत ल्याएका छन् भने एमालेका बस्नेतले १० हजार २८७ मत प्राप्त गरेका छन्।...
खसेको भन्दा धेरै मतपत्र भेटिएपछि हुम्लामा मतगणना स्थगित
राजनीति, समाचार

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि हुम्लामा मतगणना स्थगित

नेपालअखबार, हुम्ला । हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो ।बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन ।...