Monday, July 13

राजनीति

कास्की-३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित
राजनीति, समाचार

कास्की-३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित

नेपालअखबार, कास्की । कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्‍मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्‍मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्‍याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार योगराज पौडेलले १२ हजार १८० मत ल्याए ।...
डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढाको ‘ह्याट्रिक’
राजनीति, समाचार, हाइलाइट-समाचार

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढाको ‘ह्याट्रिक’

नेपालअखबार, डोल्पा। हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् । गठबन्धनको सहयोगमा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का नेता बुढाले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् । बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ। यस्तै राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरे । बुढाले यो पटकसहित तीन पटक संसदीय निर्वाचनमा जितको ‘ह्याट्रिक’ पार गरेका छन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट बहुमतले निर्वाचित भएका थिए भने ०७४ मै नेकपा एमालेबाट ८१ प्रतिशत मतसहित विजयी भएका थिए । डोल्पामा व्यक्तिगत रुपमा बलिया रहेका उनले आफ्नै पूर्वसहकर्मीलाई पराजित गरेका हुन् । बुढा तीनै व्यक्ति हुन् जो ०७० मा दोस्रो संविधानसभाको निर्वाचनताका राप्रपा छाडेर एमाले प्रवेश ...
चितवन-१बाट समाजवादीका खनाल प्रदेशसभा सदस्यमा विजयी
राजनीति, समाचार

चितवन-१बाट समाजवादीका खनाल प्रदेशसभा सदस्यमा विजयी

नेपालअखबार, चितवन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल चितवन क्षेत्र नं. १( ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । गठवन्धनबाट उम्मेदवार बनेका खनाल जितेर समाजवादीले आˆनो उपस्थितीलाई जिल्लामा कायमै राखेको छ । खनालले एमालेका प्रकाश खनाल ‘शैलेस’ लाई पराजित गरे । पाँच दलीय गठबन्धनका खनालले १५ हजार ५०७ मत ल्याउँदा शैलेसले १४ हजार ७६८ मत ल्याउन सके । निर्वाचित खनाल बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन् । उनी २०७४ को निर्वाचनमा एमालेबाट सोही क्षेत्रमा प्रदेश सांसद निर्वाचित भएका थिए ।त्यस्तै सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम शर्मा खनालले एक हजार ४१९, कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले सात हजार ५१९ मत ल्याए । ७३ हजार ८ सय ३० मतदाता रहेको यो क्षेत्रमा ५१ हजार १ सय ३२ मत खसेको थियो । त्यसमा १९४३ मत बदर भएको थ...
माधव नेपाल साढे ६ हजार मतान्तरले विजयी
राजनीति, समाचार, हाइलाइट-समाचार

माधव नेपाल साढे ६ हजार मतान्तरले विजयी

नेपालअखबार,रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  माधवकुमार नेपाल  साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन । सत्ता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार नेपाल गृह जिल्ला  रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले  निर्वाचित भएका हुन।  नेता नेपाल ३३ हजार ५५२ मत पाएर  विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपा गठबन्धनका एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।...
दाङ २ मा रेखा शर्मा विजयी, एमाले महासचिव शंकर पोख्रेल पराजित
राजनीति, समाचार

दाङ २ मा रेखा शर्मा विजयी, एमाले महासचिव शंकर पोख्रेल पराजित

नेपालअखबार, दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।
३० हजार मतान्तरसहित नेमकिपाका सुवाल विजयी
राजनीति, समाचार

३० हजार मतान्तरसहित नेमकिपाका सुवाल विजयी

नेपालअखबार, भक्तपुर। भक्तपुर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल ३० हजार मतान्तरसहित विजयी भएका छन् । नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाए भने राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत पाए । विजयी सुवाल र एमालेका उम्मेदवारबीचको मतान्तर ३० हजार ७९३ रहेको छ ।...
तनहुँ-१ मा रामचन्द्र पौडेल विजयी
राजनीति, समाचार

तनहुँ-१ मा रामचन्द्र पौडेल विजयी

नेपालअखबार, तनहुँ। तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्। उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। पौडेल ५ हजार तीन सय ७५ मतान्तरले विजयी भएका छन्। निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ। यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगर पराजित भए। तनहुँ १ मा ६८१५८ मत खसेको थियो।पौडेल २०७४ को चुनावमा यही क्षेत्रबाट पराजित भएका थिए।...
कञ्चनपुर ३ को (१) मा समाजवादीका रावलको जित
राजनीति, समाचार

कञ्चनपुर ३ को (१) मा समाजवादीका रावलको जित

नेपालअखबार, कञ्चनपुर ।  ३ को (१) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावलले कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गरेका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रावलले एमाले–राप्रपाका धर्मराज जोशीलाई १८ सय ६० मतान्तरसहित पराजित गरेका हुन् समाजवादीका रावलले ८ हजार ७१८ मत ल्याउँदा राप्रपाका जोशीले ६ हजार ८५८ मत प्राप्त गरे । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका टेकेन्द्रप्रसाद भट्ट ६ हजार १९५ मत ल्याएर तेस्रो भए । स्थानीय निर्वाचनको मत परिणामलाई हेरेर कांग्रेसले माओवादीलाई बोकेपनि समाजवादीका रावल एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए । ०७४ मा तत्कालीन एमालेबाट चुनाव जितेका रावलले यस पटक समाजवादीबाट पनि चुनाव बाजी मारे ।...
कास्की क्षेत्र नं २ बाट एमालेकी विद्या भट्टराई निर्वाचित
राजनीति, समाचार

कास्की क्षेत्र नं २ बाट एमालेकी विद्या भट्टराई निर्वाचित

नेपालअखबार, पाेखरा । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । उहाँले १६ हजार ९ सय ९८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत ल्याउनुभयो । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एसका श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भट्टराई यसअघि विसं २०७६ को उपनिर्वाचनमा प्रतिनिधिसभामा विजयी हुुनुभएको थियो ।...
प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं २(२)मा विन्दुकुमार थापा विजयी
राजनीति, समाचार

प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं २(२)मा विन्दुकुमार थापा विजयी

नेपालअखबार, पाेखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं २(२)मा नेपाली काँग्रेसका विन्दुकुमार थापा विजयी हुनुभएको छ । पोखरा सभागृहमा आज विहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार काँग्रेसका थापाले नेकपा(एमाले)का मीना गुरुङलाई एक हजार ३०९ मतान्तरले पराजित गरी दोस्रो पटक प्रदेशसभामा निर्वाचित हुनुभएको हो । थापाले नौ हजार २८० मत प्राप्त गर्दा एमालेका गुरुङले सात हजार ९७१ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापा यसअघि विसं २०७४ को निर्वाचनमा प्रदेशसभा विजयी भएर हाल प्रदेश सरकारको कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री समेत हुनुहुन्छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीन हजार ९०१, स्वतन्त्र उम्मेदवार श्रमिक घर्तीक्षेत्रीले ४६५, नेपाल सुशासन पार्टीले ३६६,मङ्गोल नेशनल अर्गनाइजेशन पा...