Sunday, July 12

राजनीति

‘तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ’–एमाले उम्मेदवार कार्की
राजनीति, समाचार

‘तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ’–एमाले उम्मेदवार कार्की

नेपालअखबार, पोखरा । नेकपा एमालेको तर्फबाट कास्की २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले  तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ भएको बताएका छन् । उनले देश विकास गर्ने योजना र तागत आफ्नो पार्टीसँग मात्रै भएको उल्लेख गर्दै समृद्ध नेपाल–सुखी नेपालीको सपना साकार पार्न आफु योजना र कार्यान्वयनको उपाय सहित निर्वाचनमा सामेल भएको स्पष्ट पारे । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै कार्कीले भने–‘जहिले पनि एमालेले सम्भव सपना देख्यो र तिनीहरुको सार्थक परिणाम पनि देखिइसकेको छ, अब पनि आफ्नो घोषणापत्रमा समृद्धिको अभियान उल्लेख गरेका छौँ ।’ राष्ट्रिय स्वाधिनताको रक्षासहित उज्यालो प्रदेश र क्षेत्र निर्माण गर्दै समृद्धिका सबै पूर्वाधारहरुको उत्कृष्टतापूर्वक निर्माणमा लाग्ने उनको प्रतिवद्धता छ । ‘जनताको जगमा उभिएको पार्टी हो, जनताको आशा र विश्वासलाई भरोसामा बदल्ने छु ।...
‘विपक्षीले रोक्ने कसरत गर्दा पनि बाटोको योजना प¥यो, अब सम्पन्न गर्ने जिम्मा’
राजनीति, समाचार

‘विपक्षीले रोक्ने कसरत गर्दा पनि बाटोको योजना प¥यो, अब सम्पन्न गर्ने जिम्मा’

नेपालअखबार, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गरेका छन् । उनले यो योजना अब टेण्डरमा गईसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफुहरुकै काँधमा आएको बताए । माछापुछ«े गाउँपालिकाको धम्पुसमा आयोजना गरिएको चुनावी सभामा बोल्दै बरालले भने, ‘हामीले यो बाटो ल्याउन पहल ग¥यौं, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे, तर हामीले उनीहरुको अबरोध चिर्दै योजना पारेका छौं ।’ उनले अगाडी थपे, ‘अब यो बाटो टेण्डरको प्रकृयामा गईसकेकोले सम्पन्न पनि हामीले नै गर्ने हो ।’ बरालले आफु प्रदेश सभामा हुँदा धेरै कामहरुको थालनी भएको बताउँदै ति कामहरु पनि पुरा गर्न प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवारले बिताए । ‘ यहाँ थाँती रहेका योजना सम्पन्न गर्न र नयाँ योजना ...
नक्कली सुन धितो राखेर बैंकबाट लिए २४ लाख ऋण!
राजनीति, समाचार

नक्कली सुन धितो राखेर बैंकबाट लिए २४ लाख ऋण!

नेपालअखबार, पाेखरा । पोखरामा प्रहरीले नक्कली सुन धितो राखी ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका-२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार सुनारले बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण लिएका थिए। यस्तै, सुनारले बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको खुलेको प्रहरी उपरीक्षक तिवारीले बताए। उनका अनुसार ऋणको किस्ता तिर्न सुनार नआएपछि सुन जाँच गर्दा नक्कली भेटिएको हो। अनुसन्धानका क्रममा निजले धितो राखेको सुनचाँदी व्यवसायी संघ कास्कीमा चेकजाँच गर्न पठाउँदा धितो राखिएको गहना नक्कली भेटिएको परीक्षण प्रतिवेदन उल्लेख भएको उनले बताए। सुनारमाथि ठगी, आपराधिक विश्वास...
गठबन्धनको प्रतिबद्धता : माध्यमिकतहमै पर्यटनविषयको पाठ्यक्रम
राजनीति, समाचार

गठबन्धनको प्रतिबद्धता : माध्यमिकतहमै पर्यटनविषयको पाठ्यक्रम

नेपालअखबार, पोखरा । कास्की २ कापाँचदलीय गठबन्धनका साझा उमेदवारहरुले पोखराको पर्यटनलाई बढवादिनमाध्यामिकतहमै पाठ्यक्रमबनाउनपहल पर्ने प्रतिवद्धता जनाएको छ । पोखरा पर्यटन क्षेत्र भएकाले यस क्षेत्रमा आवश्यक दक्षजनशक्ति उत्पादनगर्न माध्यमिकतहमै पर्यटनका विषयमा पठनपाठन गर्न पहलगर्ने बताएको छ । जसका लागि सार्वजनिक र सामुदायिकविद्यालयसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै सूचना, सञ्चार तथाप्रविधिको बढ्दो आवश्यकतालाई सम्बोधनगर्न महानगरीय आईसिटी एकेडेमी स्थापनागर्न महानगरसँग सहकार्य गर्ने बताएको छ । यो सँगै शिक्षा क्षेत्रमा खोजमुलक पठनपाठन तथा अनुसन्धान संस्कृतिको विकास गरी गु्णस्तरीय शिक्षाहासिलगर्ने अवसरको सुनिश्चितता गर्न एक मेट्रो लाईब्रेरी र वडास्तरमालाई ब्रेरी स्थापनाका लागि पहल गर्ने बताएको छ । विद्यार्थीहरुका लागिआत्मनिर्भर सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि गरे...
घट्टेखोला–धम्पुस सडक टेण्डरमा गयो,अब सम्पन्न गर्ने जिम्मा हाम्रो हो :बराल
राजनीति, समाचार

घट्टेखोला–धम्पुस सडक टेण्डरमा गयो,अब सम्पन्न गर्ने जिम्मा हाम्रो हो :बराल

नेपालअखबार, पाेखरा । कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको घट्टेखोला हुँदै धम्पुस खानी गाउँको सडक आफूहरुको प्रयासमा कार्यक्रममा परेको बताउनुभएको छ । उहाँले यस सडक योजना अब टेण्डरमा गईसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफुहरुकै काँधमा रहेको स्पष्ट पार्नुभयो । माछापुछ«े गाउँपालिकाको धम्पुसमा आज आयोजना गरिएको चुनावी सभामा बोल्दै बरालले भन्नुभयो,‘हामीले यो बाटो ल्याउन पहल ग¥यौं, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे, तर हामीले उनीहरुको अबरोध चिर्दै योजना पारेका छौं । अब यो बाटो टेण्डरको प्रकृयामा गईसकेकोले सम्पन्न पनि हामीले नै गर्ने हो ।’ बरालले आफु प्रदेश सभामा हुँदा धेरै कामहरुको थालनी भएको बताउँदै ति कामहरु पनि पुरा गर्न प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताउनुभयो ।  यहाँ...
युवाको उत्सापूर्वक साथ पाएको छुँ : दिपक माइला
राजनीति, समाचार

युवाको उत्सापूर्वक साथ पाएको छुँ : दिपक माइला

नेपालअखबार, पोखरा । कास्की क्षेत्र नम्बर १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले युवापुस्ताको निकै साथ पाएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा जहाँ–जहाँ पुगेपनि युवाहरुको उल्लेख साथ पाएको बताए । ‘आफ्नो भुगोल अन्तर्गतका ठाउँहरुमा घरदैलो कार्यक्रममा पुग्दा युवा साथीहरुको उत्साहपूर्वक सहभागीता पाएको छुँ,’ उनले भने, ‘आज सम्म कुनै पनि पाटीमा नखुलेका युवा साथी म प्रति विश्वास गरेर घरदैलो कार्यक्रममा सँगसँगै हिँड्नु भएको छ । उहाँको साथ र सर्पोटले चुनाव जितेको आभास दिलाएको छ ।’ उहाँहरुल निकै आसा र अपेक्षा आफूबाट गरेको उनले सुनाए । उम्मेदवार गुरुङले आफ्नो प्रतिबद्धतामा पनि युवावर्गको सीप र क्षमताको विकास गरि स्वरोजगार बन्न अभिप्रेरित गरिने भनेर उल्लेख गरेका छन् । ‘लागुऔषध दुव्र्यसनी विरुद्ध युवाहरुका लागि सचेतनामुलक अभियान सञ्चालन गरिनेछ,’ प्रतिवद्धतामा उल्लेख छ, ‘युव...
नयाँ पुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा
राजनीति, समाचार

नयाँ पुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पुस्ताका कलाकर्मीहरूसँग अन्तर्क्रिया गरेका छन्। उनले पत्नी आरजु राणा देउवासँगै प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे। 'निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्', प्रधानमन्त्री देउवाले भने, 'निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ भन्ने सन्देश तपाईंहरूले दिनुपर्यो।' उनले नेपाली कला क्षेत्रको समस्या समधानका निम्ति आफू सदैव तयार रहेको बताए। भेटघाटमा सहभागीहरूले फिल्म, सङ्गीत लगायतको क्षेत्रमा देखिएको समस्या उठान गरेका थिए। उनीहरूले फिल्म छायाङ्कनको समस्या, छायाङ्कनमा अनुदान, फिल्ममार्फत् पर्यटन प्रवर्द्धन, सङ्गीतको रोयल्टी, ओटीटीको विषयमा देखिएको केही सम...
संविधानजोगाउने गठबन्धनका नेतालाई भोट हालिन्छ : मतदाता
राजनीति, समाचार

संविधानजोगाउने गठबन्धनका नेतालाई भोट हालिन्छ : मतदाता

नेपालअखबार, पोखरा । पाँचदलियगठबन्धनबाटकास्की २ काउम्मेद्वारहरु घरदैलो अभियानमाछन् । मंसिर ४ नजिकआएकाले उनीहरुलाई मतदाता रिजाउनभ्याइनभ्याइ छ । कास्की २ काउम्मेदवार श्रीनाथ बराल, २ (क) काविश्वप्रकाशलामिछाने र २ (ख) काविन्दुकुमार थापाआईबार पोखरा १६ र ११ को घरदैलो र चुनावीकोणसभामाव्यस्तभए । उनीहरुले मतमात्रमागिरहेका छैनन् । मतसँगै मन र समस्यामापनिमागिरहेकाछन् । सोहीअनुसार मतदाताहरुले कसैले सल्लाहदिन्छन्, कसैले सुझाव त धेरैले विकासकाकामढिलाभएको गुृनासा सुनाउँछन् । भने, केहीले गाली समेत गर्न भ्याउँछन् । तर, पोखरा ११ मामतदाताहरु पुग्दा धेरै खुसीथिए । पोखरा ११ काँहु क्षेत्रकामतादाताहरुमध्ये बुद्धिसागर घिमिरेले संविधानजोगाउनबनेको गठबन्धनलाई भोटहाल्ने हो भन्दै उम्मेदवारसँगै हिडे । उनले शेरबहादुर, प्रचण्ड, माधवकुमार र बाबुाराम भट्टराई मिलेपछिअसंभव केहीनभएको बताए ।गठबन्धनमाचित्रबहादुर केसीपनिसँगै भएक...
व्रिदोह चेतमा उभिएका एक अविचलित योद्धा
राजनीति, समाचार, हाइलाइट-समाचार

व्रिदोह चेतमा उभिएका एक अविचलित योद्धा

नेपालअखबार, पाेखरा । गाउँबाट देखिने खुलेको हिमाल र त्यत्तिकै सुन्दर फेवाताल देखिन्थ्यो । तर,हालको पोखरा २२ डाँडाथोक,लुकुस्वाँराका रामजीप्रसाद बराललाई त्यो सुन्दरतामा भुल्ने फुर्सद कम मिल्थ्यो । बिहान उठ्यो, घाँस पराल ग¥यो । दिउसो टालेको जाँघे लगाएर महेश्वरी प्राविमा पुग्यो। जीवन अभावमै बित्यो ।शुक्रराज माविबाट एसएलसी दिँदा सम्म पनि उनको खुट्टामा चप्पल हुँदैनथे, जाँघेबाट पाइन्टमा सरेको त एसएलसीपछि नै हो १ ‘कतिसम्मभने स्कूलको फिस तिर्न नसकेर मैले एकवर्ष जाँच नै दिन पाइन’,सम्झनाको अतिरेकमा हराएका रामजी फुस्फुसाए,‘माथ्लो गामबाट अँध्यारोमा कोदो बेसाएर ल्याएको,लुकाएरै ढिँडो र आँटो खाएको हिजो जस्तै लाग्छ ।’ अभावकै कारण २०२३ सालमा जन्मेका रामजीले २०४३ सालमा मात्रै एसएलसी भ्याए । अभावले विद्रोह जन्माउँछ । रामजीलाई अभाव र असमानताले नघोच्ने कुरै भएन । उनी युवा हुँदा देशमा पञ्चायत थियो । २०३३ सा...
कास्की ३ का सबै सामुदायिक विद्यालयमा नर्स : गठबन्धन
राजनीति, समाचार

कास्की ३ का सबै सामुदायिक विद्यालयमा नर्स : गठबन्धन

नेपालअखबार, पोखरा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनपछि कास्की क्षेत्र नम्बर ३ का सबै सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गर्ने ५ दलीय गठबन्धनले घोषणा गरेको छ । बलियो स्वास्थ्यसँगै गुणस्तरीय शिक्षाको लागि भन्दै गठबन्धनका उम्मेदवारहरुले आवश्यक शिक्षक कर्मचारी सहित नर्सको व्यवस्था गर्ने घोषणा गरेका हुन् । कास्की ३ मा गठबन्धनको तर्फबाट नेकपा ९माओवादी केन्द्र० का रामजीप्रसाद बराल जीवन, प्रदेश १ मा माओवादी केन्द्रकै दुर्गादत्त भण्डारी र २ मा नेपाली काँग्रेसका प्रकाश बराल चुनावी मैदानमा छन् । यो व्यवस्थाले नर्सिङ् विषय अध्ययन गरेर पनि विदेशिने बाध्यताको न्यूनीकरण हुने गठबन्धनको विश्वास छ । अहिले पनि नेपालका नर्सिङ् अध्ययन गरेर विदेशी मुलुकमा नेपाली नर्सहरु दैनिक विदेशिने बाध्यता छ । यसका साथै विद्यालयहरुको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने, आवश्यकता अनुसार सामुदायिक पुस्तकालयहरुक...