Wednesday, May 6

राजनीति

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर
राजनीति, समाचार

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

नेपालअखबार, काठमाडाैं । नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको हो । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् । यस्ता छन् सम्झाैता ...
आज चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु  काठमाडौं आउँदै
राजनीति, विश्व, समाचार

आज चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु काठमाडौं आउँदै

नेपालअखबर, काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका चान्सु सभामुख अग्नि सापकोटाको औपचारिक निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् । भ्रमणको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नेछन् । प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेट हुने बताइएको छ । गत २५ चैतमा भएको भर्चुअल संवादका क्रममा सापकोटाले चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । त्यसको केही समयपछि चैत महिनामा विदेशमन्त्री वाङ यी र असार अन्तिम साता सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण गरेका थिए । चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङ पछिका...
आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ : शहरी विकास मन्त्री मेटमणी चौधरी
राजनीति, समाचार

आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ : शहरी विकास मन्त्री मेटमणी चौधरी

नेपालअखबार, काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुनेगरि योजना अगाडि बढाउनुपर्ने धारणा राखेका छन । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज आयोजना गरेको धोविखोला कोरिडोर कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजनासम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । त्यसका साथै पीडित जनता पनि सामेल हुनुपर्छ । छलफलमा ठुला बडा मात्र सहभागि भएको जस्तो हुनुभएन । स्थानीय जनताको साथ सहयोग भएमा मात्र आयोजना सफल हुन्छ ।’ मन्त्री चौधरीले डुवानको समस्या समेत हल हुनेगरि छिट्टै धोविखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताए । त्यसैगरि सांसद गगन थापाले खुद्रा खुद्रामा बजेट गइरहेको तर समस्या जस्ताको तस्तै रहेको सुनाए । उनले बाटो निर्माण गर्दा वर्षाका कारण हुनसक्ने क्षतिबारे समे...
निर्वाचन क्षेत्र रणनितिक सडकको माधव नेपालद्वारा शिलान्यास
राजनीति, समाचार

निर्वाचन क्षेत्र रणनितिक सडकको माधव नेपालद्वारा शिलान्यास

नेपालअखबार, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपालले आज शंखरापुर नगरपालिकाको साँखुमा आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनितिक सडकको शिलान्यास गर्नुभएको छ। देशभरका १६५ वडा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये काठमाडौं २मा यो सडक बन्न लागेको हो। २० करोड लगानीमा बन्न लागेको सो सडकको निर्माण कार्य आजबाट शुरु भएको हो। काठमाडौंको साँखुदेखी शंखरापुर नगरपालिका वडा नं २ को पटापसम्म २ अर्व लागतमा डिपिआर गरिएको सो सडकको पहिलो चरणको ठेक्काबाट करिव ४ किलोमीटर सडक कालोपत्र हुनेछ।सो सडकले शंखरापुर नगरपालिकाका वडा नं ७,८, ४ र २ छुनेछन। कमलजित निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको यो सडक असफाल्ट र डिबिएम प्रबिधिको कालोपत्रे हुनेछन्।सो कार्यक्रममा संबिधानसभा सदस्य दिपक प्रसाद कुँइकेल बागमती प्रदेशसभा सदस्य माननीय मणिराम ...
बिबेक भुजेलकाे नेतृत्वमा अर्चलबाेट बाट ४१ जना युवा  एकीकृत समाजवादी पार्टी प्रवेश
राजनीति, समाचार

बिबेक भुजेलकाे नेतृत्वमा अर्चलबाेट बाट ४१ जना युवा एकीकृत समाजवादी पार्टी प्रवेश

नेपालअखबार, पाेखरा ।   एकीकृत समाजवादी पार्टी कास्की जिल्ला कमिटी नेतृत्व  हस्तान्तण तथा वृहद प्रशिक्षण  कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य युवा नेता बिबेक भुजेलको पहलमा पोखरा महानगरपालिका वडा नम्वर 2  अर्चलबोट युनाईटेड क्लवको पुर्व अध्यक्ष पुर्ण पुन र सहयोगी मिलनसार युवा मनिस  श्रेष्ट  लगाएत ४१ जाना युवाहरू पार्टि प्रवेश गरेका छन् । गण्डकी प्रदेशकाे इन्चार्ज  केशबलाल श्रेष्ठ र  गण्डकी प्रदेशकाे अध्यक्ष रामजी शर्माले टिका तथा माला लगाइ स्वागत गरेका थिए ।...
समानुपातिकमा २० लाख मत पाउँछौँ : अध्यक्ष नेपाल
राजनीति, समाचार

समानुपातिकमा २० लाख मत पाउँछौँ : अध्यक्ष नेपाल

नेपालअखबार, रुपन्देही।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् छ । मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताएका हुन् । गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए । मुस्लिम इत्तेहाद सङ्गठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई सङ्गठन बलियो बनाउन उनले आग्रह गरे । पार्टीका सबै सङ्गठनलाई मजबुत बनाउने दायित्व सबै नेता कार्यकर्ताको रहेकाले गाउँगाउँमा सङ्गठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए । उनले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहे...
राष्ट्रसेवक कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्छ -मुख्यमन्त्री पाण्डे
राजनीति, समाचार

राष्ट्रसेवक कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्छ -मुख्यमन्त्री पाण्डे

नेपालअखबार,  काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । १९औँ निजामती सेवा दिवसका अवसरमा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले कर्मचारीहरूलाई सक्रिय ढङ्गबाट जनताको कामकाज गर्न निर्देशन दिनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा मिलोस् भन्दै शुभकामनासमेत दिनुभयो । “हामी राजनीतिज्ञले जनताको मतबाट पाएको मान सम्मान प्रतिष्ठा र जिम्मेवारी कहिल्यै भुल्नु हुँदैन । त्यस्तै राष्ट्रसेवक कर्मचारीले पनि गाउँपाखामा गरिब किसान मजदुरले तिरेको एक–एक रुपैयाँ करबाट हामी पालिएका छौँ भन्ने कुरा भुल्नु हुँदैन”, उहाँले भन्नुभयो, “जनताप्रति उत्तरदायी भ...
कार्यदल लगत्तै गठबन्धनका शीर्ष नेताकाे बैठक बस्ने
राजनीति, समाचार

कार्यदल लगत्तै गठबन्धनका शीर्ष नेताकाे बैठक बस्ने

नेपालअखबार, काठमाडाैं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ । सिट बाँडफाँट गर्न बनेको कार्यदलले आजै प्रतिवेदन बुझाउने भएपछि त्यसमाथि छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ‘कार्यदलको बैठक सकिएपछि शीर्ष नेताको बैठक बोलाइएको छ’, बालुवाटार स्रोतले भन्यो,‘कार्यदलले बुझाउने प्रतिवेदनमा छलफल होला ।’ यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक समय परिवर्तन गरेर ३ बजेलाई सारिएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिला दिउँसो १ बजे शीर्षको बैठक बस्ने भनिएपनि पुन समय परिवर्तन गरेर ३ बजे बस्नेगरी खवर आएको बताए । ‘शीर्षको बैठक १ बजे भनेका थिए । सारेर फेरि ३ बजेलाई भनेर खवर आएको छ’, केसीको भनाइ छ । कार्यदलमा सहमतिका लागि समय लाग्ने भएकाले शीर्षको बैठक सारिएको हुनसक्ने अध्यक्ष केसीले बताए । कार्यदलको बैठक बिहीबार बिहान सा...
एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन हुँदै
राजनीति, समाचार

एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन हुँदै

नेपालअखबार, काठमाडौ  । नेकपा ( एकीकृत समाजवादी ) को प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च अमेरिका’ ले राष्ट्रिय सम्मेलन योजना गरेको छ । ‘सामाजिक अभियानमा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ आगामी सेप्टेम्बर १७ र १८ तारिखमा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा सहभागी हुन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएता पनि उहाँले आफू व्यस्त रहेकाले सरिक नहुने बताउनुभएको मञ्चले जनाएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारीमा जुटेकाले अमेरिका आउने सम्भावना नरहेको जनाइएको हो । तर, उहाँले अनलाइन जुम मार्फत सम्मेलनको उद्घाटन गर्ने तय भएको मञ्चका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । अमेरिकामा रहेका नेपाली समुदायलाई कसरी सशक्त बनाउने भन्ने विषयमा सम्मेलनमा छलफल गरिने उहाँको भनाइ छ । पु...
महिला समाजसेवी पौडेल प्रदेश सभा समानुपातिक उम्मेदवारमा सिफारिस
राजनीति, समाचार

महिला समाजसेवी पौडेल प्रदेश सभा समानुपातिक उम्मेदवारमा सिफारिस

नेपालअखबार, पोखरा । नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला सचिवालय  सदस्य वडा नं. १९,का ईन्चाज भीमा कुमारी पौडेल  प्रदेश सभा सदस्य निर्वाचनका लागि कास्कि क्षेत्र न. ३ (क)को समानुपातिक तर्फ बाट उम्मेदवारमा सिफारिस हुनुभएको छ । जनप्रिय टोल  बिकास  संस्थाको अध्यक्ष, पोखरा महानगरपालिका  वडा नं. ७ मा रहेको ढांड आमा समुहको सचिव रहनु भएको पौडेल महिला  मानवअधिकार रक्षक संजाल  कास्कीको कोषाध्यक्ष  तथा विभिन्न बालबालिकाको क्षेत्रमा लामो  समय काम गर्नुभएको छ । नेपाल रेडक्रस सोसाईटीको आजिवन सदस्य, स्वास्थ्य  क्षेत्रमा  काम गर्दै  आउनुभएको पौडेल  लाईन्स क्लब अफ पोखरा  फिस्टेल सिटीको सह सचिव र पोखरामा रहेका विभिन्न सहकारी संस्थाहरूमा समेत आवद्ध हुनुहुन्छ उहाँ सामाजिक  दिगो  बिकास  संस्था कास्कीको कोषाध्यक्ष, मितेरी अस्पतालको व्यावस्थापन समितिको सदस्य तथा मेट लाईफ  ईन्सुरेन्स कम्पनीमा युनिट को पदमा ...