Sunday, July 12

राजनीति

जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने ः नेता थापा
राजनीति, समाचार

जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने ः नेता थापा

नेपालअखबार,  पोखरा । जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन । गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा पोखराका कलाकर्मी लाग्नुपर्ने उनले बताए । जनकवि केशरी धर्मराज सावित्री थापाका माइला छोरा प्रा.डा. कुञ्जराज थापाले प्रतिष्ठानलाई सांस्कृतिक घरको रुपमा विकास गर्न सुझावपनि दिएका छन । पोखरा महानगरपालिका १६ मा घरदैलो कार्यक्रम गर्न पुगेका गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार विन्दुकुमार थापा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको अवलोकन गर्न पुगेको समयमा उक्त कुरा बताएका हुन् । ‘म के अपेक्षा गर्छु भने उहाँ कुशल र सक्षम उम्मेदवार हुनुहुन्छ । उम्मेदवारहरुले के गरिदिनुप¥यो भने यो क्षेत्रका पर्यटकीय क्षेत्रहरुको विकास गरिदिन प¥यो । म त्यो भन्छु ’ उनल...
पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन
राजनीति, समाचार

पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

नेपालअखबार, पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं।२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर चार गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा रहेका उनीहरूले यस्तो बताएका हुन् । कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको साझा उम्मेदवार रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरालाई सिङ्गो गण्डकी प्रदेश कै शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने बताए । ‘लोकतन्त्रका पक्षधर दलहरूको बिचमा गठबन्धन निर्माण गरी संविधान र व्यवस्थालाई जोगाएका छौँ । अव हामी विकास र समृद्धिको लागि यो गठबन्धनलाई समर्पित गछौँ, उनले भने, जनताको जीवनमा परिवर्तन ल्याउन र जनताको जीवनस्तरलाई माथि उठाउन हामीले बाँकी समय खर्च गछौँ...
रुपा पछि वेगनासमा झोलुंगे पुल– कोईराला
राजनीति, समाचार

रुपा पछि वेगनासमा झोलुंगे पुल– कोईराला

नेपालअखबार, पोखरा  । आसन्नत प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर १ ९१० का उम्मदेवार दीपक कोईरालाले अव वेगनासमा पनि झोलुँगे पुल निर्माण गरिने वताएका छन् । मंसिर ४ गते हुन लागेको निर्वाचन प्रचार प्रसारको क्रममा स्थानीय मतदाताहरुसँग भेटघाट गर्दै रुपातालमा जस्तै वेगनासतालमा पनि पुल निर्माण गर्ने आफुनो योजना रहेको उनको भनाई थियो । ‘अहिलको कार्यकालमा रुपातालमा पुल बनाईयो, अबको कार्यकालमा वेगनासमा बनाउने हो ।’ उनले भने । कोईरालाले वेगनासको पिप्लेबाट बराह मन्दिर जोड्ने पुल आफुनो योजनामा रहेको सुनाए । यो पुल निर्माण भएपनि वेगनासमा जलयात्रा पर्यटनको साथै धार्मिक पर्यटनको पनि विकास हुने विश्वास व्यक्त गरे । यसका साथै उनले लेखनाथका सात ताललाई जोड्ने ट्रेल निर्माण गर्ने आफ्नो योजना रहेको दोहो¥याए । ‘लेखनाथमा रहेका सातवटा तालका सातवटै विषेशता छन्, सोही विषेशताका आधा...
शिक्षा र स्वास्थ्य नै समाजवादको प्रस्थानविन्दु : श्याम
राजनीति, समाचार

शिक्षा र स्वास्थ्य नै समाजवादको प्रस्थानविन्दु : श्याम

नेपालअखबार, पाेखरा । कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य उम्मेद्धार वेद बहादुर गुरुङ ुश्यामुले निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यमा जोड दिने कुरा बताएका छन्। नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेका गुरुङले देशलाई समृद्धिको बाटोमा हिडाउन शिक्षा र स्वास्थ्यको बिछट्टै महत्व रहेको कुरा समेत बताए । बुधबार पोखरा महानागरपालिका वडा नम्बर १२ का मतदातासंग गुरुङले भेटघाट गरेका थिए। भेटघाटको क्रममा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो आधारभूत कुरा दिने दायित्वबाट सरकार भागेको आरोप समेत लगाए। गुरुङले आफू निर्वाचित भएपछि निशुल्क र गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको लागि नीति बनाउन लाग्ने बताए। शिक्षा र स्वास्थ्यमा समान पहुँच नभएसम्म विकास र समृद्धि सम्भव छैन। त्यसैले विपन्न वर्गका बालबालिकाहरुको निशुल्क शिक्षा प्रदान हुनेछ। सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरिनेछ। ु गुरुङले भने, ु नेताहरु सम...
कांग्रेसले थप चार जनालाई गर्‍यो कारबाही
राजनीति, समाचार

कांग्रेसले थप चार जनालाई गर्‍यो कारबाही

नेपाली कांग्रेसको अनुशासन आयोगले थप चार जनालाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन आयोगका संयोजक आनन्द प्रसाद ढुंगानाले विज्ञप्ति जारी गर्दै थप दुई जनालाई पाँच वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश  दिएका हुन् । कांग्रसले कारबाही गरेकामा उदयपुरका रामकुमार राई,  मीनकुमार दाहाल, जयप्रसाद सुवेदी र भरत कार्की रहेका छन् । कारबाहीमा परेकाहरू  गठबन्धनको निर्णय विपरीत उम्मेदवार र प्रस्तावक रहेका छन् । यसअघि मंगलबाार कांग्रेसले ७४ जना बागी उम्मेदवारलाई कारबाही गरेको थियो ।...
आर्वाको विकासमा लागि पर्नेछु : गुरुङ
राजनीति, समाचार

आर्वाको विकासमा लागि पर्नेछु : गुरुङ

नेपालअखबार, पोखरा । बजार नजिकै रहेको आर्बा आन्तरिक समस्याले गर्दा पिछडिएको छ । पोखरा महानगरपालिका–१३ मा पर्ने उक्त ठाउँ खानेपानी र कच्ची बाटोको समस्या देखिन्छ । कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार दिपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अबको पाँच वर्ष आर्वाको विकासको लागि मलाई जिम्मा दिनुहोस् । गुणस्तरीय शिक्षा, खानेपानी, पूर्वाधारमा विकास गर्नेछु,’ उनले भने, ‘म यहाँ तपाईसामु प्रतिबद्धता सुनाउन भन्दा पनि आर्शिवाद लिन आएको हुँ । झुटो आश्वासन दिन्न । जिताउनुहोस् धोका पनि दिन्न ।’ मंसिर ४ को निर्वाचन पछि आर्वाको मुहार फेरिने उनले सुनाए । ‘यहाँको बुथबाट एमाले छैन भन्ने अनुभुति दिलाइदिनुहोला । त्यसपछि समस्या समाधान र विकास तर्फ लाग्नेछु,’ उनले भने, ‘आर्बाको समस्या मलाई प्रस्टसँग थाहा छ । मलाई मत दिएर उदाहरणीय काम गर्न दिनुहुनेछ...
हामीले रुपामाथि पुल बनायौं, अरुले त्यही पुलमा राजनीति गरे– कोईराला
राजनीति, समाचार

हामीले रुपामाथि पुल बनायौं, अरुले त्यही पुलमा राजनीति गरे– कोईराला

नेपालअखबार, पोखरा  । नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की १ (१) बाट ५ दलीय गठबन्धनका उम्मेदवार दीपक कोईरालाले आफ्नो पहलमा बनेको विकास संरचनामाथि राजनीति नगर्न र भ्रम नछर्न विपक्षी गठबन्धनलाई आग्रह गरेका छन् । विपक्षी गठबन्धनका केही व्यक्तिहरुले रुपातालमाथि बनेको झोलुँगे पुललाई आफुले बनाएको भनेर भ्रम छर्ने गरेको भन्दै उनले विकासका काममा राजनीति नगर्न आग्रह गरेका हुन् । उनले यस्तो फोहोरी राजनीतिले कसैलाई पनि फाईदा नहुने उल्लेख गरे । निर्वाचन अभियान अन्तरगत पोखरा ३१ का विभिन्न स्थानमा आयोजित कोण सभामा उनले यस्तो आग्रह गरेका हुन् । पोखरा ३१ मुख्य रुपमा पर्यटकीय क्षेत्र नै भएकोले यहाँको विकासका लागि पर्यटकीय पुर्वाधारहरु निर्माण हुनुपर्नेमा उनले जोड दिए । गठबन्धनको चुनावी सभा पोखरा ३१ को लामास्वाँरा, सुन्दरबस्ती, वेगनासको मैदान, लौसीडाँड...
गणतन्त्रको सिपाही हुँ, कुनै स्वार्थमा बिक्दिनँ– लामिछाने
राजनीति, समाचार

गणतन्त्रको सिपाही हुँ, कुनै स्वार्थमा बिक्दिनँ– लामिछाने

नेपालअखबार, पोखरा । नेकपा माओवादी केन्द्रका नेता तथा आगामी मंसिर ४ गतको निर्वाचनमा कास्की २ ९१० बाट ५ दलीय गठबन्धनका उम्मेदवार उम्मेदवार विश्वप्रकाश लामिछानेले आफु कुनै पनि स्वार्थमा नबिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरा २१ मा निर्वाचन अभियाको क्रममा मतदाता सामु उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । आफु गणतन्त्रको सिपाही भएको भन्दै लामिछानेले जनताको खुशी र देशको विकास बाहेक आफ्नो कुनै स्वार्थ नरहेको दावी गरे । ‘ केही दलाल र प्रतिगामीहरुले राजमार्गको लागि राखेको जग्गा कब्जा गरी भाडामा लगाएर खान्थे, त्यसलाई मैले हटाएको हुँ, गणतन्त्रको लागि लडेको सिपाही हुँ म कुनै पनि स्वार्थमा बिक्दिनँ ।’ उनले भने । गलत काम गर्ने जोसुकै भए पनि आफुले कारवाही गर्ने चेतावनी दिँदै उनले जनताको खुशी र देशको विकासका लागि आफु कसैसँग नझुक्ने प्रतिवद्धता व्यक्त गरे । गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका...
खानेपानीको समस्या समाधान गरिदिन गणेशमान गुरुङलाई पोखरा १९ का मतदाताको आग्रह
राजनीति, समाचार

खानेपानीको समस्या समाधान गरिदिन गणेशमान गुरुङलाई पोखरा १९ का मतदाताको आग्रह

नेपालअखबार, पोखरा । पोखरा वडा नम्वर १९ का मतदाताले खानेपानीको समस्या समाधान गरिदिन एमाले उम्मेरवारहरुसँग आगह गरेका छन् । पोखरा १९ को अन्य ठाउँको तुलनामा लाम्पाटामा खानेपानीको चरम अभाव भएको त्यहाँका स्थानीय बताउँछन् । कास्की ३ (क) का प्रदेश सभा उम्मेदवार गणेशमान गुरुङसँग मंगलवार भएको भेटमा त्यहाँका स्थानीयले भने–‘खानेपानी जस्तो मानिसको अति आधारभूत आवश्यकताबाट हामी बञ्चित भएका छौं । हामीलाई बाटोको पनि समस्या छ, हामी महानगरवासी भन्न पनि लाज लागेर आउँछ । स्थानीय, प्रदेश र केन्द्र जति प्रकारका सरकार भएपनि हाम्रो समस्या समाधान भएको छैन्, त्यसैले हाम्रा आधारभुत आवश्कतालाई पूरा गरिदिनुहोला भन्ने हाम्रो आग्रह हो ।’ स्थानीयका समस्यालाई मनन गर्दै उम्मेदवार गुरुङले भुगोलको हिसावले सुगम भएपनि सुविधाको हिसावले दुर्लम भएको पोखरा १९ का समस्यालाई जस्तो भुगोल त्यस्तै सुगम बनाउन पूर्वाधारको विकास गर्ने वचन...
‘जनता नै न्यायाधीश’–एमाले उम्मेदवार मनबहादुर गुरूङ
राजनीति, समाचार

‘जनता नै न्यायाधीश’–एमाले उम्मेदवार मनबहादुर गुरूङ

नेपालअखबार, पोखरा । नेकपा (एमाले) को तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले आफ्ना जनता नै न्यायाधीश भएको बताएका छन् । सबैको चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको बताउँदै उनले जनताले नै न्यायाधीश भएर निर्वाचनमा एमालेलाई जिताउने विश्वास व्यक्त गरे । मादी गाउँपालिका वडा नम्वर १०÷११ मा उम्मेदवार भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै गुरूङले गठबन्धनले देशमा समस्या मात्रै सिर्जना गरेको बताउँदै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे स्पष्ट पारे । एमाले कास्कीका अध्यक्ष समेत रहेका उनले एमाले सबैको साझा पार्टी भएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा तुलनात्मक रूपमा एमालेले राम्रो नतिजा ल्याउने दावी गरे । स्थानीय धनबहादुर कार्कीले विकास गर्ने पार्टी नै एमाले भएकोले सबै मिलि एमालेका उम्मेदवारलाई अत्यधिक मतले विजय गराउने...