Wednesday, May 6

राजनीति

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको हो – अध्यक्ष नेपाल
राजनीति, समाचार

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको हो – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं ।  नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका  नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनु भएको हो । अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने भन्दै तत्कालीन अवस्थामा गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भईरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उहाँले बताउनु भयो । अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समा...
धनुषामा उम्मेदवार सिफारिसको विवादले  कांग्रेस कार्यकर्ताबीच कुटाकुट
राजनीति, समाचार

धनुषामा उम्मेदवार सिफारिसको विवादले कांग्रेस कार्यकर्ताबीच कुटाकुट

नेपाल अखबार, जनकपुर । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएपछि उम्मेदवार सिफारिस हुन सकेन । उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गर्न नचाहेको भन्ने विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुबै पक्षका कार्यकर्ताहरुबीच कुटाकुट भएको धनुषा कांग्रेसका एक नेताले बताए ।सामाजिक सन्जालमा सेयर गरिएको झडपको एक भिडियोमा कार्यकर्ताहरुले एकअर्कामाथि लाठी, छाता र मुक्का प्रहार गरेको देखिन्छ ।...
माधवजी फर्केर एमालेमा आउनुहोस् : नेम्वाङ
राजनीति, विचार, समाचार

माधवजी फर्केर एमालेमा आउनुहोस् : नेम्वाङ

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्ना पूर्वसहकर्मी तथा नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा फर्कन आह्वान गरेका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको बताए । एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको भन्दै उनले भने, जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्‍यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस् ।’ तर माधव नेपालले जनमत स्वीकार नगरेको उनको आरोप छ । ‘उल्टै केही सिटमा मात्रै लडेकाले यति मत आएको, देशभरी ढ्वाङ थापेको भए २५ प्रतिशत मत आउँथ्यो रे ?,’ नेपालको भनाइ स्मरण गर्दै उनले भने, ‘के भन्ने ? कुनि के गर्नेलाई भन...
एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ : माधव नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ : माधव नेपाल

नेपालअखबार, । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताएका छन् । मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए । ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भने । नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनको भनाइ छ ।  ‘हाम्रो पार्टीमा उम्मेद्वारको कमी छैन । जित्ने ठाउँमा उम्मेद्वार खडा गर्नुपर्दछ । त्यसका लागि कांग्रेस, माओवादी र जनता समाजवादीसँग छलफल गरिरहेका छौं । सहमतिको प्रयास गरिहेका छौं,’ नेपालले भने, ‘कांग्रेसमा अहंकार देखिएको छ । सय...
मेयरको सय दिन: धरानदेखि दिल्लीसम्म
राजनीति, समाचार

मेयरको सय दिन: धरानदेखि दिल्लीसम्म

पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको कार्यभार सम्हालेको आज एकसय दिन पुुरा भएको छ । सोही सन्दर्भमा मेयर आचार्यले सयदिनमा गरिएका सय कामको फेहरिस्त सार्वजनिक गरेका छन् । मेयरमा निर्वाचित भएको दिन आचार्यले घोषणा गरेअनुसार पोखरालाई फुुलैफुुलको शहर बनाउन डिभाइडरमा फुल रोप्नेदेखि पोखरा आसपासका अग्ला डाँडाहरुमा लालिगुराँस र समथर भागमा लालुपाते रोपणको सुरुवात भएको बताए । मेयर आचार्यको अनुसार पोखरा महानगरका भित्रका स्थानीयहरुको क्षमता अभिवृद्धि गर्न तालिम देखि महागनरमा विभिन्न शीर्षकहरुमा अनुदान समेत वितरण गरिएको छ । महानगरले स्थानीयले गाउँमा नै स्वरोजगार बनाउन घाँस उत्पादनदेखि व्यावसायिक बाख्रापालन र कृषिमा अनुदान वितरण गरेको छ । आफुु मेयरमा निर्वाचित भएपछि पहिलो पटक पोखराम ‘महानगर मेट्रो सम्मेलन’ समेत सम्पन्न गरेको उनले जनाए । महानगरले वडा १८, ३३, ७, ६ र २५ मा अतिक्रमण...
अध्यक्ष नेपालले भने गठबन्धनमा सबैको चित्त बुझ्ने गरि सिट बांडफांड हुनु पर्ने
राजनीति, समाचार

अध्यक्ष नेपालले भने गठबन्धनमा सबैको चित्त बुझ्ने गरि सिट बांडफांड हुनु पर्ने

नेपालअखबार, पाेखरा । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा धेरै सिट आफूले लिएर अरू दललाई उब्रिएको मात्र दिने प्रवृत्ति देखिएको बताएका छन्। पार्टीको  भ्रातृ संगठन नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) ले शुक्रवार पोखरामा आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले सबै सिट आफूले लिएर उब्रिएको सिट मात्र आफूहरूलाई दिए त्यो मान्य नहुने बताए। यस्तो अहंकारले कांग्रेसलाई नै पनि फाइदा हुंदैन। यो कुरा कांग्रेसी नेताहरुले बुझ्न जरुरी छ, उनको भनाई थियो। सत्ता गठवन्धन यत्तिकै हचुवाको भरमा नबनेको र यसले अराजक, स्वेच्छाचारी एवं प्रतिगमनकारी शक्तिलाई परास्त गरेर संविधानको रक्षा एवं सहि कार्यान्वयन गर्न बनेको  अध्यक्ष नेपालको भनाई थियो।यो गठबन्धन चुनाव सम्म मात्र होइन धेरै लामो समयसम्म टिकाउन सबै पक्ष सचेत हुन जरुरी छ।त्यसका निम्ति चुनावमा सबैको उचित सहभागिता हुने गरि सिट बा...
अब पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित बन्दैन : सञ्चारमन्त्री कार्की
राजनीति, समाचार

अब पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित बन्दैन : सञ्चारमन्त्री कार्की

नेपालअखबार, काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पारित भएपछि सञ्चारसँग सम्बन्धित विवाद र गुनासाहरुलाई स्वनियम प्रणालीद्धारा समाधान गर्न सकिने बताएका छन् । साथै उनले विधेयक पास भएर कानुन बनेपछि पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित हुनुनपर्ने, अवस्था नआउने दावी समेत गरे ।  विधेयकमाथि प्रतिनिधिसभामा शुक्रबार भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।...
एकीकृत समाजवादी सर्लाहीका अधिकांश नेता एमालेमै फर्किए
राजनीति, समाचार

एकीकृत समाजवादी सर्लाहीका अधिकांश नेता एमालेमै फर्किए

नेपालअखबार, जनकपुर। पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा माओवादीमा विसर्जन गर्न सुरू गरेको भन्दै नेकपा एकीकृत समाजवादी सर्लाहीका अधिकांश पदाधिकारी नेकपा एमालेमै फर्किएका छन् । शुक्रबार जिल्लाका उपाध्यक्षसहितका पदाधिकारी एमालेमै फर्किएका हुन् । जिल्ला कमिटी उपाध्याक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, केन्द्रीय परिषद सदस्य रूप नारायण सिंह, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेन कुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीसहितका नेताहरु एमालेमै फर्केका हुन् । मलगंवास्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज कमला देवी महतो, सह–ईन्चार्ज बद्री न्यौपाने, प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साहसहितकाले उनीहरुलाई अबिर र खा...
राप्रपा, लोसपा र नेपाली काङ्ग्रेस परित्याग गरी जसपा प्रवेश
राजनीति, समाचार

राप्रपा, लोसपा र नेपाली काङ्ग्रेस परित्याग गरी जसपा प्रवेश

नेपालअखबार, । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गीता शाही र कविता प्रधान बैद्य, लोकतान्त्रिक समाजवादी पार्टीकी शारदा थापा मगर र नेपाली काङ्ग्रेसकी जयादेवी देसार डंगोल लगायतका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् । बुधबार पार्टीको बागमती प्रदेश समिति घोषणा कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताएका छन् । पार्टीमा उत्पीडित समुदायको नेतृत्व र संघीयता, सुशासन, समृद्धि र समाजवादको २१ औँ सताब्दी सुहाउँदो अग्रगामी विचार र सिद्धान्तबाट प्रेरित भएर पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।  ...
चुनाव जित्ने सम्भावना भएकालाई सिफारिस गर्न माओवादीको सर्कुलर
राजनीति, समाचार

चुनाव जित्ने सम्भावना भएकालाई सिफारिस गर्न माओवादीको सर्कुलर

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले आसन्न चुनावको लागि १३ वटै जिल्लाका सबै संघ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गरेर पठाउन पालिका, संघ/प्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन दिएको छ। बागमती प्रदेश कमिटीको बिस्तारित बैठकले यस्तो निर्देशन दिएको प्रदेशका सचिव इन्द्रबहादुर थिङले जानकारी दिए। बैठकका निर्णय कार्यान्वयन गर्न भन्दै जारी गरेको सर्कुलरमा उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न भनिएको छ। नाम सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिवद्धता, अनुशासन र संगठनात्मक लगाव भएका र चुनाव जित्ने सम्भावना  भएका तर  यसअघि निर्वाचित नभएकाहरुलाई दिनुपर्ने सर्कुलरमा उल्लेख छ। त्यस्तै अत्यन्तै विशिष्ठ स्थिति बाहेक एकपटक समानुपातिकमा संसद भइसकेकाहरुलाई फेरि सिफारिस नगर्न समेत भनिएको छ।...